प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १/८ पृ. ३१
  • मृत्युको कारखाना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मृत्युको कारखाना
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मर्मस्पर्शी चिनारी
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००३
  • आणविक युद्ध—के यो अझै एउटा खतरा हो?
    ब्यूँझनुहोस्‌!—२००४
ब्यूँझनुहोस्‌!—२००५
g05 १/८ पृ. ३१

मृत्युको कारखाना

जर्मनीका ब्यूँझनुहोस्‌! लेखकद्वारा

मिट्टेलवर्क संसारकै सबैभन्दा ठूलो भूमिगत कारखाना हो भनी कसै-कसैले दाबी गर्छन्‌। जर्मनीको बर्लिन सहरभन्दा झन्डै २६० किलोमिटर दक्षिणपश्‍चिममा पर्ने हर्ज माउन्टेन नाउँ गरेको पहाडको फेदमा अवस्थित कारखानाको हातामा बडेमाका सुरुङहरू खनिएका छन्‌ र ती २० किलोमिटरभन्दा लामा छन्‌। सन्‌ १९४३ देखि सन्‌ १९४५ सम्म यातना शिविरका हजारौं कैदीहरूले ती सुरुङहरूमा दास सरह काम गरे। अत्यन्तै कठोर अवस्थामा कैदीहरूलाई जबरजस्ती नाजीहरूका लागि हतियारहरू बनाउन लगाइन्थ्यो।

ती दासहरूले बनाएका हतियारहरू कुनै सामान्य प्रकारका मात्र थिएनन्‌। त्यस कारखानाबाट उत्पादन गरिएको अस्त्रलाई V-1 र V-2 क्षेप्यास्त्र भनिन्थ्यो। अनि ती हतियारहरू मिट्टेलवर्कबाट प्रहार गर्ने ठाउँ, मुख्यतया फ्रान्स र नेदरल्याण्ड्‌समा लगिन्थ्यो। ती मानवरहित अस्त्रहरू प्रहार गरेपछि आफसेआफ आफ्नो लक्ष्य जस्तै बेल्जियम, ब्रिटेन र फ्रान्समा झर्थे र जोडदारसित विस्फोट हुन्थ्यो। नाजीहरूले आन्द्र महासागर पार गरेर न्यु योर्कसम्म पुग्न सक्ने शक्‍तिशाली रकेट पनि बनाउने आशा गरेका थिए। दोस्रो विश्‍वयुद्धको अन्तसम्ममा सयौं V-1 र V-2 क्षेप्यास्त्रहरूले युरोपेली सहरहरूमा आक्रमण गरिसकेको थियो। तथापि, नाजीहरूले बनाएका र आफ्ना शत्रुहरूको विरुद्ध प्रयोग गर्ने योजना गरेका क्षेप्यास्त्रहरूको तुलनामा त्यो त एउटा सानो अंश मात्र थियो। एउटै पनि क्षेप्यास्त्र न्यु योर्क पुगेन।

मर्मस्पर्शी चिनारी

युद्ध सिद्धिएपछि V-1 र V-2 क्षेप्यास्त्र बनाएका दर्जनौं जर्मन वैज्ञानिक तथा प्राविधिज्ञहरूले जर्मनी छोडे। तिनीहरूले क्षेप्यास्त्र निर्माणसम्बन्धी आफ्नो ज्ञान आफू गएको नयाँ देशमा प्रयोगमा ल्याए। त्यस्तै एक जना रकेट वैज्ञानिक भर्नर फन ब्रन थिए। तिनी संयुक्‍त राज्य अमेरिका बसाइँ सरे र त्यहाँ तिनले मानिसलाई चन्द्रमामा पुऱ्‍याउन मदत गरेको स्यार्टन रकेट विकास गर्न मदत गरे।

आज, पहिले मिट्टेलवर्क कारखाना रहेको ठाउँसँगै त्यहाँ थुनिएका ६०,००० मानिसहरूको सम्झनामा यातना शिविर स्मारक स्थापना गरिएको छ। त्यस्तो जाडो र ओसिलो अवस्थामा काम गर्ने मात्र नभई थुप्रै कैदीहरू त्यहीं बस्थे। त्यसैकारण २०,००० भन्दा धेरै कैदी त्यहीं मरे भनी कोही-कोहीले अनुमान लगाएको कुनै छक्कलाग्दो कुरा होइन। स्मारक सङ्‌ग्रहालय घुम्न जाने व्यक्‍तिहरूले गाइडको साथमा सुरुङको भ्रमण पनि गर्न सक्छन्‌। यो ठाउँमा झन्डै ६० वर्षअघिदेखि त्यतिकै छोडिएका रकेटका पाटपुर्जाहरू अझै यत्रतत्र छरिएका छन्‌। आफ्टर द ब्याटल भन्‍ने पत्रिकाले मिट्टेलवर्क क्षेप्यास्त्रको एउटा मर्मस्पर्शी चिनारीबारे यसो भन्छ: “V-1 र V-2 मात्र यस्तो हतियार हो जसको प्रयोगबाट भन्दा पनि उत्पादनमा धेरै मानिसको ज्यान गयो।” (g04 12/22)

[पृष्ठ ३१-मा भएको चित्र]

सन्‌ १९४५ मा खिचिएको ट्रलीमा राखिएको V-1 रकेटको फोटो

[स्रोत]

Quelle: Dokumentationsstelle Mittelbau-Dora

[पृष्ठ ३१-मा भएको चित्र]

घुम्न जाने मानिसहरू सुरुङको भ्रमण गर्छन्‌ जहाँ रकेटका पाटपुर्जा अझै यत्रतत्र छरिएका छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने