प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 जनवरी पृ. ३०
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • किन १२ वर्ष झ्यालखानामा बस्नुपऱ्‍यो?
  • अफिसमा अशिष्टता
  • वातावरणलाई हानि नपुऱ्‍याउने सेन्ट्रल हिटिङ
  • सय वर्ष नाघ्नेहरूको संख्या बढ्‌दैछ
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००६
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००३
  • के पृथ्वीका प्रजातिहरू लोप हुनबाट जोगाउन सकिएला?
    ब्यूँझनुहोस्‌!—२००१
  • मानिसहरू पक्रने जलारी भएर सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
ब्यूँझनुहोस्‌!—२००७
g07 जनवरी पृ. ३०

विश्‍वदर्शन

◼ “बितेको ५०० वर्षमा मानव गतिविधिले गर्दा ८४४ प्रजाति लोप भएका छन्‌ (आरक्षणमा भएका बाहेक)।”—आई यू सी एन, विश्‍व संरक्षण कोष, स्वीजरल्याण्ड।

◼ सरकारी तथ्याङ्‌कअनुसार बेलाइतका ६ प्रतिशत पुरुष र स्त्री समलिङ्‌गी हुन्‌। सन्‌ २००५ मा पारित नियमअनुसार “समलिङ्‌गीहरूले ‘विवाह’ गर्न पाउँछन्‌” अनि पुरुष-स्त्रीको दम्पतीले सरह अघिकार पाउँछन्‌।— द डेली टेलिग्राफ, इङ्‌गल्याण्ड। (g 11/06)

◼ “पचास प्रतिशत जति दम्पतीले ‘आर्थिक अवफादारी’ गरेको स्वीकारेका छन्‌। यसको अर्थ हो, आफूले गरेको खर्चबारे पति वा पत्नीलाई ढाँट्‌नु।”— द वल स्ट्रिट जर्नल, अमेरिका।

◼ मौसमी परिवर्तनले गर्दा त्यागिएको वा प्रस्टै भन्‍ने हो भने अर्कै ठाउँमा सारिएको पहिलो गाउँ, ओसियानियाको भानुआटुस्थित टिग्वा टापूमा रहेको लाटेऊ गाउँ हुन सक्छ। “उर्लंदो बाढी र भयानक छालले गर्दा” त्यहाँका घरहरू पटक-पटक जलमग्न भएका थिए।— भानुआटु न्युज, भानुआटु। (g 12/06)

किन १२ वर्ष झ्यालखानामा बस्नुपऱ्‍यो?

पूर्वी अफ्रिकी राष्ट्र एरिट्रियाको सावामा तीन जना यहोवाका साक्षीलाई झ्यालखानामा थुनेको १२ वर्ष भइसक्यो। तिनीहरू विरुद्ध कुनै आरोप लगाइएको छैन अनि अहिलेसम्म कुनै मुद्दा पनि चलाइएको छैन। परिवारका सदस्य लगायत कसैसित भेट्‌न दिइँदैन। तिनीहरूलाई झ्यालखानामा राख्नुको कारण के हो? सैन्य सेवामा भाग लिन इन्कार गरेकाले। आफ्नो धार्मिक अडानको कारण सेनामा भर्ती हुन इन्कार गर्नेहरूलाई एरिट्रियन कानुनले कुनै छुट दिंदैन। त्यस्ता जवान पुरुषहरूलाई समातेर सैन्य शिविरमा राखिन्छ र त्यहाँ अक्सर बेस्सरी पिट्‌नुका साथै अनेकन्‌ यातना दिइन्छ। (g 10/06)

अफिसमा अशिष्टता

“अफिसमा हुने अशिष्ट व्यवहारले गर्दा कम्पनीले समय, मेहनत र क्षमताको निकै क्षति बेहोर्नुपर्छ” भनी द वल स्ट्रिट जर्नल बताउँछ। लगभग ३,००० मानिसहरूमाझ गरिएको सर्वेक्षणअनुसार ९० प्रतिशतभन्दा बढीले “अफिसमा अशिष्ट व्यवहार भोगेको” बताए। यिनीहरूमध्ये आधाजसोले आफूले भोगेको अशिष्टताबारे “चिन्ता गरेर समय खेर गएको,” “२५ प्रतिशतले काममा मेहनत गर्न छोडेको” र ८ जनामध्ये १ जनाले जागिर छोडेको बताए। दक्षिणी क्यालिफोर्नियाको एउटा विश्‍वविद्यालयमा कार्यरत व्यवस्थापन संकायकी प्राध्यापक, क्रीस्टीन पोराथको भनाइ उद्धृत गर्दै उक्‍त जर्नल बताउँछ, “कम्पनीमा भइरहेको अशिष्ट व्यवहारले गर्दा काममा अल्छी गर्ने, गयल हुने अनि चोर्नेजस्ता गतिविधिहरूसमेत हुन सक्छन्‌।” (g 11/06)

वातावरणलाई हानि नपुऱ्‍याउने सेन्ट्रल हिटिङ

“जैतूनको पिनाबाट चल्ने सेन्ट्रल हिटिङ सुविधा अहिले उपलब्ध छ” भनी स्पेनी अखबार एल पायस रिपोर्ट गर्छ। यसबाट निस्कने इन्धनले म्याड्रिडका कम्तीमा ३०० वटा घरलाई न्यानो बनाउनुका साथै तातो पानी उपलब्ध गराइरहेको छ। इन्धनको रूपमा जैतूनको पिना चलाउँदा सस्तो पर्छ। यसको मूल्य तेलभन्दा ६० प्रतिशत र कोइलाभन्दा २० प्रतिशत कम हुन्छ। यसले प्रदूषण गर्दैन किनभने वनस्पति कुहिंदा जति मात्रै कार्बन डाइअक्साइड निष्कासन गर्छ। अर्को फाइदा भनेको यसको सर्वसुलभता हो। जैतूनको पिना भनेको तेल निकालिसकेपछि बाँकी हुने कसर हो। जैतूनको तेलको लागि स्पेन, विश्‍वकै पहिलो नम्बरमा पर्छ। (g 10/06)

सय वर्ष नाघ्नेहरूको संख्या बढ्‌दैछ

अचेल १०० वर्ष बाँच्नु भनेको कुनै अनौठो कुरा होइन भनी न्यु साइन्टिस्ट पत्रिका बताउँछ। सय वर्ष नाघ्नेहरूको संख्या संसारभरि २,००,००० जति छ। त्यही पत्रिकाले बताएअनुसार तिनीहरूमध्ये ६६ जनाले त ११० औं जन्मदिन पनि मनाइसकेका छन्‌। न्यु साइन्टिस्ट पत्रिकाले मानिलिएझैं कहिलेकाहीं सही उमेर पत्ता लगाउन गाह्रो हुन्छ तर “भरपर्दो रेकर्ड उपलब्ध नभएको हुँदा अहिले ११० वर्ष नाघेकाहरूको संख्या ४५० जति हुन सक्छ।” (g 12/06)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने