प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या ५ पृ. १२-१३
  • मनोरञ्जनको लागि खतरा मोल्नु उचित हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मनोरञ्जनको लागि खतरा मोल्नु उचित हो?
  • ब्यूँझनुहोस्‌!—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • तपाईंले के बुझ्नुपर्छ?
  • तपाईं के गर्न सक्नुहुन्छ?
  • “अत्यधिक खतरनाक खेलहरू”—के तपाईंले त्यस्तो खतरा मोल्नु ठीक होला?
    ब्यूँझनुहोस्‌!—२०००
  • रोमाञ्च खोज्नेहरू हो—यस्तो प्राणघातक आकर्षण नै किन?
    ब्यूँझनुहोस्‌!—२००२
  • राती घरबाट सुटुक्क भाग्नु गलत हो र?
    ब्यूँझनुहोस्‌!—२००१
  • असल साथीहरू—खराब साथीहरू
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या ५ पृ. १२-१३
दुई युवाहरू इन्टरनेटमा जोखिमपूर्ण खेलको भिडियो हेर्दै

परिवारका लागि | युवाहरू

मनोरञ्जनको लागि खतरा मोल्नु उचित हो?

चुनौती

“अगाडिबाट तीव्र गतिमा आइरहेको ट्रेनको नजिकै उभिएँ। आङै सिरिङ्‌ङ भयो, एकछिन त सबै समस्याबाट मुक्‍त भएँ जस्तो लाग्यो।”—लियोनa

“अग्लो चट्टानबाट पानीमा डाइभ हान्दा एकछिन त अर्कै दुनियाँमा पुगें जस्तो लाग्यो। त्यसो गर्न प्रायः रमाइलो लाग्थ्यो तर कहिलेकाहीं भने डर लाग्थ्यो।”—लारिसा

लियोन र लारिसाजस्तै थुप्रै युवा मनोरञ्जनको लागि खतरा मोल्न मन पराउँछन्‌। तिनीहरू आफू कतिसम्म गर्न सक्छु भनेर जाँच्न जस्तोसुकै जोखिम उठाउन पनि तयार हुन्छन्‌। के तपाईंलाई पनि जोखिमपूर्ण खेल वा मनोरञ्जनमा भाग लिऊँ-लिऊँ जस्तो लाग्छ? त्यसो हो भने यस लेखले तपाईंलाई मदत गर्नेछ।

तपाईंले के बुझ्नुपर्छ?

मनोरञ्जनको लागि खतरा मोल्ने बानी नै बस्न सक्छ। त्यसो गर्न केही समय रोमाञ्चक हुन्छ होला तर तपाईंलाई फेरि अर्को जोखिम उठाउन मन लाग्छ। मार्को पनि लियोनजस्तै ट्रेन ओहोरदोहोर गर्ने सुरुङभित्र गएका थिए। तिनी भन्छन्‌: “त्यस्तो खतरा मोल्नु भनेको उम्कनै नसक्ने पासोमा पर्नु जस्तै हो। केही समय त रमाइलो हुन्छ तर त्यसपछि फेरि अर्को जोखिमपूर्ण काम गर्न मन लाग्छ।”

रोडमा गुडिरहेको गाडीलाई समात्दै स्केटिङ गरेका जस्टिन भन्छन्‌: “एकदम मज्जा आयो। मलाई फेरि गरौं-गरौं जस्तो लाग्यो। मानिसहरूले मेरो वाहवाही गरेको चाहन्थें तर अन्तमा हस्पिटल पुगें।”

साथीहरूको दबाबले गर्दा सुद्धीबुद्धि गुम्न सक्छ। बाइस वर्षीय मार्भिन भन्छन्‌: “साथीहरूले मलाई यसो भन्दै अग्लो बिल्डिङमा चढ्‌न लगाए, ‘जाऊ, जाऊ, तिमी गर्न सक्छौ।’ धेरै खतरा थियो। डरले खुट्टा काँपिरहेको थियो।” लारिसा भन्छिन्‌: साथीहरूले जे गरे मैले पनि त्यही गरें।”

केहीले इन्टरनेटमा खतरा मोल्नेहरूको प्रशंसा गर्छन्‌ अनि त्यस्तो जोखिम उठाउनुमा कुनै खतरा छैन भन्‍ने भान पार्न खोज्छन्‌। हुन पनि त्यस्ता जोखिमपूर्ण खेलहरूको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ हुन्छन्‌ अनि त्यस्ता खेल खेल्नेहरूको चर्चा चुलिंदै जान्छ।

उदाहरणको लागि, केही भिडियोमा मानिसहरू जोखिम मोल्दै पर्खाल, घर र भऱ्‍याङहरूमा दौडेको, चढेको वा नाघेको देखाइन्छ। यस्तो भिडियो हेर्दा तपाईं दुई वटा गलत निष्कर्षमा पुग्नुहुन्छ: (१) त्यसमा त्यत्ति खतरा छैन, अनि (२) सबैले गरिरहेका छन्‌। यसको नतिजा: तपाईं मनोरञ्जनको लागि आफ्नो जीवनै खतरामा पार्न पनि पछि हट्‌नुहुन्‍न।

आफ्नो क्षमता जाँच्ने अरू राम्रा र सुरक्षित तरिकाहरू छन्‌। बाइबल भन्छ, “शारीरिक तालिमबाट केही फाइदा त हुन्छ।” (१ तिमोथी ४:८) तर “यस वर्तमान युगमा सुझबुझ चलाउन” पनि बाइबलले सल्लाह दिन्छ। (तीतस २:१२) कसरी त्यसो गर्न सक्छौं?

तपाईं के गर्न सक्नुहुन्छ?

कस्ता जोखिम छन्‌ विचार गर्नुहोस्‌। बाइबल भन्छ: “प्रत्येक समझदार मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ। तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ।” (हितोपदेश १३:१६, NRV) कुनै गतिविधिमा भाग लिनुअघि त्यसमा कस्ता जोखिम वा खतरा छन्‌ थाह पाउनुहोस्‌। आफैलाई सोध्नुहोस्‌, ‘के यो गतिविधिमा भाग लिंदा मेरो जीवनै जोखिममा पर्छ वा कुनै गम्भीर चोटपटक लाग्ने अवस्था छ कि?’—बाइबलको सिद्धान्त: हितोपदेश १४:१५.

जीवनको आदर गर्ने साथीहरू छान्‍नुहोस्‌। साँचो साथीले तपाईंलाई कहिल्यै पनि जोखिमपूर्ण काम वा अप्ठेरो लाग्ने कुरा गर्न प्रोत्साहन दिंदैन। लारिसा भन्छिन्‌: “राम्रा साथीहरूले मलाई सही किसिमको मनोरञ्जन छान्‍न मदत गरे। तिनीहरूसँग सङ्‌गत गर्न थालेपछि म पनि परिवर्तन भएँ।”—बाइबलको सिद्धान्त: हितोपदेश १३:२०.

आफैलाई सोध्नुहोस्‌, ‘के यो गतिविधिमा भाग लिंदा मेरो जीवनै जोखिममा पर्छ वा कुनै गम्भीर चोटपटक लाग्ने अवस्था छ कि?’

कुनै जोखिम नमोली आफ्नो क्षमताबाट आनन्द उठाउनुहोस्‌। हुर्कंदै जाँदा “आफूले कतिसम्म गर्न सक्छु त्यसको सीमा तोक्न सिक्नु” आवश्‍यक छ भनेर एउटा किताबलेb बताउँछ। होसियारी अपनाउँदै हामी आफ्नो क्षमता जाँच्न सक्छौं।

उचित किसिमको आत्म-सम्मान विकास गर्नुहोस्‌। जीवनका चुनौतीहरू सफलतापूर्वक पार गर्दा मानिसहरूले तपाईंको आदर गर्नेछन्‌, खतरा मोलेर कुनै मनोरञ्जनमा भाग लिंदा होइन। लारिसा भन्छिन्‌: “अग्लो चट्टानबाट पानीमा डाइभ हान्‍ने खेल सुरुवात मात्र थियो, पछि अरू थुप्रै जोखिमपूर्ण मनोरञ्जनमा भाग लिएँ। मैले पहिल्यै ‘नाँइ’ भन्‍न सिकेको भए राम्रो हुन्थ्यो।”

निष्कर्ष: जोखिमपूर्ण मनोरञ्जनमा भाग लिएर अनावश्‍यक खतरा मोल्नु भन्दा मनोरञ्जन छान्‍ने सन्दर्भमा बुद्धिमानी छनौट गर्नुहोस्‌।—बाइबलको सिद्धान्त: हितोपदेश १५:२४.

a यस लेखमा केही नाम परिवर्तन गरिएका छन्‌।

b Adolescent Risk Behaviors

मूल शास्त्रपद

  • “समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ।”—हितोपदेश १४:१५, NRV.

  • “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान्‌ होइन्छ।”—हितोपदेश १३:२०.

  • “बुद्धिमान्‌ मानिसहरूका निम्ति जीवनको बाटो उँभोतिर जान्छ, र तल पातालदेखि परै राख्छ।”—हितोपदेश १५:२४.

पिटर

पिटर

“जोखिमपूर्ण मनोरञ्जनमा भाग लिंदा रमाइलो होला तर कस्ता खतरा छन्‌ त्यो पनि विचार गर्नुपर्छ। जवानी मै कसलाई पो ‘ह्विल चियरमा’ बस्न मन पर्छ र!”

रियो

रियो

“यदि साथीहरूले तपाईंलाई मन नपर्ने कुनै गतिविधिमा भाग लिन लागेका छन्‌ भने उनीहरूको पछि नलाग्नु नै बेस हुन्छ। उनीहरूसँगै जानुभयो भने साथीहरूको दबाबको सिकार हुनुहुनेछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने