प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gf पाठ १७ पृ. २८-२९
  • मित्रता कायम गर्न आफू पनि मित्र बन्‍नुपर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मित्रता कायम गर्न आफू पनि मित्र बन्‍नुपर्छ
  • तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • मिल्दोजुल्दो सामग्री
  • १. परमेश्‍वरको प्रेम सधैँ रहिरहन्छ
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • ‘परमेश्‍वरलाई प्रेम गर्नुको’ अर्थ
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • “मैले तिमीहरूलाई मित्र भनेको छु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
gf पाठ १७ पृ. २८-२९

पाठ १७

मित्रता कायम गर्न आफू पनि मित्र बन्‍नुपर्छ

मित्रता प्रेममा आधारित हुन्छ। तपाईंले यहोवाबारे जति बढी सिक्नुहुन्छ, उहाँप्रतिको प्रेम पनि त्यति नै बढ्‌नेछ। परमेश्‍वरप्रति तपाईंको प्रेम बढ्‌दै गएपछि उहाँलाई सेवा गर्ने तपाईंको इच्छा पनि बढ्‌नेछ। यसले तपाईंलाई येशू ख्रीष्टको चेला हुन उत्प्रेरित गर्नेछ। (मत्ती २८:१९) यहोवाका साक्षीहरूको सुखी परिवारमा सामेल भएर तपाईंले सधैंको लागि परमेश्‍वरको मित्रताको आनन्द उठाउन सक्नुहुनेछ। तपाईंले के गर्नुपर्छ?

तपाईंले परमेश्‍वरका व्यवस्थाहरू पालन गरेर उहाँप्रति प्रेम देखाउनुपर्छ। “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कड़ा छैनन्‌।”—१ यूहन्‍ना ५:३.

सिकेका कुरा व्यवहारमा उतार्नुहोस्‌। येशूले यो कुरा पुष्टि गर्न एउटा कथा सुनाउनुभयो। एक जना बुद्धिमान्‌ मानिसले आफ्नो घर चट्टानमाथि बनाए। मूर्ख मानिसले आफ्नो घर बालुवामा बनाए। पानी परेर ठूलो भल आउँदा चट्टानमाथि बनाएको घर ढलेन तर बालुवामाथि बनाएको घर गर्ल्यामगुर्लुम ढल्यो। येशूले उहाँका शिक्षाहरू सुनेर त्यसलाई व्यवहारमा उतार्ने मानिसहरूलाई चट्टानमाथि घर बनाउने बुद्धिमान्‌ मानिससित तुलना गर्नुभयो। तर उहाँको शिक्षा सुनेर पनि त्यसअनुसार नगर्नेहरू बालुवामाथि घर बनाउने मूर्ख मानिसजस्तै हुन्‌। तपाईं कस्तो मानिस हुन चाहनुहुन्छ?—मत्ती ७:२४-२७.

चट्टानमाथि बनाइएको घर र बालुवामाथि बनाइएको घर

समर्पण। यसको अर्थ, यहोवालाई प्रार्थनामार्फत तपाईं अबदेखि सधैंभरि उहाँको इच्छा गर्न चाहनुहुन्छ भनेर बताउनुहोस्‌। परमेश्‍वरको इच्छाअनुसार गर्दा तपाईं येशू ख्रीष्टको चेला हुनुहुन्छ भनेर प्रमाणित हुन्छ।—मत्ती ११:२९.

प्रार्थना गरेर आफूलाई यहोवामा समर्पण गरिरहेकी महिला

बप्तिस्मा। “उहाँको नाउँ लिएर बप्तिस्मा भई आफ्ना पाप धुनुहोस्‌।”—प्रेरित २२:१६.

बप्तिस्मा गरिरहेको व्यक्‍ति

परमेश्‍वरको सेवामा पूर्णतया व्यस्त हुनुहोस्‌। “जे जे तिमीहरू गर्दछौ, मानिसलाई जस्तो होइन, तर प्रभुको निम्ति जस्तैगरी मनतनले गर।”—कलस्सी ३:२३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने