प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g १/०६ पृ. ३२
  • एक युवकको जीवन परिवर्तन गर्ने किताब

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक युवकको जीवन परिवर्तन गर्ने किताब
  • ब्यूँझनुहोस्‌!—२००६
ब्यूँझनुहोस्‌!—२००६
g १/०६ पृ. ३२

एक युवकको जीवन परिवर्तन गर्ने किताब

◼ गत वर्ष एक जना तन्‍नेरीले यहोवाका साक्षीहरूको शाखा कार्यालयमा चिठी पठाए। तिनलाई हजुरआमाले आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक दिएकी रहेछिन्‌। “त्यो किताब मैले दराजमा थन्क्याइदिएँ,” तिनी लेख्छन्‌। हालै गम्भीर बिरामी भएपछि तिनलाई आफू बाँच्दिनँ होला जस्तो लागेछ।

तिनी लेख्छन्‌, “किन हो कुन्‍नि, मलाई त्यो किताब पढ्‌न मन लाग्यो। पढेर केही सिकूँला जस्तो त लागेको थिएन। तर पढिसिध्याउन नपाउँदै मलाई आफ्नो जीवन शैली ठीक छैन भनेर महसुस हुन थाल्यो। त्यसपछि मैले परमेश्‍वरलाई पुकारें।”

“सञ्चो भएपछि,” तिनी भन्छन्‌, “मैले त्यो किताब दोहऱ्‍याएर पढ्‌ने विचार गरें। अझ थुप्रै नयाँ कुराहरू थाह पाउँदा म त छक्कै परें। बाइबल साहित्य पढ्‌नु अनि प्रार्थना गर्नु आवश्‍यक छ तर त्यति गरेर मात्र पुग्दैन रहेछ भनेर मलाई महसुस भयो। सबैभन्दा ठूलो कुरा त परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नु र उहाँमाथि विश्‍वास गर्न अरूलाई पनि मदत गर्नु पो रहेछ। विशेष गरी अशर्फीको उदाहरण पढेपछि आफ्नो मालिकको राज्यको सम्पत्तिलाई वृद्धि गराउने काममा लागिरहनै पर्छ भनेर सिकें।”—लूका १९:१३-२७.

पत्रको बिट मार्दै तिनले लेखे: “यो किताबले मेरो जीवन नै परिवर्तन गरिदियो। यस्तो सर्वोत्तम किताब प्रकाशित गर्नुभएकोमा यहोवाका साक्षीहरूलाई धेरै धेरै धन्यवाद। म थप जानकारी प्राप्त गर्न र बाइबल अध्ययन गर्न चाहन्छु। साथै, आजीवन परमेश्‍वरको सेवा गर्ने र अरूलाई उहाँमाथि विश्‍वास गर्न मदत दिने मेरो तीव्र इच्छा छ।”

आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक, येशूका वाणीलगायत उहाँले दिनुभएका उदाहरण र उहाँले गर्नुभएका चमत्कारको संगालो हो। यस पुस्तकमा येशूको जीवनीलाई घटनाक्रमअनुसारै प्रस्तुत गर्ने प्रयास गरिएको छ। वास्तविकतामा आधारित सुन्दर चित्रहरू पनि पुस्तकमा छन्‌ र ती चित्रहरूद्वारा येशू र त्यतिखेरका मानिसहरूको भावना राम्ररी व्यक्‍त गर्ने प्रयास गरिएको छ।

तपाईं ४४८ पृष्ठ भएको यो पुस्तकबारे थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने तल दिइएको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस्‌। (g05 12/22)

◻ मलाई आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तकबारे थप जानकारी पठाइदिनुहोस्‌।

◻ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने