प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 अप्रिल पृ. १०-११
  • खाँचोमा परेकाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खाँचोमा परेकाहरू
  • ब्यूँझनुहोस्‌!—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के परमेश्‍वरले खाँचोमा परेकाहरूको ख्याल राख्नुहुन्छ?
  • खाँचोमा परेकाहरूले आफ्नो अवस्था सुधार्न के गर्न सक्छन्‌?
  • बाइबलमा पाइने बुद्धिले खाँचोमा परेकाहरूलाई मदत गरेको के कुनै प्रमाण छ?
  • पैसाप्रति कस्तो दृष्टिकोण राख्नु बुद्धिमानी हो?
    ब्यूँझनुहोस्‌!—२००७
  • येशूको उदाहरण पछ्याउनुहोस्‌ र गरिबहरूलाई चासो देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • के तपाईँको जीवनमा “माथिबाट आउने बुद्धि”-ले काम गर्दै छ?
    यहोवासित नजिक हुनुहोस्‌
  • साँचो बुद्धिले ठूलो स्वरले बोलाइरहेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१३
g13 अप्रिल पृ. १०-११

बाइबलको दृष्टिकोण

खाँचोमा परेकाहरू

के परमेश्‍वरले खाँचोमा परेकाहरूको ख्याल राख्नुहुन्छ?

“तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्‍त होस्‌ . . . किनकि [परमेश्‍वरले] यसो भन्‍नुभएको छ: ‘म तिमीलाई कुनै हालतमा छोड्‌नेछैन, न त कहिल्यै त्याग्ने नै छु।’”—हिब्रू १३:५.

परमेश्‍वरले ख्याल राखेको कुरा कसरी देखाउनुहुन्छ?

आफ्नो उपासकमाथि गाह्रो परिस्थिति आइपर्दा यहोवा परमेश्‍वरले ख्याल राख्नुहुन्छ भन्‍ने कुरा विभिन्‍न तरिकामा प्रस्ट हुन्छ। एउटा हो, सङ्‌गी ख्रीष्टियनहरूको मायालु समर्थन।a याकूब १:२७ यसो भन्छ, “हाम्रा परमेश्‍वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्‌कष्टमा हेरविचार गर्नु।”

प्रथम शताब्दीका ख्रीष्टियनहरू एकअर्कालाई मदत गर्थे। उदाहरणको लागि यहूदियामा ठूलो अनिकाल पर्नेछ भनेर भविष्यवाणी गरिएपछि सिरियाको एन्टिओक सहरका ख्रीष्टियनहरूले “यहूदियामा बस्ने भाइहरूलाई राहत सामग्री पठाउने निधो गरे।” (प्रेषित ११:२८-३०) फलस्वरूप खाँचोमा परेका सङ्‌गी ख्रीष्टियनहरूले आवश्‍यक मदत पाए। स्वेच्छाले दिएर ख्रीष्टियनहरूले कामद्वारा साँचो प्रेम देखाए।—१ यूहन्‍ना ३:१८.

खाँचोमा परेकाहरूले आफ्नो अवस्था सुधार्न के गर्न सक्छन्‌?

“म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ।”—यशैया ४८:१७, १८.

आफ्नो अवस्था सुधार्न हामीलाई परमेश्‍वर मदत गर्नुहुन्छ।

बाइबलमा पाइने बुद्धि व्यावहारिक र सर्वोत्तम छ। यो कुरा लाखौं मानिसहरूले अनुभव गरेका छन्‌। हितोपदेश २:६, ७ यसो भन्छ: “बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ, र ज्ञान र समझशक्‍ति उहाँबाटनै आउँछन्‌। आफ्नो भण्डारबाट उहाँले सोझालाई योग्यता प्रदान गर्नुहुन्छ।” यस्तो बुद्धि व्यवहारमा उतार्दा मानिसहरूले लाभ उठाउँछन्‌।

तिनीहरू लागूपदार्थ र रक्सीको दुर्व्यसन जस्ता हानिकारक र धेरै खर्च हुने कुलतबाट अलग बस्छन्‌। (२ कोरिन्थी ७:१) तिनीहरू इमानदार, लगनशील र जिम्मेवार पनि हुन्छन्‌। यस्तो व्यवहारले गर्दा तिनीहरूको जागिर पाउने सम्भावना अझै बढ्‌छ वा जागिरे हुन्‌ भने परिश्रमी कामदारको रूपमा चिनिन्छन्‌। एफिसी ४:२८ यसो भन्छ: “चोर्नेले फेरि नचोरोस्‌, बरु उसले कडा परिश्रम गरोस्‌ . . . ताकि खाँचोमा परेको मानिसलाई दिन ऊसित केही होस्‌।”

बाइबलमा पाइने बुद्धिले खाँचोमा परेकाहरूलाई मदत गरेको के कुनै प्रमाण छ?

“[परमेश्‍वरको] बुद्धि ठीक हो भन्‍ने कुरा त्यसका कामहरूबाटै प्रमाणित हुन्छ।”—मत्ती ११:१९, NRV.

खाँचोमा परेकाहरूले मदत पाएको उदाहरण।

विल्सन नाम गरेका घानाका एक जना साक्षी एउटा अफिसमा अस्थायी कामदारको रूपमा काम गर्थे। तिनको कामको समयावधि सिद्धिन लागेको थियो। जागिरको अन्तिम दिन कम्पनीको प्रबन्ध निर्देशकको गाडी सफा गरिरहँदा तिनले गाडीमा पैसा भेट्टाए। तिनीभन्दा माथिको हाकिमले त्यो पैसा फिर्ता नदिन भने। तर आफू एक जना यहोवाको साक्षी भएकोले विल्सनले पैसा राख्न मानेनन्‌। बरु तिनले त्यो पैसा प्रबन्ध निर्देशकलाई नै बुझाइदिए। यसको परिणामस्वरूप विल्सनको जागिर बच्यो। तिनलाई स्थायी बनाइयो र तिनको पदोन्‍नति पनि भयो।

फ्रान्समा जेराल्डिन नाम गरेकी एउटी बहिनीले आफ्नो जागिर गुमाइन्‌। किन? किनकि तिनकी हाकिम यहोवाका साक्षीहरूलाई देखि सहँदैनथिन्‌। तर ती हाकिमकी आमाले तिनले ठूलो गल्ती गरेको बताइन्‌। आमाले भनिन्‌, “तिमीलाई भरोसायोग्य र लगनशील कामदार चाहिन्छ भने यहोवाका साक्षीहरूजस्तो असल कामदार तिमीले अन्त कतै भेट्टाउन सक्दिनौ।” उक्‍त हाकिमले साक्षीहरूबारे अनुसन्धान गरिन्‌ र जेराल्डिनलाई फेरि काममा बोलाइन्‌।

दक्षिण अफ्रिकाका एक्ली आमा सारालाई परिवारको हेरचाह गर्न धौ-धौ परिरहेको थियो। यस्तो अवस्थामा मण्डलीका सदस्यहरूले तिनलाई आवश्‍यक खानाको र यात्राको प्रबन्ध गरिदिए। यतिबेला तिनले ख्रीष्टियन प्रेम अनुभव गरिन्‌। पछि तिनकी छोरीहरूले यसो भने, “मण्डलीमा हाम्रा धेरै आमाबाबु हुनुहुन्छ।”

यी त केही उदाहरण मात्र हुन्‌। यस्ता अनुभवहरूले गर्दा हितोपदेश १:३३ मा बताएको कुरा हामी सम्झिन्छौं, “जसले मेरा [यहोवाको] वचन सुन्छन्‌ तिनीहरू बेफिक्री रहनेछन्‌।” यो सोह्रैआना सही छ! (g13-E 02)

a कुनै-कुनै मुलुकमा सरकारले खाँचोमा परेकाहरूलाई भत्ता उपलब्ध गराउँछ। तर यस्तो सुविधा नभएको ठाउँमा खाँचोमा परेकाहरूको आवश्‍यकता पूरा गर्ने मुख्य जिम्मेवारी आफन्तहरूको हो।—१ तिमोथी ५:३, ४, १६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने