प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g ५/१०
  • मदत माग्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मदत माग्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं कसरी छोड्‌न सक्नुहुन्छ
    ब्यूँझनुहोस्‌!—२०००
  • बाधाहरूको सामना गर्न तयार हुनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१०
  • धूम्रपान किन छोड्‌ने?
    ब्यूँझनुहोस्‌!—२०००
  • “हामीले छोड्‌न सक्यौं भने तपाईंले किन नसक्नु!”
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१०
g ५/१०

मदत माग्नुहोस्‌

“कोही एक्लै छ भने उसलाई शत्रुले हराउन सक्छ। तर दुई जना मिलेर त शत्रुको प्रतिकार गर्न सक्छन्‌।”—उपदेशक ४:१२.

हामीलाई मदत गर्ने कोही छ भने चाहे हाम्रो शत्रु जोसुकै वा जेसुकै किन नहोस्‌ हामी त्यसलाई हराउन सक्छौँ। त्यसैले आफ्नो कुलत माथि विजय हासिल गर्न परिवार, साथीभाइ अथवा धीरजी भएर तपाईँलाई साँच्चिकै मदत गर्न चाहने अरू व्यक्‍तिको मदत लिनु बुद्धिमानी कुरा हो।

सकिन्छ भने धूम्रपान छोड्‌न सफल भएका मानिसहरूको मदत खोज्नुहोस्‌। किनभने तिनीहरूले तपाईँको पीडा बुझ्न सक्छन्‌ र मदत पनि गर्न सक्छन्‌। डेनमार्कका तोर्बेन यसो भन्छन्‌, “धूम्रपान छोड्‌न अरूको मदत नभई हुँदैन।” इन्डियाका अब्राहाम लेख्छन्‌, “मेरो परिवार र सङ्‌गी उपासकहरूको साँचो मायाले गर्दा मैले चुरोट छोड्‌न सकेँ।” तर कहिलेकाहीँ परिवार र साथीभाइको मदत भएर मात्र पुग्दैन।

भगवान्‌दास यसो भन्छन्‌, “मैले २७-२७ वर्षसम्म चुरोट पिएँ। तर बाइबल पढे पछि मैले चुरोट छोड्‌ने निर्णय गरेँ। मैले चुरोट कम गर्न कोसिस गरेँ, साथीसङ्‌गत फेरेँ र डाक्टरको मदत लिनसमेत गएँ। केही सीप नलागे पछि एक रात मैले यहोवा परमेश्‍वरलाई मन खोलेर प्रार्थना गरेँ र मदत मागेँ। त्यसपछि बल्ल सफल भएँ।

तपाईँले चुरोट छोड्‌न थालेपछि थुप्रै बाधाहरू पक्कै आउनेछन्‌। ती बाधाहरू के हुन्‌ र कसरी ती बाधाहरू पार गर्न सकिन्छ, अर्को लेख पढ्‌नुहोस्‌।

[पेटी]

चुरोट छोड्‌न कुनै उपचार खोज्नु ठीक होला?

आजभोलि चुरोट छोड्‌न मदत गर्ने थुप्रै उपचारहरू पाइन्छ जस्तै निकोटिन प्याच। यस्ता उपचारहरूले करोडौँ रुपैयाँ कमाइरहेका छन्‌। यस्ता उपचारहरूबारे सोच्दै हुनुहुन्छ भने पहिला यी कुराहरू विचार गर्नुहोस्‌:

फाइदाहरू के-के छन्‌? थुप्रै उपचार विधिहरूले चुरोट खान छोड्‌नेबित्तिकै देखा पर्ने लक्षणहरूलाई कम गरेर फेरि चुरोटको लतमा फस्नदेखि रोक्ने दाबी गर्छन्‌। यस्ता उपचारहरूले केही फाइदा पुऱ्‍याए पनि दीर्घकालीन फाइदा पुऱ्‍याउने कुरामा भने शङ्‌कै छ।

खतराहरू के-के छन्‌? कुनै-कुनै उपचारविधिका साइड इफेक्टहरू हुन्छन्‌, जस्तै रिङ्‌गटा लागेर वाकवाक आउने, डिप्रेसन र आत्महत्या गर्ने सोच। नबिर्सनुहोस्‌, निकोटिनको सट्टा प्रयोग हुने औषधीहरू पनि एक प्रकारको लागू पदार्थ नै हुन्‌ जसका आफ्नै खतराहरू छन्‌। वास्तवमा त्यस्ता औषधी लिनेहरू एक किसिमले कुलतमै फसेका हुन्छन्‌।

अरू उपाय के छ? एउटा सर्वेक्षणले देखाएअनुसार चुरोट चटक्कै छोड्‌ने ८८ प्रतिशत मानिसहरूले कुनै औषधीको प्रयोग गर्नै परेन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने