प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या २ पृ. ४-५
  • मानिसहरू के विश्‍वास गर्छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसहरू के विश्‍वास गर्छन्‌?
  • ब्यूँझनुहोस्‌!—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हिन्दूहरू
  • मुसलमानहरू
  • यहूदी चलनअनुसार
  • बौद्ध धर्मावलम्बीहरूले
  • कन्फ्युशियनहरूले
  • अन्य साम्प्रदायिक धर्महरूले
  • ख्रिष्टियनहरू
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • ४. के हामीले दुःखकष्ट भोग्नै पर्छ?
    ब्यूँझनुहोस्‌!—२०२०
  • दुःखकष्ट
    ब्यूँझनुहोस्‌!—२०१५
  • परमेश्‍वरले किन दुःखकष्ट हटाउनुहुन्‍न?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या २ पृ. ४-५
बौद्ध, हिन्दू, साम्प्रदायिक धर्महरू, यहूदी, ख्रिष्टियन, मुसलमान र कन्फ्युशियन धर्मको चिन्हहरू।

मानिसहरू के विश्‍वास गर्छन्‌?

हिन्दूहरू

हिन्दू धर्मको चिन्ह।

दुःखकष्टलाई कुनै मानिसले अहिलेको वा पहिलेको जन्ममा गरेको कर्मको प्रतिफल भन्छन्‌। संसारको माया-मोहबाट मन अलग भएपछि मात्र मानिसले मोक्ष प्राप्त गर्छ अर्थात्‌ पुनर्जन्मबाट मुक्‍ति पाउँछ।

मुसलमानहरू

मुसलमान धर्मको चिन्ह।

दुःखकष्टलाई पापको सजाय अनि विश्‍वासको जाँच भन्छन्‌। दुःखकष्ट “हामीले पाएको आशिष्‌हरूको लागि अल्लाहप्रति धन्यवादी हुनुपर्ने र खाँचोमा परेकाहरूलाई सहयोग गर्नुपर्ने” कुराको सम्झौटा हो भनेर इस्लामिक सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष डा. सायेद सायिद भन्छन्‌।

यहूदी चलनअनुसार

यहूदी धर्मको चिन्ह।

दुःखकष्ट कुनै व्यक्‍तिको आफ्नै कर्मले निम्तिन्छ। केही यहुदीहरू मानिसहरू फेरि जीवित हुनेछन्‌ र त्यसपछि दुःखकष्ट झेल्नुपरेका निर्दोष मानिसहरूले न्याय पाउनेछन्‌ भन्‍ने धारणा राख्छन्‌। काबलिस्टिक (लौकिक) यहुदी धर्मले पुनर्जन्मबारे सिकाउँछ, जसले मानिसलाई आफ्नो गल्तीको प्रायश्‍चित गर्ने थुप्रै मौका दिन्छ।

बौद्ध धर्मावलम्बीहरूले

बौद्ध धर्मको चिन्ह।

दुःखकष्ट पहिलेका जुनीहरूबाट सर्दै आउँछ र मानिसले दुष्कर्म, कुइच्छा र तृष्णा नत्यागेसम्म पुनर्जन्मको चक्र चलिरहन्छ भनेर विश्‍वास गर्छन्‌। बुद्धि, सुकर्म र आत्मअनुशासनको माध्यमबाट मानिसले निर्वाण अर्थात्‌ सम्पूर्ण दुःखकष्टबाट मुक्‍ति पाउन सक्छ।

कन्फ्युशियनहरूले

कन्फ्युशियन धर्मको चिन्ह।

दुःखकष्ट प्रायः “मानिसको भूल र त्रुटिले” गर्दा हुन्छ भनेर विश्‍वास गर्छन्‌ भनी अ डिक्सनरी अफ कम्प्यारेटिभ रिलिजियन किताबमा लेखिएको छ। कन्फ्युशियन शिक्षाअनुसार सुपथमा हिँडेर दुःखकष्ट कम गर्न सकिन्छ तर धेरैजसो अवस्थामा “मानिसभन्दा शक्‍तिशाली कुनै अलौकिक जीवको कारणले दुःखकष्ट निम्तिन्छ। यस्तो अवस्थामा मानिसले आफ्नो भाग्यमा जे लेखिएको छ, त्यो स्विकार्नै पर्छ।”

अन्य साम्प्रदायिक धर्महरूले

साम्प्रदायिक धर्महरूको चिन्ह।

दुःखकष्ट हुनुको कारण प्रेतविद्यालाई दिन्छन्‌। यी धर्महरूको शिक्षाअनुसार तान्त्रिकहरूले सौभाग्य प्राप्त गर्न मदत गर्न सक्छन्‌ वा जीवनमा दुःखकष्ट ल्याइदिन सक्छन्‌ अनि ती दुःखकष्ट कम गर्न विभिन्‍न रीतिरिवाज पालन गर्नुपर्छ। त्यसैले कुनै मानिस बिरामी पर्दा झाँक्रीहरूको मन्त्र र औषधीले प्रेतहरूको कामलाई विफल पारिदिन सक्छ।

ख्रिष्टियनहरू

ख्रिष्टियन धर्मको चिन्ह।

दुःखकष्ट पहिलो मानव दम्पतीले गरेको पापको नतिजा हो भन्‍ने गर्छन्‌, जसबारे उत्पत्तिको किताबमा उल्लेख गरिएको छ। तर चर्चका थुप्रै सम्प्रदायले त्यस शिक्षामा आफ्नै धारणा थपेका छन्‌। उदाहरणको लागि, केही क्याथोलिकहरूको सोचाइमा आफूले भोग्नुपरेको दुःखकष्ट “परमेश्‍वरलाई अर्पण गरेर” चर्चको भलाइ गरिदिन वा कसैलाई दुःखकष्टबाट उद्धार गरिदिन बिन्ती गर्न सकिन्छ।

थप जानकारी पाउनुहोस्‌

jw.org/ne मा के परमेश्‍वरले सबै धर्म स्विकार्नुहुन्छ? भिडियो हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने