प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g21 सङ्‌ख्या १ पृ. ४-५
  • परिवार आनन्दित बनाउन चाहिने बुद्धि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिवार आनन्दित बनाउन चाहिने बुद्धि
  • ब्यूँझनुहोस्‌!—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पतिहरू हो, आफ्नी पत्नीलाई प्रेम गर्नुहोस्‌
  • पत्नीहरू हो, आफ्नो पतिको आदर गर्नुहोस्‌
  • आफ्नो जीवनसाथीप्रति वफादार हुनुहोस्‌
  • आमाबुबाहरू हो, छोराछोरीलाई सही बाटोमा लगाउनुहोस्‌
  • छोराछोरीहरू हो, आमाबुबाप्रति आज्ञाकारी हुनुहोस्‌
  • तपाईँ परिवारलाई कसरी सुखी बनाउन सक्नुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परिवारलाई सुखी बनाउन के गर्नुपर्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • पारिवारिक जीवन सफल पारौं
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • परमेश्‍वरलाई प्रसन्‍न पार्ने पारिवारिक जीवन
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२१
g21 सङ्‌ख्या १ पृ. ४-५
एक आनन्दित परिवार बजारमा हिँडिरहेको छ।

परिवार आनन्दित बनाउन चाहिने बुद्धि

विवाह र छोराछोरी सृष्टिकर्ताले हामीलाई दिनुभएका अनमोल उपहारहरू हुन्‌। उहाँ हाम्रो परिवार आनन्दित भएको चाहनुहुन्छ। त्यसैले उहाँले पवित्र-शास्त्रमार्फत पारिवारिक जीवन अझ आनन्दित बनाउन चाहिने डोऱ्‍याइ दिनुभएको छ। केही बुद्धिमानी सल्लाहहरू विचार गरौँ।

पतिहरू हो, आफ्नी पत्नीलाई प्रेम गर्नुहोस्‌

“पतिहरूले आ-आफ्नो पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्छ, उसले आफूलाई प्रेम गर्छ किनकि कुनै मानिसले आफ्नो शरीरलाई कहिल्यै घृणा गर्दैन बरु त्यसलाई . . . खुवाउँछ अनि स्याहार्छ।”—एफिसी ५:२८, २९.

परिवारको शिर पति हुन्‌। (एफिसी ५:२३) असल पति नम्र हुन्छन्‌ र तिनले अरूबाट बढ्‌तै माग गर्दैनन्‌। तिनले आफ्नी पत्नीको मोल गर्छन्‌ र उनको भौतिक अनि भावनात्मक आवश्‍यकताको ख्याल राख्छन्‌। तिनी पत्नीलाई खुसी राख्न मेहनत गर्छन्‌, सधैँ आफ्नो कुरामा मात्र ध्यान दिँदैनन्‌। (फिलिप्पी २:४) तिनी आफ्नी पत्नीसित खुलस्त कुरा गर्छन्‌ र उनको कुरा ध्यान दिएर सुन्छन्‌। तिनी आफ्नी पत्नीसित “रिसले चूर” हुँदैनन्‌ वा उनलाई शारीरिक अथवा भावनात्मक रूपमा चोट पुऱ्‍याउँदैनन्‌।—कलस्सी ३:१९.

पत्नीहरू हो, आफ्नो पतिको आदर गर्नुहोस्‌

“पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।”—एफिसी ५:३३.

पत्नीले आफ्नो पतिको आदर गर्दा अनि तिनका निर्णयहरूलाई समर्थन गर्दा परिवारमा शान्ति कायम गर्न मदत गरिरहेकी हुन्छिन्‌। पतिले गल्ती गर्दा उनी तिनलाई होच्याउँदिनन्‌ बरु नम्र हुँदै पतिको आदर गर्छिन्‌। (१ पत्रुस ३:४) कुनै समस्याबारे आफ्नो पतिसित कुरा गर्नुपर्दा कुन समयमा त्यसो गर्दा उपयुक्‍त हुन्छ भनेर उनी विचार गर्छिन्‌ र आदरपूर्वक तिनीसित कुरा गर्छिन्‌।—उपदेशक ३:७.

आफ्नो जीवनसाथीप्रति वफादार हुनुहोस्‌

‘पुरुष आफ्नी पत्नीसित बस्छ र तिनीहरू एउटै शरीर हुन्छन्‌।’—उत्पत्ति २:२४.

पुरुष र स्त्री वैवाहिक बन्धनमा बाँधिएपछि तिनीहरूबीचको सम्बन्ध घनिष्ठ हुन्छ। त्यसैले आफ्नो वैवाहिक सम्बन्धलाई बलियो बनाइराख्न पति-पत्नीले एकअर्कासित खुलेर कुराकानी गर्नुपर्छ र माया देखाउँदै एकअर्काको लागि सानातिना काम गरिदिन पनि तयार हुनुपर्छ। तिनीहरू अवैध यौनसम्बन्धदेखि अलग्गै रहेर एकअर्काप्रति वफादार भइरहनुपर्छ। एकअर्काप्रति वफादार नहुँदा त्यसले गहिरो चोट पुऱ्‍याउँछ। यसले एकअर्काको भरोसा तोड्‌नुका साथै परिवार टुक्र्‌याउन पनि सक्छ।—हिब्रू १३:४.

आमाबुबाहरू हो, छोराछोरीलाई सही बाटोमा लगाउनुहोस्‌

“बालकलाई सही बाटोमा लगाऊ; बुढेसकालमा पनि उसले त्यो त्याग्नेछैन।”—हितोपदेश २२:६.

छोराछोरीलाई सिकाउने जिम्मेवारी ईश्‍वरले आमाबुबालाई दिनुभएको छ। यसमा उनीहरूलाई राम्रो आनीबानी सिकाउनु र उनीहरूको लागि असल उदाहरण बसाल्नु समावेश छ। (व्यवस्था ६:६, ७) छोराछोरीले बदमासी गर्दा बुद्धिमान्‌ आमाबुबाले रिसको झोकमा प्रतिक्रिया देखाउँदैनन्‌। उनीहरू ‘सुन्‍नलाई सधैँ तयार हुन्छन्‌, बोल्नलाई हतार गर्दैनन्‌ अनि हतपती रिसाउँदैनन्‌।’ (याकुब १:१९) छोराछोरीलाई अनुशासन दिनुपरेमा आमाबुबाले रिसको झोकमा नभई मायालु तरिकामा त्यसो गर्छन्‌।

छोराछोरीहरू हो, आमाबुबाप्रति आज्ञाकारी हुनुहोस्‌

“हे छोराछोरी हो, . . . आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ। . . . ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।’”—एफिसी ६:१, २.

छोराछोरीले आमाबुबाको आज्ञा पालन गर्नुपर्छ र तिनीहरूको गहिरो आदर गर्नुपर्छ। छोराछोरीले आमाबुबालाई आदर देखाउँदा परिवारमा आनन्द र शान्ति छाउँछ। वयस्क छोराछोरीले आमाबुबाको राम्ररी रेखदेख गरेर तिनीहरूको आदर गर्छन्‌। यसमा घरलाई व्यवस्थित राख्न मदत गर्नु अनि आमाबुबालाई आर्थिक सहयोग गर्नु समावेश हुन सक्छ।—१ तिमोथि ५:३, ४.

म असल पति हुन सकेँ

“मेरो पारिवारिक पृष्ठभूमिले गर्दा म आफ्नी पत्नीबाट बढ्‌तै माग गर्थे। तर परिवारको शिरको रूपमा मैले मेरी पत्नीको कुरा सुन्‍नुपर्छ, स्वार्थी हुनु हुँदैन वा उनीमाथि हैकम चलाउनु हुँदैन भनेर सिकेँ। ईश्‍वरको नजरमा म र मेरी पत्नी एउटै शरीर भएकोले उनलाई मैले आफ्नै शरीरलाई जस्तै ख्याल राख्नुपर्छ। यस्तो बुद्धिमानी सल्लाहले गर्दा म एक जना असल पति हुन सकेको छु र मेरो परिवार अझ आनन्दित भएको छ।”—राहुल।

राहुल र तिनकी पत्नी।

थप जानकारी पाउनुहोस्‌:

पारिवारिक जीवन अझ आनन्दित बनाउन व्यावहारिक जानकारीको लागि jw.org/ne मा जानुहोस्‌ र बाइबलको शिक्षा > पारिवारिक तथा वैवाहिक जीवन अन्तर्गत हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने