प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ३९
  • हारूनको लहुरोमा फूल फुल्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हारूनको लहुरोमा फूल फुल्छ
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूले यहोवा परमेश्‍वरको विरोध गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • वफादार भई ईश्‍वरीय अख्तियारको अधीनमा बस्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मोशा पहरामा हिर्काउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ३९
हारूनको फूल फुलेको लहुरो समातिरहेका मोशा

कथा ३९

हारूनको लहुरोमा फूल फुल्छ

हेर त, लहुरोमा फूल पो फुलिरहेको छ! बदाम पनि फलिरहेको छ! यो हारूनको लहुरो हो। तिमीलाई थाह छ, हारूनको लहुरोमा एकै रातमा फूल फुलेर बदाम पनि फलेको हो नि! कसरी? अब हामी हेरौं।

इस्राएलीहरू उजाड-स्थानमै भौंतारिरहेको अब केही समय भइसक्यो। मोशा नाइके हुनु ठीक छैन अनि हारून पनि प्रधान पूजाहारी हुन लायकको छैन भनेर केही इस्राएलीहरू भन्‍न थाल्छन्‌। यस्तो विचार राख्ने एक जना त कोरह हो। दातान, अबीराम र त्यहाँका अरू २५० नाइकेहरू पनि त्यस्तै विचार राख्छन्‌। उनीहरू सबै मोशालाई यसो भन्छन्‌: ‘तपाईं आफूलाई हामी सबैभन्दा ठूलो किन बनाउनुहुन्छ?’

मोशाले कोरह अनि उसको पछि लाग्ने मान्छेहरूलाई यसो भन्छ: ‘भोलि बिहान तपाईंहरू धूपौरोमा धूप बालेर यहोवाको बासस्थानमा आउनुहोस्‌। त्यसपछि यहोवाले कसलाई छान्‍नुहुन्छ, हामी हेरौं।’

अर्को दिन कोरह र उसलाई पत्याउने २५० जना बासस्थानमा आउँछन्‌। उनीहरूलाई समर्थन गर्न अरू थुप्रै मान्छेहरू पनि आउँछन्‌। उनीहरू सबैलाई देखेर यहोवा असाध्यै रिसाउनुहुन्छ। ‘यी खराब मान्छेहरूको पालबाट टाढा हट। यिनीहरूको कुनै पनि चीज नछोओ।’ मोशाको यो कुरा सुनेर इस्राएलीहरू, कोरह, दातान र अबीरामका पालहरूबाट पर हट्‌छन्‌।

त्यसपछि मोशाले यसो भन्छ: ‘यहोवाले कसलाई छान्‍नुभएको छ तिमीहरूलाई अब थाह हुनेछ। किनकि अब जमिन फाटेर यी खराब मान्छेहरूलाई निल्नेछ।’

मोशाको कुरा सिद्धिने बित्तिकै जमिन फाट्‌छ। कोरहको पाल अनि उसका सबै माल-सामानका साथै दातान, अबीराम अनि उनीहरूको कुरा सुन्‍ने जति सबै तल खस्छन्‌ र जमिन फेरि जोडिएर जस्ताको तस्तै भइहाल्छ। जमिन फाटेर तल खस्नेहरू चिच्याएको सुनेर इस्राएलीहरू यसो भन्दै कराउँछन्‌: ‘भाग! भाग! पृथ्वीले अब हामीलाई पनि निल्छ!’

कोरह अनि उसको पछि लाग्ने २५० जना अरू अझै बासस्थाननजिकै उभिरहेका छन्‌। यसकारण यहोवाले आगो वर्षाएर तिनीहरू सबैलाई भस्म पार्नुहुन्छ। यहोवाले त्यसपछि हारूनको छोरा एलाजारलाई ती मरेका मान्छेहरूको धूपौरालाई बिगारेर वेदीलाई ढाक्ने पाता बनाउन लगाउनुहुन्छ। वेदीलाई ढाक्ने पाताले हारून र उसका छोराहरू बाहेक अरू कोही पनि यहोवाको पूजाहारी बन्‍न सक्दैन भनेर चेतावनी दिनेछ।

हारून र उसका छोराहरूलाई पूजाहारी बन्‍न छान्‍नुभएको हो भनेर यहोवा अझ स्पष्ट पार्न चाहनुहुन्छ। त्यसकारण उहाँले मोशालाई यसो भन्‍नुहुन्छ: ‘इस्राएलको प्रत्येक कुलको नाइकेले आ-आफ्नो लहुरो ल्याऊन्‌। लेवीको कुलबाट चाहिं हारूनले आफ्नो लहुरो ल्याओस्‌। यसपछि सबै लहुरोलाई बासस्थानभित्र करारको सन्दुकको सामुन्‍ने राख्नू। मैले जसलाई पूजाहारी रोजेको छु, उसैको लहुरोमा फूल फुल्नेछ।’

भोलि बिहान मोशाले हेर्दा त हारूनको लहुरोमा फूल फुल्नुका साथै बदाम पनि पाकिरहेको हुन्छ! यहोवाले हारूनको लहुरोमा किन फूल फुलाउनुभयो भनेर के तिमीले अब बुझ्यौ?

गन्ती १६:१-४९; १७:१-११; २६:१०.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने