प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wt अध्या. १५ पृ. १३६-१४३
  • सल्लाह सुन्‍नुहोस्‌, अनुशासन स्वीकार्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सल्लाह सुन्‍नुहोस्‌, अनुशासन स्वीकार्नुहोस्‌
  • एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सल्लाह पाउँदा हामीले विचार गर्नुपर्ने उदाहरणहरू
  • सल्लाह स्वीकार्ने
  • विकास गर्नुपर्ने अमूल्य गुणहरू
  • यहोवाको अनुशासन इन्कार नगर्नुहोस्‌
  • सल्लाह सुन्‍नुहोस्‌, अनुशासन स्वीकार्नु होस्‌
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • ‘बुद्धिमान्‌ मानिसले के भन्छ, सुन’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • के तपाईँको सल्लाहले “हृदयलाई प्रसन्‍न बनाउँछ”?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • के अरूले तपाईंको सल्लाह स्वीकार्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
wt अध्या. १५ पृ. १३६-१४३

अध्याय पन्ध्र

सल्लाह सुन्‍नुहोस्‌, अनुशासन स्वीकार्नुहोस्‌

१. (क) हामी सबैलाई किन सल्लाह र अनुशासन चाहिन्छ? (ख) हामीले कुन प्रश्‍नमाथि विचार गर्नुपर्छ?

“धेरै कुरामा हामी चुक्‍तछौं” भनी बाइबलले याकूब ३:२ मा बताएको छ। हामीलाई थाह छ, हामी धेरै चोटि परमेश्‍वरको वचनले आग्रह गरेअनुसारको मानिस बन्‍न चुकेका छौं। त्यसकारण, बाइबलको यस भनाइमा सत्यता छ भनेर हामी मानिलिन्छौं: “दिएको सल्लाह राम्ररी सुन, र अर्ती ग्रहण गर, यसरी बुद्धिमान भएर तिमी मर्नेछौ।” (हितोपदेश १९:२०) निस्सन्देह, बाइबलको शिक्षाअनुरूप हिंड्‌न हामीले आफ्नो जीवनमा छाँटकाँट गरिसकेका छौं। तर कुनै खास विषयमा सँगी मसीहीले सल्लाह दिंदा हामी कस्तो प्रतिक्रिया देखाउँछौं?

२. हामीले व्यक्‍तिगत तवरमा सल्लाह पाउँदा कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

२ कसै-कसैले परिस्थितिको गम्भीरतालाई हल्का बनाउँदै आफ्नो सफाइ दिन खोज्छन्‌ वा अरूलाई दोष लाउँछन्‌। तर वास्तवमा सल्लाह सुनेर त्यो लागू गर्नु बेस हो। (हिब्रू १२:११) निस्सन्देह, कसैले पनि अरूबाट सिद्धता आशा गर्नु हुँदैन अनि हरेक स-साना मामिलामा वा बाइबलले व्यक्‍तिगत छनौट गर्न दिएको विषयमा सधैं अरूलाई सल्लाह दिइरहनु हुँदैन। साथै, सल्लाह दिने व्यक्‍तिले सबै कुरा विचार नगरेको हुन सक्छ अनि ती अन्य पक्षहरूबारे अरू कसैले आदरपूर्वक तिनको ध्यानाकर्षण गराउन सक्छन्‌। तर यस अध्याय विचार गर्दा भने, दिइएको सल्लाह वा अनुशासन उचित र बाइबल आधारित छ भनेर मानिलेऔं। यस्तो बेला कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

सल्लाह पाउँदा हामीले विचार गर्नुपर्ने उदाहरणहरू

३, ४. (क) सल्लाह र अनुशासनप्रति सही दृष्टिकोण राख्न बाइबलले हामीलाई कसरी मदत गर्छ? (ख) राजा शाऊलले सल्लाहप्रति कस्तो प्रतिक्रिया देखाए अनि परिणाम के भयो?

३ परमेश्‍वरको वचनमा आवश्‍यक सल्लाह पाएका व्यक्‍तिहरूको सत्य घटना बताइएको छ। कहिलेकाहीं सल्लाहको सँगसँगै अनुशासन पनि दिइयो। त्यस्तै एक जना व्यक्‍ति इस्राएलका राजा शाऊल थिए। तिनले अमालेक राष्ट्रको सन्दर्भमा यहोवाको आज्ञा पालन गरेनन्‌। अमालेकीहरूले परमेश्‍वरका दासहरूको विरोध गरेका थिए अनि यहोवाले कोही पनि अमालेकी वा तिनीहरूको गाईवस्तुलाई बाँकी नराख्नु भन्‍ने ईश्‍वरीय न्यायदण्ड सुनाउनुभएको थियो। तर राजा शाऊलले तिनीहरूको राजा तथा असल-असल गाईवस्तुलाई बचाइराखे।—१ शमूएल १५:१-११.

४ यहोवाले शाऊललाई ताडना दिन अगमवक्‍ता शमूएल पठाउनुभयो। शाऊलले कस्तो प्रतिक्रिया देखाए? तिनले अमालेकीहरूमाथि विजय हासिल गरेको तर तिनीहरूको राजालाई मात्र बचाएको तर्क गरे। तथापि, त्यो यहोवाको आज्ञा विपरीत थियो। (१ शमूएल १५:२०) शाऊलले गाईवस्तु बचाउनुको कारण मानिसहरूमाथि दोष थुपार्दै यसो भने: “म मानिसहरूसँग डराएँ, र तिनीहरूको कुरा मैले मानें।” (१ शमूएल १५:२४) तिनी आफ्नो नाउँ प्रतिष्ठाको लागि औधी चिन्तित देखिन्थे र उल्टो मानिसहरूसामु इज्जत गरिदिनू भनी शमूएललाई भने। (१ शमूएल १५:३०) अन्ततः यहोवाले शाऊललाई राजाको हैसियतमा स्वीकार्न इन्कार गर्नुभयो।—१ शमूएल १६:१.

५. राजा उज्जियाहले सल्लाह मान्‍न इन्कार गर्दा के भयो?

५ यहूदाका राजा उज्जियाहले “धूप बाल्नलाई परमप्रभुको मन्दिरमा पसेर परमप्रभु आफ्ना परमेश्‍वरको विरुद्धमा तिनले अपराध गरे।” (२ इतिहास २६:१६) तर व्यवस्थाअनुसार पूजाहारीहरूले मात्र धूप चढाउन सक्थे। मुख्य पूजाहारीले उज्जियाहलाई रोक्न खोज्दा राजा क्रोधित भए। यसको नतिजा कस्तो भयो? बाइबल यसो भन्छ: “तिनको निधारमा कोर निस्क्यो। . . . किनभने परमप्रभुले यस रोगले तिनलाई प्रहार गर्नुभएको थियो। औ राजा उज्जियाह आफ्नो मर्ने दिनसम्मै कोरी भए।”—२ इतिहास २६:१९-२१.

६. (क) शाऊल र उज्जियाहले किन सल्लाह तिरस्कार गरे? (ख) सल्लाह तिरस्कार गर्नु अहिले किन गम्भीर समस्या हो?

६ शाऊल र उज्जियाह दुवैलाई किन सल्लाह स्वीकार्न गाह्रो भयो? मुख्य समस्या घमण्ड थियो, तिनीहरू दुवैले आफूलाई बढ्‌तै महत्त्वपूर्ण ठानिरहेका थिए। यही स्वभावले गर्दा आज धेरैले आफूमाथि दुःख ल्याउँछन्‌। तिनीहरू सल्लाह स्वीकार्नु भनेको कमजोरी हो वा आफ्नो नाउँमा धब्बा लगाउनु भन्ठान्छन्‌। तर घमण्ड भनेको कमजोरी हो। घमण्डले मानिसको सोचाइलाई धमिल्याउँछ र फलस्वरूप यहोवाले आफ्नो वचन तथा संगठनमार्फत दिनुभएको मदतलाई तिरस्कार गर्ने झुकाव राख्न थाल्छन्‌। तसर्थ, यहोवा यस्तो चेतावनी दिनुहुन्छ: “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।”—हितोपदेश १६:१८; रोमी १२:३.

सल्लाह स्वीकार्ने

७. मोशाले सल्लाहप्रति देखाएको प्रतिक्रियाबाट कस्तो सकारात्मक पाठ सिक्न सक्छौं?

७ धर्मशास्त्रमा सल्लाह स्वीकार्ने व्यक्‍तिहरूको पनि असल उदाहरणहरू छन्‌ र हामी त्यसबाट पाठ सिक्न सक्छौं। मोशालाई विचार गर्नुहोस्‌, तिनका ससुराले तिनलाई कामको गह्रौं बोझ कसरी सम्हाल्न सकिन्छ भनी सल्लाह दिएका थिए। मोशाले तिनको सल्लाह स्वीकारेर तुरुन्तै लागू गरे। (प्रस्थान १८:१३-२४) मोशासित निकै अख्तियार भए तापनि तिनले किन सल्लाह स्वीकारे? किनभने तिनी नम्र थिए। “मोशाचाहिं पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्‍ति थिए।” (गन्ती १२:३) विनम्रता कत्तिको महत्त्वपूर्ण छ? सपन्याह २:३ ले बताएअनुसार यसमा हाम्रो जीवन निर्भर छ।

८. (क) दाऊदले कस्तो पाप गरे? (ख) नातानले ताडना दिंदा दाऊदले कस्तो प्रतिक्रिया देखाए? (ग) दाऊदले आफ्नो पापको कारण कस्ता नतिजाहरू भोग्नुपऱ्‍यो?

८ राजा दाऊदले बेतशेबासित व्यभिचार गरेपछि आफ्नो गलत कार्यको ढाकछोप गर्ने प्रयासमा तिनको पति उरियाहलाई मार्न लगाए। यहोवाले दाऊदलाई ताडना दिन अगमवक्‍ता नातान पठाउनुभयो। तिनले पश्‍चात्ताप गरेर तुरुन्तै आफ्नो गल्ती स्वीकारे: “मैले परमप्रभुको विरुद्धमा पाप गरें।” (२ शमूएल १२:१३) परमेश्‍वरले दाऊदको पश्‍चात्ताप स्वीकार्नुभए तापनि तिनले आफ्नो गल्तीको परिणाम भोग्नेथिए। यहोवाले तिनलाई भन्‍नुभयो, “[तिनको] घरानाले कहिल्यै तरवारबाट विश्राम पाउनेछैन,” तिनका पत्नीहरू ‘तिनका मानिसहरूलाई’ दिइनेछ अनि व्यभिचारबाट जन्मेको तिनको छोरो “मर्नेछ।”—२ शमूएल १२:१०, ११, १४.

९. हामीलाई सल्लाह वा अनुशासन दिइँदा कुन कुरा बिर्सनु हुँदैन?

९ राजा दाऊदलाई राम्रो सल्लाह सुन्‍नुको लाभबारे थाह थियो। कति चोटि त तिनले सल्लाहको स्रोत परमेश्‍वरलाई धन्यवाद चढाए। (१ शमूएल २५:३२-३५) के हामी त्यस्तै छौं? छौं भने, पछि पछुताउनुपर्ने धेरै कुरा भन्‍न र गर्नदेखि हामी जोगिनेछौं। तर हामीले अरूबाट सल्लाह वा अनुशासन लिनुपर्ने अवस्थामा पऱ्‍यौं भने नि? यो यहोवाको प्रेमको प्रमाण हो र यसले हाम्रो अनन्त हित गर्नेछ भनेर कहिल्यै नबिर्सौं।—हितोपदेश ३:११, १२; ४:१३.

विकास गर्नुपर्ने अमूल्य गुणहरू

१०. राज्यमा प्रवेश गर्नेहरूलाई कुन गुण आवश्‍यक थियो भनेर येशूले देखाउनुभयो?

१० यहोवा र हाम्रा मसीही भाइहरूसित राम्रो सम्बन्ध बनाउन हामीले खास-खास गुणहरू विकास गर्नुपर्छ। येशूले यस्तै एउटा गुणबारे बताउन चेलाहरूमाझ एक जना सानो बच्चालाई औंल्याउँदै यसो भन्‍नुभयो: “तिमीहरू बदलिएर साना बालकहरू जस्ता भएनौ भने कुनै रीतिले स्वर्गको राज्यमा पस्नेछैनौ। यसकारण जसले यो सानो बालक जस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ।” (मत्ती १८:३, ४) येशूका चेलाहरूले नम्रता विकास गर्नुपर्थ्यो किनभने तिनीहरूले सबैभन्दा ठूलो को हो भनेर आपसमा विवाद गरेका थिए।—लूका २२:२४-२७.

११. (क) हामी कसको सामु नम्र हुनुपर्छ र किन? (ख) हामी नम्र छौं भने सल्लाह दिइँदा कस्तो प्रतिक्रिया देखाउनेछौं?

११ प्रेरित पत्रुसले यस्तो लेखे: “तिमीहरू सबै एउटाले अर्कोप्रति नम्रताको व्यवहार गर। किनभने परमेश्‍वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (१ पत्रुस ५:५) परमेश्‍वरसामु नम्र हुनुपर्छ भनेर हामी सबैलाई थाह भएकै कुरा हो तर यो शास्त्रपदले देखाएअनुसार आफ्ना सँगी विश्‍वासीहरूसित पनि हामी नम्र हुनुपर्छ। नम्र छौं भने हामी अरूले दिएको उचित सल्लाह इन्कार गर्नेछैनौं तर त्यसबाट पाठ सिक्नेछौं।—हितोपदेश १२:१५.

१२. (क) कुन महत्त्वपूर्ण गुणसित नम्रताको नजिकको सम्बन्ध छ? (ख) हाम्रो आचरणले अरूमा पार्ने प्रभावबारे हामीले किन विचार पुऱ्‍याउनुपर्छ?

१२ नम्रतासित नजिकको सम्बन्ध भएको अर्को गुण, अरूको हितको लागि देखाइने चासो हो। प्रेरित पावलले यस्तो लेखे: “आफ्नै होइन, तर आफ्नो छिमेकीको भलाइ खोज। . . . यसकारण चाहे तिमीहरू खाओ अथवा पिओ, अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरकै महिमाको निम्ति गर। तिमीहरूले यहूदीहरू अथवा ग्रीकहरू, या परमेश्‍वरको मण्डलीलाई कुनै किसिमको बाधा पार्ने मौका नदेओ।” (१ कोरिन्थी १०:२४-३३) पावलले हामीलाई सबै व्यक्‍तिगत रुचिहरू पन्छाउनुपर्छ भनेनन्‌ तर अर्को व्यक्‍तिलाई तिनको अन्तस्करणले गलत ठहराएको कुरा गर्न उक्साउनु हुँदैन भनेर आग्रह गरे।

१३. हामीले धर्मशास्त्रीय सल्लाह पालन गर्ने बानी बसालेका छौं कि छैनौं भनेर कस्ता कुराहरूबाट देखिन्छ?

१३ के तपाईं आफ्नो व्यक्‍तिगत रुचिभन्दा अरूको हितलाई प्राथमिकता दिनुहुन्छ? हामी सबैले यसो गर्न सिक्नुपर्छ। यसो गर्न सकिने धेरै तरिकाहरू छन्‌। उदाहरणका लागि, पहिरन र कोरीबाटीलाई लिनुहोस्‌। यी कुराहरू विनयी, सफा र भद्र हुने धर्मशास्त्रीय सिद्धान्तको परिधिभित्र रहेर गर्न सकिने व्यक्‍तिगत छनौटहरू हुन्‌। आफ्नो समुदायका मानिसहरूको पृष्ठभूमिले गर्दा तिनीहरूलाई तपाईंको लुगाफाटा र पहिरनको कारण राज्य सन्देश स्वीकार्न बाधा पुग्यो भने के तपाईं छाँटकाँट गर्न तयार हुनुहुनेछैन र? अवश्‍य, आफ्नो सुखभन्दा अरू मानिसलाई अनन्त जीवन प्राप्त गर्न मदत दिनु महत्त्वपूर्ण कुरा हो।

१४. नम्रता र अरूप्रति चासो विकास गर्नु किन महत्त्वपूर्ण छ?

१४ नम्र भएर अरूलाई चासो देखाउने सन्दर्भमा येशूले आफ्ना चेलाहरूको खुट्टा धुनुभएर उदाहरण बसाल्नुभयो। (यूहन्‍ना १३:१२-१५) उहाँबारे परमेश्‍वरको वचन यसो भन्छ: “तिमीहरूमा यो मन होस्‌, जो ख्रीष्टमा पनि थियो। उहाँले परमेश्‍वरको स्वरूपमा भएर परमेश्‍वरसितै बराबरको हुनालाई, जोगाइराख्ने धन जस्तो सम्झनुभएन, तर आफूलाई रित्याईकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो। औ रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो, . . . मृत्युसम्मै आफूलाई होच्याउनुभयो।”—फिलिप्पी २:५-८; रोमी १५:२, ३.

यहोवाको अनुशासन इन्कार नगर्नुहोस्‌

१५. (क) परमेश्‍वरलाई मन पर्ने व्यक्‍तित्व बनाउन हामीले कस्ता छाँटकाँटहरू गर्नुपर्छ? (ख) यहोवाले कुन माध्यमद्वारा हामीलाई सल्लाह र अनुशासन दिनुभएको छ?

१५ हामी सबै पापी भएको हुँदा परमेश्‍वरको व्यक्‍तित्त्व झल्काउन हामी सबैले आफ्नो मनोवृत्ति र आचरणमा छाँटकाँट गर्नुपर्ने हुन्छ। हामीले “नयाँ चोला [“व्यक्‍तित्त्व,” NW]” धारण गर्नुपर्छ। (कलस्सी ३:५-१४) सल्लाह र अनुशासनले हामीलाई छाँटकाँट गर्नुपर्ने क्षेत्रहरू चिन्‍न र छाँटकाँट कसरी गर्ने भनेर बुझ्न मदत गर्छ। हामीलाई चाहिने निर्देशनको प्रमुख स्रोत बाइबल नै हो। (२ तिमोथी ३:१६, १७) यहोवाको संगठनले प्रबन्ध गरेको बाइबल साहित्य तथा सभाहरूले हामीलाई परमेश्‍वरको वचन लागू गर्न मदत गर्छ। हामीले कुनै सल्लाह पहिल्यै सुनिसकेका भए तापनि के हामी सल्लाह चाहिएको महसुस गरेर त्यसअनुसार सुधार्ने प्रयास गर्छौं?

१६. यहोवाले हामीलाई व्यक्‍तिगत तवरमा कस्तो मदत दिनुहुन्छ?

१६ यहोवाले मायालु चासो देखाउनुभएर हामीलाई समस्याहरू आइपर्दा मदत गर्नुहुन्छ। लाखौंले गृह बाइबल अध्ययनद्वारा मदत पाएका छन्‌। आमाबुबाले आफ्ना छोराछोरीलाई पछि पीडा भोग्नुपर्ने आचरणमा संलग्न नहोस्‌ भनेर सल्लाह र अनुशासन दिन्छन्‌। (हितोपदेश ६:२०-२३) मण्डलीमा प्रायजसो कसै-कसैले क्षेत्र सेवकाईमा सुधार गर्न परिपक्व सेवकहरूसित सल्लाह र सुझाव माग्छन्‌। कहिलेकाहीं प्राचीनहरूले एकअर्का वा सेवकाईमा अरू अनुभवी व्यक्‍तिहरूसित सल्लाह माग्न सक्छन्‌। आध्यात्मिक योग्यता भएकाहरूले जसलाई चाहिएको छ, उसलाई बाइबल प्रयोग गरेर नम्रतापूर्वक सहयोग दिन्छन्‌। सल्लाह दिनुहुँदा “आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार” राख्न नबिर्सनुहोस्‌। (गलाती ६:१, २) हो, एकताबद्ध भएर एक मात्र साँचो परमेश्‍वरको उपासना गर्न हामी सबैलाई सल्लाह र अनुशासन चाहिन्छ।

पुनरावृत्ति छलफल

• हामीले व्यक्‍तिगत तवरमा छाँटकाँट गर्नुपर्ने क्षेत्र चिन्‍न यहोवाले हामीलाई कसरी मायालु ढंगमा मदत गर्नुहुन्छ?

• किन थुप्रैलाई चाहिएको सल्लाह स्वीकार्न गाह्रो लाग्छ र यो कत्तिको गम्भीर कुरा हो?

• सल्लाह स्वीकार्न हामीलाई मदत गर्ने अमूल्य गुणहरू के-के हुन्‌ अनि यस सन्दर्भमा येशूले कसरी नमुना बसाल्नुभयो?

[पृष्ठ १४२-मा भएको चित्र]

उज्जियाहले सल्लाह इन्कार गरेकोले कोरी हुनुपऱ्‍यो

[पृष्ठ १४२-मा भएको चित्र]

मोशाले यित्रोको सल्लाह स्वीकारेर लाभ उठाए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने