प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 सङ्‌ख्या १ पृ. १०-११
  • आफूले माया गरेको व्यक्‍ति बिरामी हुँदा के गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफूले माया गरेको व्यक्‍ति बिरामी हुँदा के गर्ने?
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अस्पतालमा
  • उपचार गराउँदा के तपाईं आफ्नो धार्मिक अडानमा दृढ रहन तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९०
  • धीरजी भइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
ब्यूँझनुहोस्‌!—२०१६
g16 सङ्‌ख्या १ पृ. १०-११

आफूले माया गरेको व्यक्‍ति बिरामी हुँदा के गर्ने?

“बुबा अस्पतालबाट घर फर्कने दिन हामीले डाक्टरलाई बुबाको रगत परीक्षणको रिपोर्ट एकचोटि फेरि हेरिदिन अनुरोध गऱ्‍यौं। डाक्टरले सबै रिपोर्ट राम्रो छ, तैपनि हेरिदिन्छु भन्‍नुभयो। अचम्मको कुरा, दुइटा रिपोर्ट त त्यत्ति राम्रो रहेनछ! उहाँले माफी माग्नुभयो र विशेषज्ञलाई बोलाउनुभयो। बुबालाई अहिले ठीकै छ। तर हामीले डाक्टरलाई त्यसरी सोधेर धेरै राम्रो गऱ्‍यौं।”—मरीबेल।

पत्नी आफ्नो पतिलाई तिनको रोगको लक्षण र तिनले खाइरहेको औषधीको सूचि तयार पार्न मदत गर्दै

डाक्टरकहाँ जानुअघि रोगका लक्षण र आफूले खाइरहेको औषधीबारे सबै कुरा लेख्नुहोस्‌

डाक्टरलाई भेट्‌न जानु र अस्पतालमा बस्नु थकाइलाग्दो कुरा हो। मरीबेलको अनुभवले देखाएझैं साथीभाइ वा आफन्तको सहयोग एकदमै मदतकारी हुन्छ। कहिलेकाहीं त त्यसले जीवनसमेत बचाउँछ। आफूले माया गरेको व्यक्‍तिलाई तपाईं कसरी मदत गर्न सक्नुहुन्छ?

डाक्टरकहाँ जानुअघि। बिरामीलाई रोगका लक्षण र आफूले खाइरहेको औषधीबारे सबै कुरा लेख्न मदत गर्नुहोस्‌। डाक्टरलाई सोध्नुपर्ने कुराहरू लेख्न पनि मदत गर्नुहोस्‌। आफ्नो अवस्था कस्तो छ वा परिवारको कुनै सदस्यलाई त्यस्तो रोग लागेको थियो कि भनेर सम्झन पनि मदत गर्नुहोस्‌। डाक्टरलाई सबै कुरा थाह हुन्छ वा डाक्टरले नै सबै कुरा सोधिहाल्छ नि भनेर नसोच्नुहोस्‌।

एक दम्पती डाक्टरलाई भेट्‌न जाँदा पत्नीले नोट लेख्दै

ध्यान दिएर सुन्‍नुहोस्‌, आदर देखाउँदै प्रश्‍न सोध्नुहोस्‌ र नोट लिनुहोस्‌

डाक्टरलाई भेट्‌दा। तपाईं र बिरामीले डाक्टरको सबै कुरा बुझ्नुभयो कि भएन, पक्का गर्नुहोस्‌। प्रश्‍नहरू सोध्नुहोस्‌, आफै अनुमान नलगाउनुहोस्‌। बिरामीलाई नै प्रश्‍नहरू सोध्ने मौका दिनुहोस्‌। ध्यान दिएर सुन्‍नुहोस्‌ र नोट लिनुहोस्‌। के-कस्ता उपचार विधि छन्‌, सोध्नुहोस्‌। कहिलेकाहीं बिरामीलाई अर्को डाक्टरको सल्लाह लिन सुझाव दिनु पनि राम्रो हुन सक्छ।

उक्‍त दम्पती डाक्टरलाई भेट्‌दा लेखेको नोट राम्ररी हेर्दै

डाक्टरले दिएको सुझाव छलफल गर्नुहोस्‌ र सबै औषधी सही छ कि छैन, पक्का गर्नुहोस्‌

डाक्टरलाई भेटेपछि। डाक्टरलाई भेटेपछि डाक्टरले दिएको सुझावबारे बिरामीसँगै कुरा गर्नुहोस्‌। तिनले सही औषधी पाए कि पाएनन्‌, पक्का गर्नुहोस्‌। डाक्टरले दिएको सुझावअनुसारै औषधी खान र औषधी खाएपछि केही समस्या देखिएमा तुरुन्तै डाक्टरलाई भेट्‌न प्रोत्साहन दिनुहोस्‌। बिरामीलाई सकारात्मक दृष्टिकोण राख्न प्रोत्साहन दिनुहोस्‌। डाक्टरले अर्को चोटि कहिले बोलाएका छन्‌, के-कस्ता सुझाव दिएका छन्‌, त्यो सम्झन पनि मदत दिनुहोस्‌। आफ्नो अवस्थाबारे अझ धेरै कुरा थाह पाउन तिनलाई मदत गर्नुहोस्‌।

अस्पतालमा

एक स्त्री र तिनको स्वास्थ्य प्रतिनिधि अस्पतालको एक कर्मचारीसित कुरा गर्दै

सबै फाराम ठीक तरिकामा भरिएको छ कि छैन, पक्का गर्नुहोस्‌

शान्त र सजग हुनुहोस्‌। अस्पताल जाँदै गरेको बिरामीलाई चिन्ता लाग्न सक्छ र तिनले निस्सहाय महसुस गर्न सक्छन्‌। तपाईं शान्त र सजग हुनुभयो भने तपाईंले अरूलाई पनि शान्त रहन र हतारमा काम गर्नदेखि जोगिन मदत गर्न सक्नुहुन्छ। सबै फाराम ठीक तरिकामा भरेको छ कि छैन, पक्का गर्नुहोस्‌। बिरामीले आफ्नो उपचारसम्बन्धी निर्णय आफैले गर्न पाउने अधिकारको सम्मान गर्नुहोस्‌। गम्भीर बिरामीको कारण तिनी निर्णय गर्न सक्ने अवस्थामा छैनन्‌ भने तिनले पहिल्यै लेखेको इच्छापत्रअनुसार गर्नुहोस्‌। अनि तिनको नजिकको नातेदार वा स्वास्थ्य प्रतिनिधिलाई दिइएको अधिकारको सम्मान गर्नुहोस्‌।a

एउटी स्त्री अस्पतालको ओछ्यानमा ढल्कँदा तिनको स्वास्थ्य प्रतिनिधि डाक्टरसँग कुरा गर्दै

आफूले याद गरेको कुरा डाक्टरलाई बताउनुहोस्‌

अग्रसर हुनुहोस्‌। बोल्न नडराउनुहोस्‌। तपाईंको राम्रो पहिरन र बानीबेहोराले डाक्टर तथा नर्सलाई बिरामीको अझ धेरै ख्याल राख्न र बिरामीको अझ राम्ररी हेरविचार गर्न उत्प्रेरित गर्छ। थुप्रै अस्पतालमा एकै जना बिरामीलाई विभिन्‍न डाक्टरले हेर्छन्‌। एउटा डाक्टरले भनेको कुरा अर्को डाक्टरलाई बताएर तपाईं तिनीहरूलाई मदत गर्न सक्नुहुन्छ। तपाईंलाई बिरामीको अवस्था थाह भएकोले बिरामीको शारीरिक वा भावनात्मक अवस्थामा कस्तो परिवर्तन देख्नुभएको छ, डाक्टरलाई बताउनुहोस्‌।

एउटी स्त्री अस्पतालको ओछ्यानमा बसिरहँदा तिनको स्वास्थ्य प्रतिनिधि नर्ससित कुरा गर्दै

अरूको काममा हात नहाल्नुहोस्‌

आदर गर्नुहोस्‌ र कृतज्ञता व्यक्‍त गर्नुहोस्‌। अस्पतालका कर्मचारीहरू अक्सर तनावमा काम गर्छन्‌। तपाईंलाई जस्तो व्यवहार गरिएको चाहनुहुन्छ, तिनीहरूलाई पनि त्यस्तै व्यवहार गर्नुहोस्‌। (मत्ती ७:१२) तिनीहरूले हासिल गरेको प्रशिक्षण र अनुभवको लागि तिनीहरूको आदर गर्नुहोस्‌। तिनीहरूको क्षमतामा भरोसा गर्नुहोस्‌। तिनीहरूको प्रयासको लागि कृतज्ञता व्यक्‍त गर्नुहोस्‌। यसो गर्दा तिनीहरूले बिरामीको लागि सक्दो गर्ने प्रोत्साहन पाउनेछन्‌।

बिरामी नहुने त कोही पनि छैन। तर राम्रो योजना बनाउनुभयो र व्यावहारिक मदत गर्नुभयो भने यस्तो गाह्रो अवस्थाको सामना गर्न तपाईंले आफ्नो साथी वा आफन्तलाई मदत गर्न सक्नुहुन्छ।—हितोपदेश १७:१७. (g15-E 10)

a बिरामीको अधिकार र कर्तव्यको विषयमा ठाउँअनुसार फरक-फरक नियम हुन्छ। उपचारसम्बन्धी बिरामीको इच्छाबारे बताइएको सबै कागजपत्र ठीक अवस्थामा छ कि छैन, पक्का गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने