प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पाठ १२ पृ. ३४
  • याकुबले ज्येष्ठ अधिकार पाए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • याकुबले ज्येष्ठ अधिकार पाए
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • बेग्लै किसिमका जम्ल्याहा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • बुद्धिमानी छनौट गरेर आफ्नो उत्तराधिकारको रक्षा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • याकुब र एसावले शान्ति कायम गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • याकूबले आध्यात्मिक मूल्यमान्यताहरूको कदर गरे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पाठ १२ पृ. ३४
एक कचौरा सुरुवा दिएर याकुब एसावको ज्येष्ठ अधिकार लिन्छन्‌

पाठ १२

याकुबले ज्येष्ठ अधिकार पाए

इसहाक र रिबेका आफ्ना जुम्ल्याहा छोराहरू याकुब र एसावसँग

इसहाक रिबेकासित विवाह गर्दा ४० वर्षका थिए। तिनी रिबेकालाई असाध्यै माया गर्थे। केही समयपछि तिनीहरूका जुम्ल्याहा छोरा भए।

जेठो छोराको नाम एसाव र कान्छोको नाम याकुब थियो। एसाव वनतिर डुलिहिँड्‌थे र तिनी सिकार खेल्न खप्पिस थिए। याकुबचाहिँ घरमै बस्न रुचाउँथे।

त्यतिबेला बुबाको मृत्युपछि जेठो छोराले बुबाको धेरैजसो जग्गाजमिन र धनसम्पत्ति पाउँथ्यो। त्यसलाई पैतृक सम्पत्ति भनिन्थ्यो। इसहाकको परिवारमा चाहिँ यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पनि पैतृक सम्पत्तिमा पर्थ्यो। एसावलाई त्यसको मतलब थिएन तर याकुबलाई भने त्यसको महत्त्व थाह थियो।

याकुब र एसाव

एकदिन एसाव सिकारबाट लखतरान भएर घर फर्कँदा तिनलाई याकुबले पकाइरहेको मीठो खानाको मगमग बास्ना आयो। अनि तिनले यसो भने: ‘झट्टै मलाई त्यो रातो सुरुवा अलिकता देऊ! म भोकले मर्नै लागिसकेँ!’ त्यसपछि याकुबले यसो भने: ‘म दिन्छु तर पहिला मलाई ज्येष्ठ अधिकार दिनुहोस्‌।’ एसावले यसो भने: ‘त्यो ज्येष्ठ अधिकारको मलाई के काम? त्यो तिमी नै लेऊ। मलाई त्यो सुरुवा देऊ।’ तिम्रो विचारमा एसावले जे गरे, के त्यो सही थियो? अहँ, थिएन। एसावले जाबो एक कचौरा सुरुवाको लागि एकदमै बहुमूल्य कुरा बेचे।

इसहाक धेरै बूढो भइसकेका थिए र आफ्नो जेठो छोरालाई आशिष्‌ दिने समय भएको थियो। तर रिबेका आफ्नो कान्छो छोरा याकुबले आशिष्‌ पाएको चाहन्थिन्‌, त्यसैले तिनले याकुबलाई मदत गरिन्‌। यो कुरा थाह पाएपछि एसाव धेरै रिसाए र तिनले आफ्नो जुम्ल्याहा भाइ याकुबलाई मार्ने योजना बनाए। इसहाक र रिबेका याकुबलाई बचाउन चाहन्थे। त्यसैले तिनीहरूले याकुबलाई यसो भने: ‘यहाँबाट भाग र एसावको रिस शान्त नभएसम्म हारानमा तिम्रो मामा लाबानको घरमा बस।’ याकुबले आफ्ना आमाबुबाको कुरा सुने र आफ्नो ज्यान जोगाउन भागे।

“कुनै मानिसले सारा संसार प्राप्त गर्छ तर आफ्नो ज्यान गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र? साँच्चै, मानिसले आफ्नो ज्यानको सट्टामा के दिन सक्छ र?”—मर्कुस ८:३६, ३७

प्रश्‍नहरू: एसाव कस्ता व्यक्‍ति थिए? याकुबचाहिँ कस्ता व्यक्‍ति थिए? एसावको सट्टा याकुबले किन आशिष्‌ पाए?

उत्पत्ति २५:२०-३४; २७:१–२८:५; हिब्रू १२:१६, १७

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने