प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 जनवरी पृ. ३२
  • समस्यामा परेकी केटीलाई मदत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समस्यामा परेकी केटीलाई मदत
  • ब्यूँझनुहोस्‌!—२००७
ब्यूँझनुहोस्‌!—२००७
g07 जनवरी पृ. ३२

समस्यामा परेकी केटीलाई मदत

मेक्सिकोमा बस्ने सिबिया नाउँकी १३ वर्षीया स्कूले केटीले कक्षामा सँगै पढ्‌ने एउटी साथी प्रायजसो रुँदै स्कूलमा आउने गरेकी याद गरिन्‌। सिबियाले उनलाई सान्त्वना दिने प्रयास गरिन्‌। आफ्नो बुबा जँड्याहा भएको र आमालाई पिट्‌ने गरेको कुरा एक दिन ती साथीले सिबियालाई बताइन्‌।

सिबिया बताउँछिन्‌: “उनलाई बाँच्ने इच्छा नै छैन भनेर मलाई बताइन्‌। उनले आत्महत्या गर्ने प्रयास समेत गरेकी रहेछिन्‌। कसैले माया नगरेको र एक्लो महसुस गर्ने गरेकी कुरा पनि बताइन्‌। तिमीलाई ब्रह्‍माण्डकै सबैभन्दा महत्त्वपूर्ण व्यक्‍तिले असाध्यै माया गर्नुहुन्छ भनेर मैले उनलाई बताएँ। त्यसपछि मानिसजातिको लागि यहोवाले राख्नुभएको उद्देश्‍यबारे पनि कुरा गरें।”

पछि सिबियाले उक्‍त साथीलाई युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ किताब दिइन्‌ र हरेक दिन ब्रेकको समयमा उनीसित त्यस किताबबाट अध्ययन गर्न थालिन्‌। बिस्तारै ती केटीले एक्लो महसुस गर्न छोडिन्‌ र अरूसित हाँस्न अनि कुरा गर्न थालिन्‌। उनले सिबियालाई लेखेको पत्रमा यसो भनिन्‌: “मलाई साथी बनाएकोमा र मेरो मनको कुरा बुझिदिएकोमा धेरै धन्यवाद। मेरो एउटा दिदी भइदिए हुन्थ्यो जस्तो मलाई सधैं लाग्थ्यो। त्यो चाहना तिमीले पूरा गरिदियौ। मेरो ख्याल राख्नुहुने कोही हुनुहुन्छ भनेर अहिले मैले थाह पाएकी छु। उहाँ हुनुहुन्छ—यहोवा।”

युवा जनहरूका प्रश्‍न किताबबाट लाभ उठाउन सक्ने कोही जवान व्यक्‍तिलाई सायद तपाईं चिन्‍नुहुन्छ। यसका ३९ वटा अध्यायहरू मध्ये यी केही हुन्‌: “म साँचो मित्रहरू कसरी बनाउनसक्छु?,” “विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?” अनि “साँचो प्रेम हो कि होइन, कसरी थाह पाउने?” तल दिइएको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरू मध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पत्राचार गरेर थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ। (g 10/06)

□ म यहाँ देखाइएको किताबबारे थप जानकारी चाहन्छु।

◻ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने