प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy अध्या. ६ पृ. २०-पृ. २१ अनु. ८
  • प्रतिज्ञा गरिएको बालक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रतिज्ञा गरिएको बालक
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • प्रतिज्ञा गरिएका बालक
    सबैभन्दा महान्‌ पुरुष
  • त्यसको अर्थ तिनले “मनमनै गुन्‍न थालिन्‌”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • येशूकी आमाको उदाहरणबाट हामी के सिक्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ!”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy अध्या. ६ पृ. २०-पृ. २१ अनु. ८
युसुफ, मरियम र भविष्यवक्‍ता हन्‍ना सिमियोनले बालक येसुलाई बोकेको हेर्दै

अध्याय ६

प्रतिज्ञा गरिएको बालक

लुका २:२१-३९

  • येसुको खतना गरिन्छ र पछि मन्दिरमा ल्याइन्छ

युसुफ र मरियम नासरत नफर्की बेतलेहेममै बस्छन्‌। परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाअनुसारै तिनीहरूले येसु आठ दिनको हुनुभएपछि उहाँको खतना गर्छन्‌। (लेवी १२:२, ३) छोरो जन्मिएमा उसको नाम पनि त्यसै दिन राख्ने चलन छ। गब्रिएल स्वर्गदूतले भनेअनुसारै तिनीहरूले उहाँको नाम येसु राख्छन्‌।

येसुको जन्म भएको एक महिना कटिसक्यो र अब उहाँ ४० दिनको हुनुभएको छ। उहाँका आमाबुबाले उहाँलाई कहाँ लैजान्छन्‌? तिनीहरू बसेको ठाउँदेखि केही किलोमिटर मात्र टाढा भएको यरुसलेमको मन्दिरमा। व्यवस्थाअनुसार छोरो जन्मेको ४० दिनपछि आमाले आफूलाई चोख्याउनको लागि मन्दिरमा गएर भेटी चढाउनुपर्छ।—लेवी १२:४-८.

मरियम त्यसै गर्छिन्‌। भेटी चढाउनको लागि उनले दुई वटा चरा ल्याउँछिन्‌। यसबाट युसुफ र मरियमको आर्थिक अवस्था थाह पाउन सक्छौँ। व्यवस्थाअनुसार भेडाको एउटा पाठो र एउटा चरा चढाउनुपर्छ। तर आमाको औकातले भ्याउँदैन भने दुई वटा ढुकुर वा दुई वटा परेवा चढाए पुग्छ। मरियमको आर्थिक अवस्था कमजोर भएकोले उनले आफ्नो औकातअनुसार भेटी चढाउँछिन्‌।

“तिनीहरूलाई चोख्याउने दिन आयो”

युसुफ र मरियम चोख्याउने बलिदान चढाउन शिशु येसुलाई मन्दिरमा ल्याउँछन्‌

इस्राएली स्त्रीहरूले बच्चा जन्माएपछि केही समयको लागि तिनीहरूलाई अशुद्ध ठानिन्थ्यो। त्यस समयको अन्तमा शुद्धीकरणको बलिदानस्वरूप अग्निभेटी चढाउनुपर्थ्यो। यसले सबै जना जन्मजातै त्रुटिपूर्ण र पापी भएको कुरा सम्झाउँथ्यो। शिशु येसु त्रुटिरहित र पवित्र हुनुहुन्थ्यो। (लुका १:३५) तैपनि मरियम र युसुफले बालक येसुलाई मन्दिरमा लगे र तिनीहरू व्यवस्थाअनुसारै चोखिए।—लुका २:२२.

मन्दिरमा एक जना वृद्ध मानिस युसुफ र मरियमकहाँ आउँछन्‌। तिनको नाम सिमियोन हो। यहोवाले प्रतिज्ञा गर्नुभएको ख्रिष्ट अर्थात्‌ मसीहलाई नदेखेसम्म तिनी मर्नेछैनन्‌ भनेर परमेश्‍वरले तिनलाई प्रकट गर्नुभएको छ। त्यस दिन पवित्र शक्‍तिको निर्देशन पाएर तिनी मन्दिरमा आउँछन्‌ अनि युसुफ र मरियमलाई तिनीहरूको छोरोसँगै भेट्टाउँछन्‌। सिमियोनले सानो बालकलाई आफ्नो हातमा लिन्छन्‌।

येसुलाई बोकेर सिमियोन यसो भन्दै परमेश्‍वरको प्रशंसा गर्छन्‌: “अब हे सार्वभौमसत्ताधारी प्रभु, आफूले भनेबमोजिमै तपाईँ आफ्नो दासलाई शान्तिपूर्वक जान दिँदै हुनुहुन्छ। किनकि मेरो आँखाले उद्धार दिने तपाईँको माध्यम देखेको छ, जसलाई तपाईँले समस्त मानिसहरूको नजरसामु तयार पार्नुभएको छ अनि जो अन्यजातिका मानिसहरूको घुम्टो हटाउने ज्योति अनि तपाईँका जन इस्राएलको महिमा हो।”—लुका २:२९-३२.

यो सुनेर युसुफ र मरियम छक्क पर्छन्‌। सिमियोनले तिनीहरूलाई आशिष्‌ दिन्छन्‌ र ती बालक “इस्राएलमा धेरै जनाको पतन अनि उत्थानको कारण बन्‍नेछ” भनेर बताउँछन्‌। (लुका २:३४) अनि मरियमलाई चाहिँ एउटा धारिलो तरबारले वारपार हुनेगरि छेड्‌दाझैँ पीडा हुनेछ भनेर पनि बताउँछन्‌।

त्यस दिन हन्‍ना नाम गरेकी एक जना भविष्यवक्‍ता पनि त्यहाँ उपस्थित छिन्‌। वास्तवमा तिनी कहिल्यै मन्दिर छोड्‌दिनन्‌। त्यही बेला तिनी युसुफ, मरियम र बालक येसु हुनुभएको ठाउँमा आउँछिन्‌। हन्‍ना परमेश्‍वरलाई धन्यवाद चढाउँछिन्‌ र सबैलाई येसुको विषयमा बताउँछिन्‌।

मन्दिरमा भएका यी सबै घटनाले गर्दा युसुफ र मरियम कत्ति खुसी भए होलान्‌! यी सबै कुराले गर्दा आफ्नो छोरा नै परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको जन हुनुहुन्छ भन्‍ने कुरामा तिनीहरू पक्का हुन्छन्‌।

  • इस्राएलीहरूको चलनअनुसार छोरो जन्मिएमा उसको नाम कहिले राखिन्थ्यो?

  • छोरो ४० दिनको भएपछि इस्राएली आमाले के गर्नुपर्थ्यो र मरियमले चढाएको भेटीबाट उनको आर्थिक अवस्थाबारे के थाह पाउन सक्छौँ?

  • मन्दिरमा क-कसले येसुलाई चिन्छन्‌ र तिनीहरूले येसुलाई चिनेको कुरा कसरी देखाउँछन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने