प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ypq प्रश्‍न ५ पृ. १५-१७
  • कसैले स्कुलमा दादागिरी देखाउँदा के गरूँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कसैले स्कुलमा दादागिरी देखाउँदा के गरूँ?
  • युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • मिल्दोजुल्दो सामग्री
  • दादागिरी गर्नु—यसमा के खराबी छ र?
    ब्यूँझनुहोस्‌!—१९९७
  • मेरो छोरा दादागिरीको शिकार हुँदै छ भने के गर्ने?
    परिवारका लागि
  • दादागिरीको सिकार हुनुपर्दा यहोवामा भर पर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
युवाहरूको १० प्रश्‍नका जवाफहरू
ypq प्रश्‍न ५ पृ. १५-१७
कक्षामा एक जना केटाले अर्को केटालाई दादागिरी देखाइरहेको छ

प्रश्‍न ५

कसैले स्कुलमा दादागिरी देखाउँदा के गरूँ?

यसबारे किन चासो राख्नुपर्छ?

तपाईंको प्रतिक्रियाले परिस्थितिलाई सुधार्न वा अझ बिगार्न सक्छ।

तपाईं के गर्नुहुन्छ?

कल्पना गर्नुहोस्‌: सुलभलाई स्कुल जान मन लाग्दैन। ऊ अबदेखि कहिल्यै स्कुल जान चाहँदैन। तीन महिना अगाडिको कुरा हो, स्कुलका साथीहरूले ऊबारे असाध्यै नराम्रो हल्ला फैलाए। उसको नाम बिगारेर बोलाउन थाले। कहिलेकाहीं तिनीहरूले सुलभको हातमा भएको किताबहरू खसाली दिन्थे। अनि कसैले पछाडिबाट उसलाई धकेल्थ्यो, कसले धकेलेको भनी उसलाई थाहै हुँदैन थियो। हिजो त सुलभलाई अनलाइनमा धम्की समेत दिइयो . . .

तपाईं सुलभ हुनुभएको भए के गर्नुहुन्थ्यो?

एकछिन सोच्नुहोस्‌!

तपाईं कमजोर हुनुहुन्‍न। कसैले दादागिरी देखाउँदा तपाईं झगडा नगरी त्यसको सामना गर्न सक्नुहुन्छ। तर कसरी?

  • शान्त रहनुहोस्‌। बाइबल भन्छ: “मूर्ख मानिसले रिस पोखाउँछ, तर बुद्धिमान्‌ मानिसले पर्खेर त्यो शान्त हुन दिन्छ।” (हितोपदेश २९:११) तपाईं शान्त हुनुभयो भने दादागिरी गर्नेहरूले तपाईंलाई सताउन छोड्‌न सक्छन्‌।

  • बदला नलिनुहोस्‌। बाइबल भन्छ: “कसैलाई खराबीको बदला खराबी नगर।” (रोमी १२:१७) बदला लिन खोज्दा परिस्थिति झन्‌ बिग्रन्छ।

  • खतरामा पर्न सक्ने परिस्थितिबाट टाढै बस्नुहोस्‌। बाइबल भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ।” (हितोपदेश २२:३) तपाईंलाई सताउने साथीहरूबाट टाढै बस्नुहोस्‌ र एक्लै-एक्लै नहिंड्‌नुहोस्‌।

  • उनीहरूले नसोचेको जवाफ दिनुहोस्‌। बाइबल भन्छ: “मीठो जवाफले क्रोधलाई शान्त गर्छ।” (हितोपदेश १५:१) परिस्थिति सामान्य बनाउन हँसीमजाक गर्न सक्नुहुन्छ। उदाहरणको लागि, तपाईं निकै मोटो हुनुहुन्छ भनेर दादागिरी गर्नेले भन्यो भने टाउको हल्लाउँदै यसो भन्‍न सक्नुहुन्छ, “त्यही त अलिकति घटाउनुपर्ला जस्तो छ।”

  • चुपचाप त्यो ठाउँ छोडेर जानुहोस्‌। १९ वर्षीया नोरा यसो भन्छिन्‌, “जवाफ नफर्काउँदा तपाईं परिपक्व हुनुहुन्छ र तपाईंलाई सताउने व्यक्‍तिभन्दा तपाईं बलियो हुनुहुन्छ भन्‍ने कुरा देखिन्छ। यसो गर्दा आत्मसंयम झल्किन्छ जुन दादागिरी गर्नेहरूमा हुँदैन।”—२ तिमोथी २:२४.

  • आत्मविश्‍वास बढाउनुहोस्‌। आफूप्रति नकारात्मक सोच राख्ने अनि कमजोर व्यक्‍तिहरूलाई दादागिरी गर्नेहरूले चिन्छन्‌। तर तपाईंले आफूमाथि कुनै अधिकार जमाउन दिनुभएन भने उनीहरू आफै पर हट्‌छन्‌।

  • कसैलाई बताउनुहोस्‌। पहिला स्कुलमा पढाउने एक शिक्षक यसो भन्छन्‌: “दादागिरीको सिकार भएकाहरूलाई आफ्नो समस्याबारे कसैलाई बताउन आग्रह गर्छु। यसो गऱ्‍यो भने अरू कोही दादागिरीको सिकार हुनदेखि जोगिन सक्छ।”

एक जना जवान केटा निर्धक्क भएर दादागिरीको सामना गर्छ

आत्मविश्‍वासले तपाईंलाई दादागिरी गर्नेहरू भन्दा बलियो बनाउँछ

तपाईंलाई थाह थियो?

शारीरिक आक्रमणबाहेक दादागिरीमा यी कुराहरू समावेश छन्‌:

  • दादागिरी देखाउनेहरूको बोली आगोजस्तै हुन्छ

    मौखिक दुर्व्यवहार। “उनीहरूले मेरो नाम बिगारेर बोलाएको र मलाई नराम्रो कुराहरू भनेको म कहिल्यै बिर्सन सक्दिनँ। उनीहरूले गर्दा आफैलाई बेकम्मा महसुस गरें। मौखिक दुर्व्यवहार भोग्नु भन्दा कुटाइ खानु नै सजिलो हुन्छ।”—२० वर्षीया सलिना

  • साथीहरूले छोडेर गएपछि एक जना जवान केटा एक्लै बस्छ

    समाजबाट अलग्याउनु। “स्कुलका साथीहरू मबाट टाढा हुन थाले। खाजा खाने बेला सँगै नबसोस्‌ भनेर ‘टेबुलमा ठाउँ छैन’ भन्थे। मैले पूरै वर्ष रोएर बिताएँ अनि खाजा पनि सधैं एक्लै खान्थें।”—१८ वर्षीया हसना

  • कम्प्युटरको स्क्रिनमा नानाथरी कुरा देखेपछि एक जना जवान केटी तर्सिन्छन्‌

    साइबरबुलिङ्‌। “कि-बोर्डमा दुई-तीन वटा अक्षर थिचे मात्र पनि कसैको नाम वा जीवनसमेत भताभुङ्‌ग पार्न सकिन्छ। यो कुरा बढाइचढाइ गरिएको होइन, यस्तो साँच्चै हुन सक्छ!”—१४ वर्षीय उज्ज्वल

दादागिरीसम्बन्धी क्विज

ठीक कि बेठीक

जवाफ

१ दादागिरी हजारौं वर्षदेखि चल्दै आएको छ।

१ ठीक। उदाहरणको लागि, बाइबलमा नपीलहरूबारे बताइएको छ। नपीलको अर्थ हो, “जसले अरूलाई ढाल्छ।”—उत्पत्ति ६:४.

२ दादागिरी गर्नु भनेको सामान्यरूपमा जिस्किनु मात्र हो। यो गम्भीर कुरा होइन।

२ बेठीक। दादागिरीको कारण थुप्रै जवान आत्महत्या गर्छन्‌।

३ दादागिरी रोक्ने सबैभन्दा राम्रो तरिका उनीहरूसित बदला लिएर हो।

३ बेठीक। दादागिरी गर्नेहरू शारीरिक रूपमा बलियो हुने भएकोले उनीहरूसित बदला लिन खोज्नु व्यर्थ हो।

४ दादागिरी भएको देख्नुभयो भने त्यसलाई नदेखेझैं गर्नु बेस हो।

४ बेठीक। दादागिरी भइरहेको देखेर पनि केही गर्नुहुन्‍न भने समस्याको समाधान गर्न अरूलाई मदत दिइरहनुभएको हुँदैन। बरु तपाईं पनि दादागिरीको भाग भइरहेको हुनेछ।

५ फुर्ती लगाए तापनि दादागिरी गर्नेहरू प्रायः असुरक्षित महसुस गर्छन्‌।

५ ठीक। दादागिरी गर्नेहरू अहङ्‌कारी भए तापनि थुप्रैले भित्र-भित्रै असुरक्षित महसुस गर्छन्‌। आफू राम्रो महसुस गर्नको लागि तिनीहरू अरूलाई तल खसाल्छन्‌।

६ दादागिरी गर्नेहरू परिवर्तन हुन सक्छन्‌।

६ ठीक। मदत पाए भने दादागिरी गर्नेहरूले आफ्नो सोच र व्यवहार बदल्न सक्छन्‌।

योजना बनाऔं!

  • मलाई कसैले दादागिरी देखायो भने के भन्‍ने वा के गर्ने?

थप कुराहरू हेर्नुहोस्‌!

कसैले दादागिरी देखाउँदा के गर्ने

www.jw.org/ne मा कसैले दादागिरी देखाउँदा के गर्ने? भन्‍ने ह्वाइटबोर्ड एनिमेसन हेर्नुहोस्‌। (बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने