प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पाठ १३ पृ. ३६-पृ. ३७ अनु. १
  • याकुब र एसावले शान्ति कायम गरे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • याकुब र एसावले शान्ति कायम गरे
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • बेग्लै किसिमका जम्ल्याहा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • याकुबले ज्येष्ठ अधिकार पाए
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • याकूबले आध्यात्मिक मूल्यमान्यताहरूको कदर गरे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उत्पत्ति विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पाठ १३ पृ. ३६-पृ. ३७ अनु. १
याकुब एसावलाई दण्डवत्‌ गर्दै र एसाव याकुबतिर दौडँदै छन्‌

पाठ १३

याकुब र एसावले शान्ति कायम गरे

यहोवाले अब्राहाम र इसहाकलाई जस्तै याकुबलाई पनि रक्षा गर्नेछु भनेर प्रतिज्ञा गर्नुभयो। याकुब हारान भन्‍ने ठाउँमा बसोबास गर्न थाले र तिनले त्यहीँ विवाह गरे। त्यहाँ तिनको परिवार बढ्‌दै गयो र तिनले धेरै धनसम्पत्ति पनि कमाए।

पछि यहोवाले याकुबलाई यसो भन्‍नुभयो: ‘तिमी आफ्नै ठाउँमा फर्क।’ त्यसैले याकुब र तिनको परिवारले आफ्नो ठाउँमा फर्कन लामो यात्रा सुरु गरे। यात्राको दौडान याकुबका केही दासहरू तिनीकहाँ आएर यसो भने: ‘तपाईँका दाइ एसाव तपाईँलाई भेट्‌न ४०० जना मानिस लिएर यतैतिर आइरहनुभएको छ!’ एसावले तिनी र तिनको परिवारलाई हानि पुऱ्‍याउलान्‌ भनेर याकुब असाध्यै डराए। अनि याकुबले यहोवालाई यसो भनेर प्रार्थना गरे: “बिन्ती छ, मलाई मेरो दाइ एसावको हातबाट बचाउनुहोस्‌।” भोलिपल्ट तिनले एसावलाई धेरै भेडा, बाख्रा, गाई, उँट र गधा कोसेली पठाए।

त्यस रात याकुब एक्लै हुँदा तिनले एक जना स्वर्गदूतलाई देखे। त्यस स्वर्गदूतले तिनीसित कुस्ती खेल्न थाले। तिनीहरूले बिहान उज्यालो नभएसम्म कुस्ती खेलिरहे। याकुब घाइते भए। तैपनि तिनले हार मानेनन्‌। स्वर्गदूतले तिनलाई भने: “मलाई जान देऊ।” तर याकुबले यस्तो जवाफ दिए: ‘अहँ! मलाई आशिष्‌ नदिएसम्म म तपाईँलाई जान दिन्‍नँ।’

आखिरमा स्वर्गदूतले याकुबलाई आशिष्‌ दिए। त्यसपछि याकुब यहोवाले तिनलाई एसावबाट जोगाउनुहुनेछ भनेर ढुक्क भए।

बिहान उज्यालो भएपछि याकुबले एसाव ४०० जना मानिस लिएर आइरहेको देखे। याकुब आफ्नो परिवारभन्दा अगाडि गए अनि आफ्नो दाइलाई सात चोटि दण्डवत्‌ गरे। एसाव पनि दौडेर आफ्नो भाइ याकुबलाई भेट्‌न आए र दुवै दाजुभाइ अङ्‌गालो हालेर धुरुधुरु रोए। यसरी तिनीहरूले शान्ति कायम गरे। तिम्रो विचारमा याकुबले यस अवस्थालाई सम्हालेको तरिका देख्दा यहोवालाई कस्तो लाग्यो होला?

एसाव आफ्नो घर फर्के र याकुबले चाहिँ आफ्नो यात्रा जारी राखे। याकुबका १२ जना छोरा थिए। तिनीहरूको नाम यसप्रकार थियो: रुबेन, सिमियोन, लेवि, यहुदा, दान, नप्तालि, गाद, असेर, इस्साकार, जबुलुन, युसुफ र बिन्यामिन। आफ्ना मानिसहरूलाई बचाउन यहोवाले याकुबको एक जना छोरा युसुफलाई चलाउनुभयो। यहोवाले तिनलाई कसरी चलाउनुभयो, तिमीलाई थाह छ? अब थाह पाऔँ।

“आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो। यसरी तिमीहरू स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाका छोराहरू बन्‍न सक्नेछौ।”—मत्ति ५:४४, ४५

प्रश्‍नहरू: याकुबले किन आशिष्‌ पाए? आफ्नो दाइसित तिनले कसरी शान्ति कायम गरे?

उत्पत्ति २८:१३-१५; ३१:३, १७, १८; ३२:१-२९; ३३:१-१८; ३५:२३-२६

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने