प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g21 सङ्‌ख्या १ पृ. १०-११
  • हामी किन दुःख भोग्छौँ, बूढो हुन्छौँ अनि मर्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी किन दुःख भोग्छौँ, बूढो हुन्छौँ अनि मर्छौँ?
  • ब्यूँझनुहोस्‌!—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रथम आमाबुबाले गर्दा हामीले दुःख भोगिरहेका छौँ
  • दुष्ट स्वर्गदूतहरूले गर्दा हामीले दुःख भोगिरहेका छौँ
  • कहिलेकाहीँ आफ्नो खराब निर्णयले गर्दा हामी दुःख भोग्छौँ
  • हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ
  • दुष्टता र दुःखकष्ट हुनुको कारण के हो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • दुःखकष्टको चपेटामा परेकाहरूलाई सान्त्वना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • किन यति धेरै दुःख अनि पीडा?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२१
g21 सङ्‌ख्या १ पृ. १०-११
गरिबीको चपेटामा परेका मानिसहरू जसोतसो आफ्नो आधारभूत आवश्‍यकता पूरा गर्न कोसिस गर्दै छन्‌।

हामी किन दुःख भोग्छौँ, बूढो हुन्छौँ अनि मर्छौँ?

सृष्टिकर्ताले हामीलाई आफ्नो छोरोछोरीको रूपमा हेर्नुहुन्छ। त्यसैले उहाँ हामीले दुःख भोगेको चाहनुहुन्‍न। तैपनि हामी किन दुःखकष्टले घेरिएका छौँ?

प्रथम आमाबुबाले गर्दा हामीले दुःख भोगिरहेका छौँ

“एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु, त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो।”—रोमी ५:१२.

सृष्टिकर्ताले हाम्रो प्रथम आमाबुबा आदम र हव्वालाई बनाउनुहुँदा उनीहरूलाई त्रुटिरहित दिमाग र शरीर दिनुभएको थियो। उहाँले उनीहरूलाई पृथ्वीमा सुन्दर बगैँचा पनि दिनुभएको थियो, जसलाई अदनको बगैँचा भनिन्छ। उहाँले उनीहरूलाई बगैँचाको एउटा रूखको फलबाहेक अरू सबै रूखको फल खान सक्छौ भन्‍नुभएको थियो। तर आदम र हव्वाले त्यस रूखको फल खाए र त्यसो गर्नु पाप थियो। (उत्पत्ति २:१५-१७; ३:१-१९) अनाज्ञाकारी भएपछि सृष्टिकर्ताले उनीहरूलाई त्यस बगैँचाबाट निकालिदिनुभयो। त्यसपछि उनीहरूको जीवन कष्टकर भयो। समय बित्दै जाँदा उनीहरूका छोराछोरी भए र तिनीहरूको जीवन पनि कष्टकर भयो। तिनीहरू सबै बूढाबूढी भए अनि मरे। (उत्पत्ति ३:२३; ५:५) हामी पनि बिरामी हुन्छौँ, बूढो हुन्छौँ अनि मर्छौँ किनभने हामी उनीहरूकै सन्तान हौँ।

दुष्ट स्वर्गदूतहरूले गर्दा हामीले दुःख भोगिरहेका छौँ

“सारा संसार त्यस दुष्टको हातमा परेको छ।”—१ युहन्‍ना ५:१९.

“त्यस दुष्ट”-लाई सैतान भनिन्छ। त्यो एउटा स्वर्गदूत हो, जसले ईश्‍वरको विरोध गऱ्‍यो। (युहन्‍ना ८:४४; प्रकाश १२:९) पछि अरू स्वर्गदूतहरू पनि त्यसको पछि लागे। तिनीहरूलाई दुष्ट स्वर्गदूत भनिन्छ। ती दुष्ट स्वर्गदूतहरू आफ्नो शक्‍ति मानिसहरूलाई बहकाएर सृष्टिकर्तादेखि टाढा पुऱ्‍याउन प्रयोग गर्छन्‌। तिनीहरू मानिसहरूलाई खराब काम गर्न लगाउँछन्‌। (भजन १०६:३५-३८; १ तिमोथि ४:१) सैतान र दुष्ट स्वर्गदूतहरू मानिसहरूको जीवन कष्टकर बनाइदिन चाहन्छन्‌।

कहिलेकाहीँ आफ्नो खराब निर्णयले गर्दा हामी दुःख भोग्छौँ

“मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।”—गलाती ६:७.

जन्मजातै पापी भएकोले अनि सैतानको प्रभाव वरपर भएकोले हामीले अनेक किसिमका दुःख भोग्छौँ। तर कहिलेकाहीँ मानिसहरूले आफ्नो जीवन आफैले गर्दा गाह्रो बनाइरहेका हुन्छन्‌। कसरी? खराब काम वा मूर्ख निर्णयहरू गर्दा तिनीहरूले अक्सर खराब नतिजा भोग्छन्‌। अर्कोतर्फ मानिसहरूले असल काम गर्दा असल नतिजा पाउँछन्‌। उदाहरणको लागि, इमानदार, मेहनती अनि आफ्नो परिवारलाई माया गर्ने पतिले आफ्नो मेहनतको फल पाउनेछन्‌ र आफ्नो परिवारलाई पनि खुसी बनाउनेछन्‌। तर जुवा खेल्ने, धेरै रक्सी पिउने अनि अल्छी मानिसले आफू र आफ्नो परिवारमाथि गरिबी निम्त्याउन सक्छ। त्यसैले सृष्टिकर्ताको कुरा सुन्‍नु बुद्धिमानी हो। उहाँ हामीले “प्रशस्त शान्ति”लगायत अन्य थुप्रै असल कुराको कटनी गरेको चाहनुहुन्छ।—भजन ११९:१६५.

हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ

“अन्तको दिनमा . . . मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, . . . आमाबुबाको आज्ञा पालन नगर्ने, . . . असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने . . . हुनेछन्‌।”—२ तिमोथि ३:१-५.

पवित्र-शास्त्रमा भविष्यवाणी गरिएजस्तै आज थुप्रै मानिसहरूको व्यवहार यस्तै छ। उनीहरूको यस्तो व्यवहारले पनि हामी यस युगको “अन्तको दिनमा” बाँचिरहेका छौँ भन्‍ने प्रमाण दिन्छ। पवित्र-शास्त्रमा हाम्रो समयमा युद्ध, अनिकाल, ठूलाठूला भूकम्प अनि महामारी हुनेछ भनेर भविष्यवाणी गरिएको थियो। (मत्ति २४:३, ७, ८; लुका २१:१०, ११) यस्ता कुराहरूले गर्दा थुप्रैले दुःख भोग्छन्‌ अनि ज्यान गुमाउँछन्‌।

मैले मनोशान्ति पाएको छु

“उन्‍नाइस वर्षको हुँदा मलाई पक्षाघात भयो। यस्तो हुनुको कारण मैले पूर्वजन्ममा गरेको नराम्रो कामको नतिजा हो भनेर मानिसहरूले भन्थे। यो सुनेर म एकदमै निराश भएँ। ईश्‍वरले गर्दा नै मानिसजातिले दुःख भोगेको हो भनेर मलाई सिकाइएको थियो। यस्तो निष्ठुर ईश्‍वरसित म घनिष्ठ हुन चाहन्‍नथेँ। त्यसपछि मैले बाइबल पढ्‌न थालेँ अनि सृष्टिकर्ताले हाम्रो ख्याल राख्नुहुन्छ भनेर थाह पाएँ। साथै मानिसजातिले दुःखकष्ट भोग्नुको मुख्य कारण सैतान भनिने दुष्ट स्वर्गदूतले गर्दा हो भनेर पनि सिकेँ। ईश्‍वरले सैतानलाई चाँडै नाश गर्नुहुनेछ र त्यसले गरेका खराब कामहरूलाई सच्याउनुहुनेछ भनेर बुझेँ। यस्तो मायालु ईश्‍वरसित मैले घनिष्ठ सम्बन्ध विकास गर्न सकेको छु र मनोशान्ति पाएको छु।”—सन्जय।

सन्जय।

थप जानकारी पाउनुहोस्‌:

दुःखकष्ट र यसको सामना गर्न व्यावहारिक मदतको लागि jw.org/ne जानुहोस्‌ र बाइबलको शिक्षा > बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ > दुःखकष्ट अन्तर्गत हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने