भाग १४ को परिचय
सुरुका ख्रिष्टियनहरूले पृथ्वीको टाढा-टाढा पर्ने इलाकासम्म परमेश्वरको राज्यको सुसमाचार फैलाए। येसुले तिनीहरूलाई कहाँ प्रचार गर्ने भनेर डोऱ्याउनुभयो र चमत्कारपूर्ण तरिकामा मानिसहरूलाई तिनीहरूकै भाषामा सिकाउन सक्षम बनाउनुभयो। धेरै खेदो भोग्नुपर्दा यहोवाले चेलाहरूलाई साहस र बल दिनुभयो।
येसुले प्रेषित युहन्नालाई एउटा दर्शनमा यहोवाको महिमा देखाउनुभयो। अर्कोमा तिनले स्वर्गको राज्यले सैतानलाई जितेको र त्यसको शासनलाई नामेट पारेको देखे। तिनले राजा येसुले १ लाख ४४ हजार सह-शासकसँगै शासन गर्नुभएको अनि पृथ्वी प्रमोदवन भएको पनि देखे, जहाँ सबैले शान्ति र एकतामा यहोवाको उपासना गर्छन्।