प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be अध्या. १७ पृ. १३९-पृ. १४२ अनु. २
  • माइकको प्रयोग

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • माइकको प्रयोग
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • सुहाउँदो आवाज
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • सन्‌ २०२० “सधैँ रमाओ!” अधिवेशन कार्यक्रमको अनुवाद
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
  • सेवा सभाले हरेक असल कामको निम्ति हामीलाई सुसज्जित पार्छ
    हाम्रो राज्य सेवकाई—१९९४
  • कोभिड-१९ महामारीको दौडान सभाभवनहरूलाई सुरक्षित बनाउँदै
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be अध्या. १७ पृ. १३९-पृ. १४२ अनु. २

अध्याय १७

माइकको प्रयोग

तपाईंले के गर्नुपर्छ?

सभामा आवाज ठूलो पार्न माइकको प्रयोग गरिन्छ भने त्यसलाई ठीकसित प्रयोग गर्नुपर्छ।

यसो गर्नु किन महत्त्वपूर्ण छ?

भनिएको कुरा स्पष्टसित सुनियो भने मात्र त्यसले अरूलाई फाइदा पुऱ्‍याउन सक्छ।

हाम्रा ख्रीष्टियन भाइबहिनीहरू सभामा उपस्थित हुन धेरै समय दिन्छन्‌ र प्रयास गर्छन्‌। सभामा भनिने कुराबाट तिनीहरूले फाइदा पाउने हो भने भनिएको कुरा स्पष्टसित सुन्‍न सकिने हुनुपर्छ।

प्राचीन इस्राएलमा आवाजलाई ठूलो पार्ने कुनै पनि विद्युतीय उपकरण थिएन। इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि मोशाले मोआबको मैदानमा बोल्दा लाखौं इस्राएलीले कसरी सुन्‍न सके? मोशाले मानिसहरू प्रयोग गरेर आफूले भनेको कुरा इस्राएलीहरूलाई सुनाए। छाउनीमा ठाउँ-ठाउँमा समाचारवाहकहरू खटाइएका थिए अनि मोशाले भनेको कुरा सुन्‍ने पहिलो समाचारवाहकले दोस्रो समाचारवाहकलाई मोशाको कुरा दुरुस्त सुनाउँथे र क्रमशः दोस्रोबाट तेस्रो र तेस्रोबाट चौथो गर्दै पूरै समुदायले मोशाको कुरा सुन्‍न पाउँथे। (व्यव. १:१; ३१:१) यर्दनको पश्‍चिमतिरको भूभाग जितेको केही समयमा नै यहोशूले इस्राएल राष्ट्रलाई एबाल डाँडाको सामने र गीरिज्जीम डाँडाको सामने भेला गराएका थिए। सायद लेवी पुजारीहरूलाई चाहिं यी दुई डाँडाबीच भेला गराएका थिए। त्यहाँ सम्पूर्ण इस्राएलीले यहोवाले दिने आशिष्‌ र सरापबारे सुने र “आमिन” भनेर जवाफ दिए। (यहो. ८:३३-३५) सायद यतिखेर पनि ठाउँ-ठाउँमा समाचारवाहकहरू खटाइएका थिए। त्यहाँको भौगोलिक अवस्थाले गर्दा पनि ध्वनि राम्ररी प्रसारण भयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

यसको लगभग १,५०० वर्षपछि गालील समुद्र छेउ येशूको कुरा सुन्‍न “एउटा असाध्यै ठूलो भीड जम्मा” हुँदा येशू डुङ्‌गामा चढ्‌नुभयो र किनाराबाट अलि पर गएर भीडलाई सम्बोधन गर्नुभयो। (मर्कू. ४:१, २) येशूले किन डुङ्‌गाबाटै बोल्नुभएको होला? प्रमाणले के देखाएको छ भने, पानीको सतहले गर्दा मानिसको आवाज टाढा-टाढासम्म प्रस्टसित सुनिन्छ।

वर्षौंअघिसम्म पनि उपस्थित श्रोतामध्ये कति जनाले वक्‍ताको कुरा सुन्‍न सक्थे, त्यो वक्‍ता कत्तिको ठूलो स्वरमा बोल्थे वा कत्तिको स्पष्टसित बोल्थे त्यसमा भर पर्थ्यो। तर सन्‌ १९२० देखि १९३० सम्ममा त यहोवाका सेवकहरूले अधिवेशनहरूमा उपस्थित श्रोता सबैले आवाज सुन्‍न सकून्‌ भनी विद्युतीय ध्वनि प्रणाली प्रयोग गर्न थालिसकेका थिए।

ध्वनि उपकरण: ध्वनि उपकरणबाट वक्‍ताको आवाज कैयौं गुणा ठूलो पार्ने मात्र होइन तिनको आवाजको गुणस्तर र उतार-चढाव पनि आवश्‍यकताअनुसार मिलाउन सकिन्छ। वक्‍ता चिच्याइ-चिच्याइ बोल्नुपर्दैन। भनिएको कुरा सुन्‍न श्रोतालाई पनि त्यति गाह्रो हुँदैन। बरु प्रस्तुत सन्देशमाथि श्रोताले ध्यान दिन सक्छन्‌।

यहोवाका साक्षीहरूको अधिवेशन तथा सम्मेलनमा गुणस्तरीय ध्वनि उपकरण प्रयोग गर्न सक्दो प्रयास गरिन्छ। साथै थुप्रै राज्यभवनमा भाषण दिने, सभा सञ्चालन गर्ने वा मञ्चबाट पढ्‌ने भाइहरूको आवाज ठूलो पार्न ध्वनि उपकरण प्रयोग गरिन्छ। अनि केही मण्डलीमा सभामा टिप्पणी दिन श्रोताको लागि पनि माइकको प्रबन्ध गरिएको हुन्छ। तपाईंको मण्डलीमा पनि त्यस्तै प्रबन्ध छ भने त्यसलाई राम्ररी प्रयोग गर्न सिक्नुहोस्‌।

बिर्सन नहुने केही बुँदा: ध्वनि उपकरण प्रयोग गर्ने सन्दर्भमा यी बुँदा ध्यान दिनुहोस्‌:- (१) माइक मुखबाट १ बित्ताजति (लगभग १० देखि १५ सेन्टिमिटर) टाढा हुनुपर्छ। माइक नजिक छ भने तपाईंको बोली अस्पष्ट हुन सक्छ। तर माइक टाढा छ भने तपाईंको आवाज सुन्‍न गाह्रो पर्छ। (२) माइक तपाईंको ठीक अगाडि हुनुपर्छ, दायाँ-बायाँ होइन। शिर दायाँ-बायाँ घुमाउनु परे तापनि माइकतिर फर्केर मात्र बोल्नुहोस्‌। (३) साधारण बोलीचालीभन्दा अलि ठूलो आवाज र उत्साहका साथ बोल्नुहोस्‌। तर चिच्याउनु पर्दैन। ध्वनि उपकरणले पछाडिका श्रोताहरूले सुन्‍न सक्नेगरि तपाईंको आवाज प्रसारण गर्छ। (४) गला सफा गर्नुपऱ्‍यो, खोकी लाग्न लाग्यो वा हाच्छिउँ आउन लाग्यो भने माइकबाट शिर अर्कैतिर घुमाउनुहोस्‌।

भाषण दिंदा: तपाईं मञ्चमा भाषण दिन जाँदा एक जना भाइले आवश्‍यकताअनुसार माइक मिलाइदिन्छन्‌। त्यतिबेला स्वाभाविक तरिकामा खडा भएर श्रोतालाई हेर्नुहोस्‌। टिपोट लेखेको कागज भाषण दिने स्ट्यान्डमा राख्नुहोस्‌ र माइकले गर्दा टिपोट हेर्न अप्ठेरो नहोस्‌।

बोल्न थाल्दा स्पीकरबाट तपाईंको आवाज कस्तो निस्कन्छ राम्ररी सुन्‍नुहोस्‌। के तपाईंको आवाज धेरै ठूलो छ वा केही शब्द बोल्दा पट्‌पट्‌ जस्तो आवाज निस्कन्छ? त्यसो हो भने अलिकता (२.५ देखि ५ सेन्टिमिटर) पछाडि सर्नुहोस्‌। टिपोट हेर्ने बेला पनि माइकतिरै फर्केर बोल्नुहोस्‌। निहुरिएर होइन सीधा हेरेर नै बोल्नुहोस्‌।

मञ्चबाट पढ्‌दा: बाइबल वा अन्य प्रकाशन हातमा लिनुभएको छ भने तपाईंको अनुहार नछेकियोस्‌। माइक तपाईंको अगाडि हुने भएकोले बाइबल वा प्रकाशन माइकको अलिकता दायाँतिर वा बायाँतिर पर्नेगरि समात्नुहोस्‌। भनाइको मतलब तपाईंले पनि शिर अलिकता घुमाउनुपर्छ। यसरी पढ्‌दा तपाईंको आवाज माइकले टिप्छ।

प्रहरीधरहरा अध्ययनमा अनुच्छेद पढ्‌ने धेरैजसो भाइहरू उभिन्छन्‌ र ठड्याइएको माइकमा बोल्छन्‌। यसरी उभिंदा उनीहरूलाई सास फेर्न सजिलो हुन्छ र उनीहरू भावसहित पढ्‌न सक्छन्‌। ध्यान दिनुहोस्‌, अनुच्छेदहरू पढ्‌नु पनि सभाको महत्त्वपूर्ण भाग हो। श्रोताले कत्तिको लाभ उठाउँछन्‌ भन्‍ने कुरा कसरी पढिएको छ, धेरै हदसम्म त्यसमा भर पर्छ।

सभामा टिप्पणी दिंदा: तपाईंको मण्डलीमा सभामा टिप्पणी दिन श्रोताको लागि पनि माइकको प्रबन्ध गरिएको छ भने तपाईंले स्पष्टसित र ठिक्कको आवाज निकाल्नुपर्छ भनेर नबिर्सनुहोस्‌। टिप्पणी दिंदा छलफल गरिंदै गरिएको प्रकाशन वा बाइबललाई हातैमा लिनुहोस्‌। यसो गर्दा तपाईं लेख वा विषयवस्तुलाई राम्ररी हेर्दै माइकमै बोल्न सक्नुहुन्छ।

कुनै-कुनै मण्डलीहरूमा टिप्पणी दिने श्रोतालाई माइक दिन भाइहरूलाई जिम्मा दिइएको हुन्छ। तपाईंको मण्डलीमा पनि त्यस्तै प्रबन्ध छ भने तपाईंले टिप्पणी दिने मौका पाउँदा माइक डोऱ्‍याउने भाइले तपाईंलाई तुरुन्तै भेट्टाउन सकोस्‌ भनी आफ्नो हात केही बेर उठाइराख्नुहोस्‌। यदि माइक आफैले समाउनुपर्ने खालको हो भने त्यो लिन हात अघि सार्नुहोस्‌। माइक आफ्नो मुखअगाडि ल्याइसकेपछि मात्र टिप्पणी सुरु गर्नुहोस्‌। टिप्पणी दिइसकेपछि माइक फिर्ता गरिहाल्नुहोस्‌।

प्रदर्शनमा भाग लिंदा: प्रदर्शनमा भाग लिंदा माइक प्रयोग गर्नुपर्ने हो भने त्यसको लागि पहिल्यै विचार पुऱ्‍याउनुपर्छ। माइकलाई स्ट्यान्डमा अड्याइएको छ भने बाइबल पल्टाउन र टिपोट हेर्न सजिलो हुन्छ। हाते-माइक हो भने इशारा गर्न र यताउता गर्न त सजिलै हुन्छ तर त्यसको लागि साथीलाई माइक समाउन लगाउनुपर्छ। यसो गर्दा तपाईंलाई बाइबल पल्टाउन सजिलो हुन्छ। तपाईं र घरधनी बन्‍ने भाइ वा बहिनीले यसको अभ्यास गर्नुपर्छ। अभ्यास गर्नुभयो भने साथीलाई माइक कसरी प्रयोग गर्ने थाह हुन्छ। नबिर्सनुहोस्‌, मञ्चमा तपाईंले श्रोतातर्फ आफ्नो पिठ्यूँ फर्काउनुहुँदैन, खासगरि तपाईं बोल्दै हुनुहुन्छ भने त्यसो गर्नुहुँदैन।

सेवा सभामा देखाइने प्रदर्शनमा धेरैले भाग लिएका हुन सक्छन्‌ र तिनीहरूले मञ्चमा यताउता गर्नुपरेको हुन सक्छ। त्यसैकारण थुप्रै माइक प्रयोग गर्नुपर्ने हुन सक्छ। यी माइक पहिल्यै ठीक ठाउँमा मिलाएर राख्नुपर्छ वा प्रदर्शन देखाउनेहरू मञ्चमा जाँदा माइक दिने प्रबन्ध मिलाउनुपर्छ। माइक चाहिएकै बेला ठीक ठाउँमा छ कि छैन, पक्का गर्न पहिल्यै सोचविचार गर्नुपर्छ। प्रदर्शनको लागि अभ्यास गर्दा माइक कसरी राम्रोसँग प्रयोग गर्ने भनेर प्रदर्शन देखाउनेहरूलाई सिकाउन सकिन्छ। यदि मञ्चमा अभ्यास गर्न सकिंदैन भने माइकजस्तै आकारको सानो सामान लिएर माइक प्रयोग गर्ने तरिका अभ्यास गर्न सकिन्छ। प्रदर्शनमा भाग लिनेहरूले प्रदर्शनपछि हाते-माइक पहिलेकै ठाउँमा मिलाएर बिस्तारै राख्नुपर्छ र मञ्चबाट तल ओर्लंदा माइकको तारहरूमा नअल्झिनेगरि ओर्लनुपर्छ।

विचार पुऱ्‍याएर माइक प्रयोग गर्दा हाम्रो सभाको एउटा मुख्य उद्देश्‍य पूरा भइरहेको हुन्छ। त्यो हो: परमेश्‍वरको वचनको छलफल गरेर एकअर्कालाई लाभ पुऱ्‍याउने। (हिब्रू १०:२४, २५) प्रभावकारी ढङ्‌गमा माइक प्रयोग गर्न सिक्दा यो महत्त्वपूर्ण उद्देश्‍य पूरा गर्न हामीले योगदान पुऱ्‍याइरहेका हुन्छौं।

यसो कसरी गर्न सकिन्छ?

  • माइक मुखबाट १ बित्ताजति (लगभग १० देखि १५ सेन्टिमिटर) टाढा राखेर।

  • माइकतिर फर्केर मात्र बोलेर।

  • साधारण बोलीचालीभन्दा अलि ठूलो आवाज र उत्साहका साथ बोलेर।

  • गला सफा गर्नुपऱ्‍यो भने शिर अर्कैतिर फर्काएर।

अभ्यास गर्नुहोस्‌:- राज्यभवनमा माइक प्रयोग गरिन्छ भने अनुभवी वक्‍ताले स्ट्यान्ड माइक र हाते-माइक कसरी प्रयोग गर्छन्‌, विशेष ध्यान दिनुहोस्‌। माइकको प्रयोगबारे आफूले सुधार्नुपर्ने क्षेत्र वा छोड्‌नुपर्ने बानी के-के हुन्‌, कारणसहित पक्का गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने