प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g ४/०६ पृ. १०
  • गुलाबी ताल!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गुलाबी ताल!
  • ब्यूँझनुहोस्‌!—२००६
  • मिल्दोजुल्दो सामग्री
  • भिक्टोरिया ताल—अफ्रिकाभित्रको ठूलो समुद्र
    ब्यूँझनुहोस्‌!—१९९८
  • नुन—बहुमूल्य वस्तु
    ब्यूँझनुहोस्‌!—२००२
ब्यूँझनुहोस्‌!—२००६
g ४/०६ पृ. १०

गुलाबी ताल!

सेनेगलका ब्यूँझनुहोस्‌! लेखक

ताल पनि कहीं गुलाबी हुन्छ र? पश्‍चिम अफ्रिकामा पर्ने सेनेगलको रेट्‌बा ताललाई गुलाबी ताल पनि भनिन्छ। यो ताल हाम्रो सहर डाकारबाट ३० किलोमिटर मात्र पर पर्ने भएकोले ताल साँच्चै गुलाबी रहेछ कि रहेनछ भनेर हेर्न हामी त्यतातिर लाग्यौं। त्यहाँ पुग्दा, घामको किरणमा टिलपिलटिलपिल टल्किरहेको तालको पानीले हाम्रो आँखै तिर्मिरायो। नभन्दै, ताल त साँच्चै गुलाबी पो रहेछ! हाम्रो गाइडले ताल गुलाबी हुनुको कारण बताए। पानीमा भएका सूक्ष्मजीवहरूमा घामको किरण पर्दा तालको पानी गुलाबी देखिंदो रहेछ। तर यस तालले मानिसहरूलाई लोभ्याउने कुरा यसको रङ मात्र होइन रहेछ।

यो ताल त्यति गहिरो छैन र तालको पींधमा नुनको बाक्लो पत्र छ। यहाँ पानी यतिबिघ्न नुनिलो छ, पौडी नखेलीकनै तैरिन सकिन्छ। यहाँ घुम्न आउने कसै-कसैले पानीमाथि मस्तसित तैरिने मौका छोपेको पनि हामीले देख्यौं।

गुलाबी तालले सयौंलाई रोजगारी दिएको रहेछ (१)। तालको किनारमा कामदारहरूले ट्रकमा नुन लोड गरिरहेको हामीले देख्यौं। स्थानीयवासीहरूले तालबाट नुन झिकेको हेर्न हामी एकछिन रोकियौं। लोग्नेमानिसहरू छातीसम्म पानी आउने ठाउँमा गएर लामो बिंड भएको पिकले नुनको ढिका फुटाल्दा रहेछन्‌। त्यसपछि साबेलले उठाएर टोकरीमा हालेर डुंगामा लोड गर्दा रहेछन्‌। एक जना कामदारले बताएअनुसार तीन घण्टामा एक टन नुन जम्मा हुन्छ! डुंगामा टनाटन नुन भरिंदो रहेछ, हेर्दै पनि डुंगै डुब्ला जस्तो (२)। डुंगा किनारमा आइपुगेपछि आइमाईहरूको काम सुरु हुँदो रहेछ। उनीहरूले बाटामा नुन भरेर टाउकोमा बोक्दा रहेछन्‌ (३)। काम गर्दा उनीहरू कमिलाको ताँतीझैं देखिन्थे।

हाम्रो यात्रा अत्यन्तै रमाइलो भयो। यहोवाले हामीलाई उपहारस्वरूप दिनुभएको यस पृथ्वीका थुप्रै अचम्मका कुराहरूमध्ये यो गुलाबी ताल पनि एउटा हो।—भजन ११५:१६. (g05 9/22)

[पृष्ठ १०-मा भएको चित्रको स्रोत]

Photo by Jacques CLEMENT, Clichy, FRANCE at http://community.webshots.com/user/pfjc

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने