प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ४०
  • मोशा पहरामा हिर्काउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मोशा पहरामा हिर्काउँछ
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • सत्यको पक्षमा दृढ अडान लिने न्यायकर्ता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • यहोशू नाइके बन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • तपाईँको आँखाले कसलाई हेर्दै छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • बाह्र जना जासुस
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ४०
मोशा र हारून आफूले पहराबाट पानी निकालेको भनेर देखाउँदै

कथा ४०

मोशा पहरामा हिर्काउँछ

दस वर्ष, २० वर्ष, ३० वर्ष गर्दै समय बित्दै जान्छ। इस्राएलीहरू उजाड-स्थानमा भौंतारिएको अब त ३९ वर्ष भइसक्यो। तर यत्तिका वर्षसम्म यहोवाले आफ्ना जनहरूको हेरविचार गर्दै हुनुहुन्छ। उहाँले खानका लागि मन्‍न दिनुहुन्छ। उनीहरूलाई दिउँसो बादलको खम्बाले अनि रातिचाहिं आगोको खम्बाले डोऱ्‍याउनुहुन्छ। उजाड-स्थानमा त्यत्ति धेरै समय बिताए पनि उनीहरूको लुगा फाट्‌दैन। उनीहरूको खुट्टा पनि दुख्दैन।

मिश्र छोडेको ४० औं वर्षको पहिलो महिनातिर इस्राएलीहरू फेरि एकपल्ट कादेशमा छाउनी लगाएर बस्छन्‌। लगभग ४० वर्षअघि कनान देशमा जासुस पठाउँदा पनि इस्राएलीहरू यही ठाउँमा थिए। मोशाकी दिदी मरियम कादेशमै मर्छिन्‌। कादेश पुग्ने बित्तिकै इस्राएलीहरू फेरि पहिलेझैं गनगन गर्छन्‌।

उनीहरूले कतै पानी पाउँदैनन्‌। यसकारण उनीहरू मोशासित गुनासो गर्न थाल्छन्‌: ‘हामी मरेको भए बरु बेस हुन्थ्यो। हामीलाई मिश्रबाट किन केही पनि नउम्रने यस्तो सुख्खा ठाउँमा ल्याउनुभयो? यहाँ एक गेडो अन्‍न छैन, नेभारा छैन, अंगुर छैन, अनार छैन। पिउने पानीसमेत छैन।’

मोशा र हारून बासस्थानमा यहोवालाई बिन्ति गर्न जाँदा यहोवाले मोशालाई यसो भन्‍नुहुन्छ: ‘इस्राएलीहरूलाई जम्मा गर्‌। तब तिनीहरू सबैको सामुन्‍ने त्यहाँ भएको पहरालाई हुकुम गर्‌। तिनीहरू र तिनीहरूका जम्मै गाईवस्तुका लागि त्यहाँबाट पुग्दो पानी निस्कनेछ।’

यसकारण मोशाले इस्राएलीहरूलाई जम्मा गर्छ र भन्छ: ‘सुन, ए परमेश्‍वरमाथि भरोसा नराख्ने मान्छेहरू हो! के हारून र मैले तिमीहरूका लागि अब यो पहराबाट पानी निकाल्नुपऱ्‍यो?’ त्यसपछि मोशाले पहरालाई दुई चोटि लट्ठीले हिर्काउँछ र त्यहाँबाट पानीको ठूलो धारा बग्न थाल्छ। जम्मै इस्राएलीहरू अनि उनीहरूको पाल्तु पशुहरूले प्रशस्त पानी पिउन पाउँछन्‌।

तर मोशा र हारूनसित यहोवा रिसाउनुहुन्छ। किन तिमीलाई थाह छ? किनभने मोशा र हारूनले पहराबाट पानी निकाल्दा हामीले गरेको भनेका थिए। तर पहराबाट त यहोवाले पो पानी निकाल्नुभएको थियो। मोशा र हारूनले इस्राएलीहरूसित साँचो कुरा नगरेको हुँदा यहोवाले उनीहरूलाई सजाय दिनुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: ‘तिमीहरू दुवैले मेरा प्रजा इस्राएललाई कनान देशसम्म पुऱ्‍याउन पाउनेछैनौ।’

चाँडै नै इस्राएलीहरू कादेश छोडेर अघि बढ्‌छन्‌। केही समयपछि उनीहरू होर पर्वतनजिक आइपुग्छन्‌। यही पर्वतमा हारूनको मृत्यु हुन्छ। त्यसबेला उसको उमेर १२३ वर्षको हुन्छ। इस्राएलीहरू धेरै दुःखी हुन्छन्‌ र ३० दिनसम्म उनीहरू हारूनका लागि रुवाबासी गर्छन्‌। त्यसपछि, हारूनको छोरा, एलाजार इस्राएली जातिको दोस्रो प्रधान पूजाहारी बन्छ।

गन्ती २०:१-१३, २२-२९; व्यवस्था २९:५.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने