प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ७/८ पृ. ११
  • के तपाईंलाई थाह छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह छ?
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • (यी प्रश्‍नहरूको जवाफ तल दिइएका बाइबल उद्धरणहरूमा पाउन सकिन्छ अनि जवाफको पूरै सूची पृष्ठ १३ मा छापिएको छ। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित “इन्साइट अन द स्क्रिप्चर्स” भन्‍ने प्रकाशन हेर्नुहोस्‌।)
  • प्रश्‍नका जवाफहरू
ब्यूँझनुहोस्‌!—२००५
g05 ७/८ पृ. ११

के तपाईंलाई थाह छ?

(यी प्रश्‍नहरूको जवाफ तल दिइएका बाइबल उद्धरणहरूमा पाउन सकिन्छ अनि जवाफको पूरै सूची पृष्ठ १३ मा छापिएको छ। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित “इन्साइट अन द स्क्रिप्चर्स” भन्‍ने प्रकाशन हेर्नुहोस्‌।)

१. आफूले धीरज धारण गरेको कुरा प्रेरित पावललाई थाह थियो भनेर तिनले आफ्नो जीवनको अन्ततिर कसरी देखाए? (२ तिमोथी ४:७)

२. सात वर्षसम्म ठूलो अनिकाल हुँदैछ भनी यूसुफले अर्थ खुलाएको फिरऊनको सपना के थियो? (उत्पत्ति ४१:१७-२४)

३. को-को दुई जना स्त्रीले तिमोथीलाई धर्मशास्त्रबाट सिकाए? (२ तिमोथी १:५)

४. अब्शालोम कस्तो अस्वाभाविक तरिकामा मरे अनि तिनलाई कसरी गाडियो? (२ शमूएल १८:९, १४-१७)

५. पापको ज्याला के हो? (रोमी ६:२३)

६. धनीहरूलाई परमेश्‍वरको राज्यमा पस्न कति गाह्रो हुन्छ भन्‍ने कुरा सङ्‌केत गर्न येशूले कुन अत्युक्‍ति चलाउनुभयो? (मत्ती १९:२४)

७. यहूदीहरूलाई खुसी राख्नको निम्ति पावललाई बन्धनमै छोडिराख्ने रोमी बडाहाकिम को थिए? (प्रेरित २४:२७)

८. परमेश्‍वरका शत्रुहरूले भोग्ने सजायलाई सङ्‌केत गर्न येशूले दाखमद्य बनाउने कुन काम गरिरहनुभएको चित्रण गरिएको छ? (प्रकाश १९:१५)

९. सुरुमा दस आज्ञा केले र कुन कुरामा लेखिएको थियो? (प्रस्थान ३१:१८)

१०. मसीही स्त्रीहरूले कस्तो शृङ्‌गार गरेको प्रेरित पावलले चाहे? (१ तिमोथी २:९)

११. यहोवाको महानताबारे बताउन यहोवाले “सागरलाई” आफ्नो केमा नाप्न सक्नुहुन्छ भनी यशैयाले बताए? (यशैया ४०:१२)

१२. आदम र हव्वाको घरलाई के भनिन्थ्यो? (उत्पत्ति २:१५)

१३. याकूबले आफ्ना कुन दुई जना छोराको हिंसात्मक कार्यको निन्दा गरे? (उत्पत्ति ४९:५-७)

१४. अदनबाट निस्किएको नदीबाट छुट्टिएका चारवटा नदीको नाउँ के-के थियो? (उत्पत्ति २:११-१४)

१५. कुनै सँगी विश्‍वासीले थाह नपाईकन गल्ती गरे भने आध्यात्मिक तवरमा योग्य मसीहीहरूले के गर्नुपर्छ? (गलाती ६:१)

प्रश्‍नका जवाफहरू

१. तिनले यसो भने: “मैले उत्तम लडन्त लडेको छु, मैले दौड सिध्याएको छु, विश्‍वासलाई बचाइराखेको छु”

२. सातवटा दुब्ला गाईले सातवटा मोटा गाईलाई खाए अनि सातवटा ओइलाएका बालाले सातवटा भरिला बालालाई खाए

३. तिनकी आमा युनिस र हजुरआमा लोइस

४. अब्शालोमको कपाल हाँगामा झुन्डिएको बेला योआब र तिनका मानिसहरूले अब्शालोमलाई प्रहार गरे अनि तिनको लास एउटा ठूलो खाडलमा फालेर त्यसमाथि ढुङ्‌गाको थुप्रो लगाइदिए

५. मृत्यु

६. उहाँले यसो भन्‍नुभयो: “धनी मानिसलाई परमेश्‍वरको राज्यभित्र पस्नुभन्दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुनेछ”

७. फेलिक्स

८. मद्यको कोल कुल्चने

९. परमेश्‍वरको “औंलाले” ढुङ्‌गाको दुइटा पाटीमा लेखिएको थियो

१०. “साधा पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्‌। कपाल सिंगारेर बाटेको, सुन, मोती र बहुमूल्य लुगाहरूले ता होइन”

११. “अञ्जुलीमा”

१२. अदनको बगैंचा

१३. शिमोन र लेवी

१४. पीशोन, गीहोन, हिद्‌देकेल र यूफ्रेटिस

१५. ‘नम्रताको आत्माले तिनलाई सुधार गर्ने’ कोसिस गर्नुपर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने