प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gf पाठ १८ पृ. ३०-३१
  • सधैंको लागि परमेश्‍वरको मित्र बन्‍नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सधैंको लागि परमेश्‍वरको मित्र बन्‍नुहोस्‌!
  • तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • मिल्दोजुल्दो सामग्री
  • स्वतन्त्र तर उत्तरदायी मानिसहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • “स्वतन्त्रताका प्रेमीहरूका” जिल्ला सम्मेलनमा तपाईंको स्वागत छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • स्वतन्त्रताका परमेश्‍वर यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • साँचो स्वतन्त्रता के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
gf पाठ १८ पृ. ३०-३१

पाठ १८

सधैंको लागि परमेश्‍वरको मित्र हुनुहोस्‌!

मित्र बनाउन प्रयास गर्नुपर्छ; मित्रता नटुटाउन पनि प्रयास गर्नुपर्छ। परमेश्‍वरको मित्र बन्‍न र त्यसलाई नटुटाउने तपाईंको प्रयासमा प्रशस्त आशिष्‌ पाउनुहुनेछ। येशूमा विश्‍वास गर्नेहरूलाई उहाँले यसो भन्‍नुभयो: “सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूहन्‍ना ८:३२) यसको अर्थ के हो?

दुई मानिस प्रमोदवनमा

तपाईं अहिल्यै स्वतन्त्र हुन सक्नुहुन्छ। शैतानले फैलाएको झूटो शिक्षा तथा अन्य झूटहरूबाट तपाईं स्वतन्त्र हुन सक्नुहुन्छ। यहोवालाई नचिन्‍ने लाखौं मानिसहरू जस्तो निराश हुनुहुनेछैन। (रोमी ८:२२) परमेश्‍वरका मित्रहरू “मृत्युको डर[बाट]” समेत मुक्‍त हुनेछन्‌।—हिब्रू २:१४, १५.

परमेश्‍वरको नयाँ संसारमा तपाईं पूर्णतया स्वतन्त्र हुन सक्नुहुन्छ। तपाईंले भविष्यमा एकदमै अद्‌भुत स्वतन्त्रता महसुस गर्न सक्नुहुनेछ! प्रमोदवनरूपी पृथ्वीमा युद्ध, बिमारी र अपराधबाट तपाईं स्वतन्त्र हुनुहुनेछ। अनिकाल र भोकमरीबाट स्वतन्त्रता। बुढेसकाल र मृत्युबाट स्वतन्त्रता। डर, दमन र अन्यायबाट स्वतन्त्रता। बाइबल परमेश्‍वरबारे यसो भन्छ: “तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।”—भजन १४५:१६.

परमेश्‍वरका मित्रहरू सधैंभरि बाँच्नेछन्‌। परमेश्‍वरसित मित्रता गाँस्ने सबैलाई उहाँले अनन्त जीवनको अनमोल वरदान दिनुहुन्छ। (रोमी ६:२३) तपाईंको लागि अनन्त जीवनले कस्तो अर्थ राख्छ, विचार गर्नुहोस्‌!

एक जना व्यक्‍ति र सानी केटी जनावरलाई नियाल्दै, एउटी महिला भाँडोमा रङ्‌ग लगाउँदै

तपाईंसित थुप्रै कामकुरा गर्ने समय हुनेछ। सायद, तपाईं कुनै एउटा बाजा बजाउन सिक्न चाहनुहुन्छ होला। अथवा तपाईं चित्रकला वा सिकर्मी काम सिक्न चाहनुहुन्छ होला। सायद, तपाईंलाई पशुपक्षी वा बोटबिरुवाबारे सिक्न मन लाग्छ होला। अनि विभिन्‍न ठाउँ भ्रमण गरेर त्यस ठाउँ र त्यहाँका मानिसहरू हेर्न मन लाग्छ होला। अनन्त जीवन पाएपछि यी सबै कुराहरू गर्न सम्भव हुनेछ!

धेरै मित्र बनाउन प्रशस्त समय हुनेछ। सधैंभरि बाँच्ने भएपछि परमेश्‍वरको मित्र भएका अन्य थुप्रैलाई चिन्‍ने मौका पाउनुहुनेछ। तपाईंले तिनीहरूको सीप तथा राम्रा गुणहरू थाह पाउनुहुनेछ र तिनीहरू पनि तपाईंको मित्र हुनेछन्‌। तपाईंले तिनीहरूलाई माया गर्नुहुनेछ र तिनीहरूले पनि तपाईंलाई माया गर्नेछन्‌। (१ कोरिन्थी १३:८) अनन्त जीवन पाएपछि तपाईंले पृथ्वीमा भएका सबैसित मित्रता गाँस्न समय पाउनुहुनेछ! सबैभन्दा राम्रो कुरा त, शताब्दीयौंको दौडान यहोवासित तपाईंको मित्रता झन्‌ झनै प्रगाढ हुँदै जानेछ। तपाईं र परमेश्‍वरबीचको मित्रता सधैंभरि रहिरहोस्‌!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने