प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g21 सङ्‌ख्या १ पृ. १४
  • ईश्‍वरसित नजिक हुन मदत गर्ने शिक्षा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरसित नजिक हुन मदत गर्ने शिक्षा
  • ब्यूँझनुहोस्‌!—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो सृष्टिकर्ताको व्यक्‍तिगत नाम छ
  • यहोवा हामीलाई माया गर्ने ईश्‍वर हुनुहुन्छ
  • यहोवा क्षमा दिने ईश्‍वर हुनुहुन्छ
  • यहोवा हाम्रा प्रार्थनाहरू सुन्‍नुहुन्छ
  • “एउटाले अर्कोलाई क्षमा गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवा क्षमा गर्न सधैँ तयार हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • परमेश्‍वर को हुनुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२१
g21 सङ्‌ख्या १ पृ. १४

ईश्‍वरसित नजिक हुन मदत गर्ने शिक्षा

हाम्रो सृष्टिकर्ता शक्‍तिशाली मात्र नभई मनै छुनै गुणहरूले पनि भरिपूर्ण हुनुहुन्छ। साथै हामीले उहाँबारे सिकेको र आफूसित नजिक भएको उहाँ चाहनुहुन्छ। (युहन्‍ना १७:३; याकुब ४:८) त्यसैले उहाँले हामीलाई आफूबारे धेरै कुरा बताउनुभएको छ।

हाम्रो सृष्टिकर्ताको व्यक्‍तिगत नाम छ

“मानिसहरूले जानून्‌ कि तपाईँ, जसको नाम यहोवा हो, सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।”—भजन ८३:१८.

यहोवा मात्र साँचो ईश्‍वर हुनुहुन्छ भनेर बाइबल सिकाउँछ। सृष्टिकर्ताले नै ब्रह्‍माण्ड र यसमा भएका सबै जीवित थोक बनाउनुभएको हो। उहाँ मात्र हाम्रो उपासनाको हकदार हुनुहुन्छ।—प्रकाश ४:११.

यहोवा हामीलाई माया गर्ने ईश्‍वर हुनुहुन्छ

सृष्टिकर्ताको नाम यहोवा, हिन्दी, पन्जाबी, गुजराती, तेलगु, तामिल, अङ्‌ग्रेजी भाषामा।

“परमेश्‍वर प्रेम हुनुहुन्छ।”—१ युहन्‍ना ४:८.

यहोवाले बाइबल र प्रकृतिमार्फत आफ्ना थुप्रै गुण प्रकट गर्नुभएको छ। उहाँको प्रमुख गुण प्रेम हो। उहाँ सबै कुरा प्रेमले उत्प्रेरित भई गर्नुहुन्छ। हामी उहाँबारे जति धेरै सिक्छौँ, उहाँप्रतिको प्रेम त्यति नै बढ्‌नेछ।

यहोवा क्षमा दिने ईश्‍वर हुनुहुन्छ

“तपाईँ क्षमा दिन सधैँ तयार हुनुहुन्छ।”—नहेम्याह ९:१७.

हामी त्रुटिपूर्ण छौँ भनेर यहोवालाई थाह छ। त्यसैले उहाँ हामीलाई “क्षमा दिन सधैँ तयार हुनुहुन्छ।” हामीले आफ्नो गल्तीको लागि क्षमा माग्दा र खराब काम त्याग्न मनैदेखि प्रयास गर्दा उहाँले हामीलाई क्षमा दिनुहुनेछ र विगतमा गरेका गल्तीहरूका लागि सजाय दिनुहुनेछैन।—भजन १०३:१२, १३.

यहोवा हाम्रा प्रार्थनाहरू सुन्‍नुहुन्छ

“यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्‌। . . . उहाँ तिनीहरूको गुहार सुन्‍नुहुन्छ।”—भजन १४५:१८, १९.

यहोवाको उपासना गर्न हामीले कुनै खास रीतिथिति अपनाएको अथवा कुनै धार्मिक प्रतिमा वा तस्बिर चलाएको उहाँ चाहनुहुन्‍न। मायालु आमाबुबाले आफ्ना छोराछोरीको कुरा सुनेजस्तै उहाँले पनि हाम्रा प्रार्थनाहरू सुन्‍नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने