प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख १८१
  • बाइबल के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल के हो?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • बाइबलबारे केही तथ्य
  • बाइबलमा के लेखिएको छ?
  • के बाइबलको सन्देशमा परिवर्तन गरिएको छ?
  • आज हामीसित किन बाइबलका विभिन्‍न अनुवाद उपलब्ध छन्‌?
  • बाइबलमा के-के समावेश गर्ने भनेर कसले निर्णय गरेको हो?
  • के बाइबलमा हुनुपर्ने सबै किताब छन्‌?
  • बाइबल पद कसरी खोज्न सकिन्छ?
  • बाइबलका किताबहरूको सूची
  • के बाइबल परमेश्‍वर बाट आएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • किताबको विषयवस्तु
    सबैका लागि उपयोगी किताब
  • बाइबलको वास्तविक लेखक को हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • बाइबल किन यत्ति थरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq लेख १८१
पवित्र बाइबल र त्यसको वरिपरि अनुसन्धान सामग्रीहरू

बाइबल के हो?

बाइबलको जवाफ

बाइबल ६६ वटा किताबको सँगालो हो। यो लेख्न लगभग १,६०० वर्षभन्दा लामो समय लाग्यो। बाइबलमा परमेश्‍वरको सन्देश पाइन्छ। त्यसैले यसलाई “परमेश्‍वरको वचन” भनिन्छ।—१ थिस्सलोनिकी २:१३.

यस लेखमा

  • बाइबलबारे केही तथ्य

  • बाइबलमा के लेखिएको छ?

  • के बाइबलको सन्देशमा परिवर्तन गरिएको छ?

  • आज हामीसित किन बाइबलका विभिन्‍न अनुवाद उपलब्ध छन्‌?

  • बाइबलमा के-के समावेश गर्ने भनेर कसले निर्णय गरेको हो?

  • के बाइबलमा हुनुपर्ने सबै किताब छन्‌?

  • बाइबल पद कसरी खोज्न सकिन्छ?

  • बाइबलका किताबहरूको सूची

बाइबलबारे केही तथ्य

  • बाइबलको लेखक को हो? बाइबलको लेखक परमेश्‍वर हुनुहुन्छ। तर उहाँले लगभग ४० जना विभिन्‍न पुरुषहरूलाई त्यो लेख्न लगाउनुभयो। जस्तै: मोसा, राजा दाउद, मत्ति, मर्कुस, लुका र युहन्‍ना।a उहाँले आफ्ना विचारहरू बाइबल लेखकहरूको मनमा हालिदिनुभयो अनि तिनीहरूले ती लेखे।—२ तिमोथि ३:१६.

    उदाहरणको लागि, एक जना व्यापारी आफ्नो सेक्रेटरीलाई चिठी लेख्न लगाउँछ। हुनत तिनले त्यसमा लेखिएको एक-एक शब्द बताएका नहोलान्‌ तर त्यसको सन्देश ती व्यापारीकै हुन्छ। त्यसैगरि परमेश्‍वरले विभिन्‍न पुरुषहरूलाई आफ्नो सन्देश लेख्न लगाउनुभए तापनि बाइबलको वास्तविक लेखक उहाँ नै हुनुहुन्छ।

  • “बाइबल” शब्दको अर्थ के हो? बाइबल ग्रीक शब्द बिब्लिया-बाट लिइएको हो, जसको अर्थ हो, “ससाना किताबहरू।” समयको दौडान बिब्लिया शब्द बाइबलमा भएका सम्पूर्ण ससाना किताबहरूको सँगालोको लागि प्रयोग गरिन थालियो।

  • बाइबल कहिले लेखियो? बाइबल ईसापूर्व १५१३ मा लेख्न थालियो र यो लेख्ने काम लगभग इस्वी संवत्‌ ९८ मा पूरा भयो। यो लगभग १,६०० वर्षको अवधिमा लेखियो।

  • मौलिक बाइबल कहाँ छ? बाइबलका मौलिक लेखोटहरू नाश भइसकेका छन्‌ किनभने लेखकहरूले बाइबल नाश भएर जाने सामग्री, जस्तै: पपाइरस र चर्मपत्रमा लेखेका थिए। तर पेसेवर प्रतिलिपिकहरूले होसियार भई सयौँ वर्षसम्म बाइबलको प्रतिलिपि तयार पारे, जसले गर्दा त्यसमा भएको सन्देश जोगियो अनि अहिले हामीले पनि त्यो पढ्‌न पाइरहेका छौँ।

  • “पुरानो नियम” र “नयाँ नियम” के हुन्‌? साधारणतया “पुरानो नियम” भनिने बाइबलको भाग विशेषगरि हिब्रूb भाषामा लेखिएको थियो अनि यसलाई हिब्रू धर्मशास्त्र पनि भनिन्छ। त्यसैगरि “नयाँ नियम” भनिने बाइबलको भाग ग्रीक भाषामा लेखिएको थियो अनि यसलाई ख्रिष्टियन ग्रीक धर्मशास्त्र पनि भनिन्छ। यी दुवै मिलेर सिङ्‌गो बाइबल बन्छ अनि यसलाई पवित्र धर्मशास्त्र भनिन्छ।c

  • बाइबलमा के छ? बाइबलको विभिन्‍न भागमा इतिहास, नियमहरू, भविष्यवाणीहरू, कविताहरू, उपदेशहरू, भजनहरू र पत्रहरू छन्‌।—“बाइबलका किताबहरूको सूची” हेर्नुहोस्‌।

बाइबलमा के लेखिएको छ?

बाइबलको सुरुमा सर्वशक्‍तिमान्‌ परमेश्‍वरले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभएको छोटो विवरण पाइन्छ। बाइबलमार्फत्‌ उहाँले आफ्नो परिचय दिनुभएको छ अनि आफ्नो नाम यहोवा हो भनेर प्रकट गर्नुभएको छ। यसरी उहाँले मानिसहरूलाई आफूबारे जान्‍ने मौका दिनुभएको छ।—भजन ८३:१८.

परमेश्‍वरको नाममा कसरी कलङ्‌क लाग्यो र उहाँले त्यो कलङ्‌क कसरी मेटाउनुहुनेछ भनेर बाइबलमा लेखिएको छ।

बाइबलले मानिसजाति र पृथ्वीको लागि परमेश्‍वरले राख्नुभएको उद्देश्‍यबारे पनि बताउँछ। उहाँले मानिसजातिले भोगिरहेको दुःखकष्टलाई भविष्यमा कसरी जरैदेखि उखेलिदिनुहुनेछ भनेर पनि यसमा लेखिएको छ।

बाइबलले दैनिक जीवनको लागि चाहिने व्यावहारिक सल्लाह-सुझाव दिन्छ। केही उदाहरण विचार गरौँ।

  • अरूसित राम्रो सम्बन्ध कायम राख्न। “त्यसकारण मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—मत्ति ७:१२.

    अर्थ: अरूले हामीसित जस्तो व्यवहार गरेको चाहन्छौँ, हामीले पनि तिनीहरूसित त्यस्तै व्यवहार गर्नुपर्छ।

  • तनावको सामना गर्न। “भोलिको चिन्ता कहिल्यै नगर किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ।”—मत्ति ६:३४.

    अर्थ: भविष्य कस्तो होला भनेर औधी चिन्ता गर्नुको साटो अहिले भोगिरहेका समस्याहरूको समाधान खोज्नु राम्रो हो।

  • सुखी पारिवारिक जीवनको आनन्द उठाउन। “तिमीहरू हरेकले आ-आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।”—एफिसी ५:३३.

    अर्थ: सफल दाम्पत्य जीवनको लागि प्रेम र आदर अत्यावश्‍यक छ।

के बाइबलको सन्देशमा परिवर्तन गरिएको छ?

छैन। बाइबलविद्‌हरूले पुरातन बाइबल पाण्डुलिपिहरूलाई होसियार भई अहिलेको बाइबलसित तुलना गरेर हेरेका छन्‌ अनि यसको सन्देशमा खासै परिवर्तन नभएको पत्ता लगाएका छन्‌। यस्तो हुनु कुनै नौलो कुरा होइन किनभने परमेश्‍वरले आफ्नो सन्देश मानिसहरूले पढेको र बुझेको चाहनुहुन्छ। त्यसैले परमेश्‍वरले पक्कै पनि त्यो सन्देशमा फेरबदल हुन दिनुभएको छैन भनेर के हामी ढुक्क हुन सक्दैनौँ र?d—यसैया ४०:८.

आज हामीसित किन बाइबलका विभिन्‍न अनुवाद उपलब्ध छन्‌?

अहिलेका धेरैजसो मानिसले मौलिक बाइबलमा जुन भाषा प्रयोग गरिएको थियो, त्यो बुझ्न सक्दैनन्‌। तर बाइबलमा सबै “राष्ट्र, कुल, भाषा र जातिका मानिसहरू”-का लागि “सुसमाचार” छ। (प्रकाश १४:६) त्यसैले मानिसहरूले परमेश्‍वरको सन्देश पढ्‌न र राम्ररी बुझ्न सकून्‌ भनेर तिनीहरूकै भाषामा बाइबल अनुवाद उपलब्ध हुनु जरुरी छ।

बाइबलका तीन प्रकारका अनुवादहरू उपलब्ध छन्‌:

  • शाब्दिक अनुवादमा मिलेसम्म शब्द-शब्द अनुवाद गरिएको हुन्छ।

  • अर्थ अनुवादमा मौलिक भाषाका शब्दहरूलाई उस्तै अर्थ दिनेगरि अनुवाद गरिएको हुन्छ।

  • भाव अनुवादमा पढ्‌न सजिलो होस्‌ भनेर अनुवादकहरूले आफ्नै तरिकामा अनुवाद गरेका हुन्छन्‌। तर यसरी आफ्नो बुझाइअनुसार अनुवाद गर्दा मूल भाषामा भन्‍न खोजिएको कुराभन्दा फरक अर्थ लाग्न सक्छ।

राम्रो बाइबल अनुवादले परमेश्‍वरको सन्देशलाई सही तरिकामा बुझ्न मदत गर्छ। यस्तो अनुवादमा सही अर्थ दिएसम्म शाब्दिक अनुवाद गरिएको हुन्छ र आधुनिक भाषाशैली प्रयोग गरिएको हुन्छ।e

बाइबलमा के-के समावेश गर्ने भनेर कसले निर्णय गरेको हो?

परमेश्‍वर बाइबलको मुख्य लेखक हुनुभएकोले त्यसमा के-के समावेश गर्ने भनेर उहाँले नै निर्णय गर्नुभएको हो। उहाँले पुरातन इस्राएल राष्ट्रलाई रोज्नुभएर “परमेश्‍वरका पवित्र सन्देशहरू” सुम्पनुभयो अनि तिनीहरूलाई हिब्रू धर्मशास्त्रको संरक्षक बनाउनुभयो।—रोमी ३:२.

के बाइबलमा हुनुपर्ने सबै किताब छन्‌?

छन्‌। बाइबलमा हुनुपर्ने कुनै पनि किताब छुटेको छैन। कसै-कसैले बाइबलमा समावेश गरिनुपर्ने केही प्राचीन किताबहरू लुकाइएको दाबी गर्छन्‌।f तर बाइबलमा जति वटा किताब हुनुपर्ने हो, त्यति वटा छन्‌ भन्‍ने प्रमाण बाइबल आफैले दिन्छ। (२ तिमोथि १:१३) किनभने बाइबलका किताबहरू परमेश्‍वरद्वारा प्रेरित भएर लेखिएका हुन्‌ र यी एकअर्कासित बाझिँदैनन्‌। तर कसै-कसैले बाइबलमा समावेश गरिनुपर्छ भनेर दाबी गरेका अरू प्राचीन किताबहरूबारे चाहिँ त्यसो भन्‍न सकिँदैन।g

बाइबल पद कसरी खोज्न सकिन्छ?

दोस्रो तिमोथि ३:१६ प्रयोग गरेर बाइबल पद खोज्ने तरिका सिक्नुहोस्‌। कुनै बाइबल पद उद्धृत गरिँदा सुरुमा किताबको नाम २ तिमोथि खोज्नुपर्छ (साधारणतया प्रयोग गरिने बाइबल किताबहरूको सूचीमा हेर्नुहोस्‌)। त्यसपछि सुरुको सङ्‌ख्याले अध्यायलाई बुझाउने भएकोले अध्याय ३ खोज्नुपर्छ। त्यसपछिको सङ्‌ख्याले पदलाई बुझाउने भएकोले पद १६ हेर्नुपर्छ।

बाइबलका किताबहरूको सूची

हिब्रू धर्मशास्त्र (“पुरानो नियम”)

  • इतिहास र नियमहरू

    • उत्पत्ति

    • प्रस्थान

    • लेवी

    • गन्ती

    • व्यवस्था

  • इस्राएल राष्ट्रको इतिहास

    • यहोसु

    • न्यायकर्ता

    • रुथ

    • १ र २ समुएल

    • १ र २ राजा

    • १ र २ इतिहास

    • एज्रा

    • नहेम्याह

    • एस्तर

  • कविता

    • अय्युब

    • भजनसङ्‌ग्रह

    • हितोपदेश

    • उपदेशक

    • श्रेष्ठगीत

  • भविष्यवाणी

    • यसैया

    • यर्मिया

    • विलाप

    • इजकिएल

    • दानिएल

    • होसे

    • योएल

    • आमोस

    • ओबदियाह

    • योना

    • मिका

    • नहुम

    • हबकुक

    • सपन्याह

    • हाग्गै

    • जकरिया

    • मलाकि

ख्रिष्टियन ग्रीक धर्मशास्त्र (“नयाँ नियम”)

  • येसुको जीवन र सेवाको कामको इतिहास (सुसमाचारका किताबहरू)

    • मत्ति

    • मर्कुस

    • लुका

    • युहन्‍ना

  • ख्रिष्टियन मण्डलीको सुरुवातको इतिहास

    • प्रेषित

  • विभिन्‍न ख्रिष्टियन मण्डलीहरूका लागि पत्रहरू

    • रोमी

    • १ र २ कोरिन्थी

    • गलाती

    • एफिसी

    • फिलिप्पी

    • कलस्सी

    • १ र २ थिस्सलोनिकी

  • केही ख्रिष्टियनका लागि पत्रहरू

    • १ र २ तिमोथि

    • तितस

    • फिलेमोन

  • सबै ख्रिष्टियनका लागि पत्रहरू

    • हिब्रू

    • याकुब

    • १ र २ पत्रुस

    • १, २ र ३ युहन्‍ना

    • यहुदा

  • भविष्यवाणी

    • प्रकाश

a सबै बाइबल किताबहरूको सूची, त्यसका लेखकहरू अनि ती लेख्न पूरा भएका मितिहरूबारे थाह पाउन “बाइबलका किताबहरूको सूची” हेर्नुहोस्‌।

b बाइबलका केही भाग अरामी भाषामा लेखिएका थिए र यो भाषा हिब्रू भाषासित मिल्दोजुल्दो छ।

c धेरैजसो बाइबल पाठकहरू “हिब्रू धर्मशास्त्र” र “ख्रिष्टियन ग्रीक धर्मशास्त्र” भन्‍ने अभिव्यक्‍तिहरू प्रयोग गर्न मन पराउँछन्‌। यस्ता अभिव्यक्‍तिहरूले “पुरानो नियम” कामै नलाग्ने भएको कारण त्यसको ठाउँमा “नयाँ नियम” आएको हो भन्‍ने गलत अर्थ दिँदैन।

d “के बाइबलमा केही परिवर्तन गरिएको छ?” हेर्नुहोस्‌।

e धेरैजसो मानिस पवित्र बाइबल—नयाँ संसार अनुवाद पढ्‌न मन पराउँछन्‌ किनभने यो बाइबल सही र पढ्‌न सजिलो छ। “नयाँ संसार अनुवाद सही छ?” हेर्नुहोस्‌।

f यी लेखोटहरूको सँगालोलाई एपोक्राइफा भनिन्छ। दी इन्साइक्लोपीडिया ब्रिटानिका विश्‍वकोशमा लेखिएअनुसार “बाइबलसम्बन्धी प्रकाशनहरूमा [यो शब्द] बाइबलको भाग नबनेका किताबहरूलाई अर्थात्‌ बाइबलको आधिकारिक सूचीमा समावेश नगरिएका किताबहरूलाई [सङ्‌केत गर्न प्रयोग गरिन्छ]।”

g थप जानकारीको लागि “एपोक्राइफल सुसमाचारका किताबहरू—येसुबारे लुकाइएका सत्यहरू” अङ्‌ग्रेजी लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने