प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ba पृ. १३
  • किताबको विषयवस्तु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किताबको विषयवस्तु
  • सबैका लागि उपयोगी किताब
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • पुराना पुस्तकहरूको सदुपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९९
  • बाइबलको वास्तविक लेखक को हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
सबैका लागि उपयोगी किताब
ba पृ. १३

किताबको विषयवस्तु

पहिलो पटक पुस्तकालयमा छिर्ने व्यक्‍ति किताबको ताँती देखेर अत्तालिनसक्छ। तर कुन विषयको किताब कता छ भन्‍ने सानो जानकारी पाएमा उसले सजिलै आफूले चाहेको किताब भेटाउनसक्छ। त्यस्तैगरि बाइबलका विषयवस्तुहरू कुन सिलसिलेवारअनुसार राखिएका छन्‌ भन्‍ने थाह भएमा बाइबलमा चाहिएको कुरा खोज्न सजिलो हुनेछ।

“बाइबल” बिब्लिया भन्‍ने युनानी शब्दबाट लिइएको हो। जसको अर्थ हुन्छ, “पपाइरसको मुट्ठा” वा “किताबहरू।”१ बाइबल वास्तवमा सा.यु.पू. १५१३ देखि लगभग सा.यु. ९८ बीच झन्डै १,६०० वर्षको दौडान लेखिएका ६६ वटा किताबहरूको संकलन हो।

बाइबलका प्रथम ३९ वटा किताब अर्थात्‌ बाइबलको तीन खण्ड प्रायः हिब्रू भाषामा लेखिएका किताबहरूले बनेको छ र त्यसैकारण त्यसलाई हिब्रू धर्मशास्त्र पनि भनिन्छ। यी किताबहरूलाई मुख्यतः तीन समूहमा बाँड्‌न सकिन्छ। ती हुन्‌: (१) ऐतिहासिक, मतलब उत्पत्तिदेखि एस्तरसम्मका १७ वटा किताब (२) कवितात्मक, अय्यूबदेखि श्रेष्ठगीतसम्मका ५ किताब अनि (३) भविष्यसूचक, यशैयादेखि मलाकीसम्मका १७ वटा किताब। हिब्रू धर्मशास्त्रमा पृथ्वी र मानवजातिको प्रारम्भिक इतिहासका साथै प्राचीन इस्राएल राष्ट्रको उत्पत्तिदेखि सा.यु.पू. पाँचौं शताब्दीसम्मको ऐतिहासिक विवरण पाइन्छ।

बाइबलका बाँकी २७ वटा किताब चाहिं तत्कालीन अन्तरराष्ट्रिय भाषा युनानीमा लेखिएको हुँदा मसीही युनानी धर्मशास्त्रको नाउँले चिनिन्छन्‌। तिनीहरूलाई विशेषतः विषयवस्तुअनुरूप यसरी विभाजित गरिएका छन्‌: (१) सुसमाचारका पुस्तकहरू अनि प्रेरितको पुस्तक गरी जम्मा ५ ऐतिहासिक किताब (२) पत्रहरू २१ वटा अनि (३) प्रकाशको किताब। मसीही युनानी धर्मशास्त्र मुख्यतः प्रथम शताब्दीताक येशू ख्रीष्ट र उहाँका चेलाहरूले सिकाउनु अनि गर्नुभएका कामहरूमा केन्द्रित छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने