प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ll भाग ८ पृ. १८-१९
  • येसुको मृत्यु—यसले तपाईँको लागि कस्तो अर्थ राख्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुको मृत्यु—यसले तपाईँको लागि कस्तो अर्थ राख्छ?
  • सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • भाग ८
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • येशू ख्रीष्टलाई –परमेश्‍वरले पठाउनु भएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
ll भाग ८ पृ. १८-१९

भाग ८

येसुको मृत्यु—यसले तपाईँको लागि कस्तो अर्थ राख्छ?

हामी बाँचोस्‌ भनेर येसु मर्नुभयो। युहन्‍ना ३:१६

स्त्रीहरू येसुको खाली चिहान हेर्दै

येसुको मृत्यु भएको तीन दिनपछि केही स्त्री उहाँलाई राखिएको चिहानमा गए। तर त्यहाँ येसुको शव थिएन। यहोवा परमेश्‍वरले येसुलाई ब्युँताइसक्नुभएको थियो।

येसु चेलाहरूसामु देखा पर्नुहुन्छ, त्यसपछि स्वर्ग जानुहुन्छ

पछि येसु चेलाहरूसामु देखा पर्नुभयो।

यहोवा परमेश्‍वरले येसुलाई शक्‍तिशाली स्वर्गदूतको रूपमा ब्युँताउनुभयो र अमर जीवन दिनुभयो। येसुका चेलाहरूले उहाँ स्वर्ग जानुभएको देखे।

  • पापले तिर्ने “ज्याला” के हो?—रोमी ६:२३.

  • येसुले अनन्त जीवनतर्फ लैजाने बाटो खोलिदिनुभयो।—रोमी ५:२१.

यहोवाले येसुलाई मृत्युबाट ब्युँताउनुभयो र परमेश्‍वरको राज्यको राजा बनाउनुभयो। दानिएल ७:१३, १४

येसु स्वर्गको सिंहासनबाट प्रमोदवनमा बसोबास गरिरहेका मानिसहरूमाथि शासन गर्नुहुन्छ

येसुले मानिसजातिलाई बचाउन आफ्नो ज्यान फिरौतीस्वरूप दिनुभयो। (मत्ति २०:२८) यहोवा परमेश्‍वरले त्यही फिरौतीको आधारमा हामीलाई सधैँभरि बाँच्ने जीवन दिनुहुन्छ।

पृथ्वीमाथि शासन गर्न यहोवा परमेश्‍वरले येसुलाई राजा बनाउनुभयो। मृत्युबाट ब्युँताइएका १ लाख ४४ हजार वफादार मानिसहरू स्वर्गमा येसुसित हुनेछन्‌। येसु र १ लाख ४४ हजारले येसुसँगै परमेश्‍वरको राज्यमा शासन गर्नेछन्‌।—प्रकाश १४:१-३.

परमेश्‍वरको राज्यले पृथ्वीलाई प्रमोदवन बनाउनेछ। त्यसपछि लडाइँ, अपराध, गरिबी र भोकमरी हुनेछैन। मानिसहरू साँच्चै सुखी हुनेछन्‌।—भजन १४५:१६.

  • परमेश्‍वरको राज्यमा के-कस्ता आशिष्‌हरू पाइनेछ?—भजन ७२.

  • परमेश्‍वरको राज्य आओस्‌ भनेर हामीले प्रार्थना गर्नुपर्छ।—मत्ति ६:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने