प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ३-५
  • परिचय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचय
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ३-५

परिचय

ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू किताबले तपाईँलाई चुनौतीहरूको सामना गर्नको लागि उपयोगी बाइबल पदहरू र विवरणहरू सजिलै भेट्टाउन मदत गर्नेछ। साथै यस किताबमा तपाईँले अरूलाई प्रोत्साहन दिने र यहोवाको महिमा हुने निर्णय गर्न मदत दिने शास्त्रपदहरू भेट्टाउन सक्नुहुनेछ। तपाईँलाई चाहिएको विषय सीधै खोज्नुहोस्‌ अनि त्यस विषयअन्तर्गत भएका प्रश्‍नहरू र बाइबल विवरणहरूको छोटो व्याख्या हेर्नुहोस्‌। (“यो प्रकाशन प्रयोग गर्ने तरिका” पेटी हेर्नुहोस्‌।) यसरी तपाईँले बाइबलबाट चाहिएकै सल्लाह, डोऱ्‍याइ र सान्त्वना पाउन सक्नुहुनेछ। साथै तपाईँले अरूलाई मदत र प्रोत्साहन दिन प्रयोग गर्न सक्ने उपयोगी शास्त्रपदहरू पनि पत्ता लगाउन सक्नुहुनेछ।

यो प्रकाशन प्रयोग गर्ने तरिका

कुनै विषय भेट्टाउन ‘खोज्ने’ बाकसमा टाइप गर्न सक्नुहुन्छ अथवा शीर्षकअन्तर्गत खोज्न सक्नुहुन्छ। ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू किताब सात वटा शीर्षकमा विभाजन गरिएको छ: आचरण, आध्यात्मिकता, गुण, चुनौती, दैनिक जीवन, परिवार अनि मण्डली। धेरैजसो विषय यी शीर्षकअन्तर्गत पर्छन्‌। उपयुक्‍त शीर्षक रोज्नुहोस्‌ अनि त्यसअन्तर्गत भएका विषयहरूको सूची हेर्नुहोस्‌। तपाईँलाई चाहिएको विषय कुन शीर्षकअन्तर्गत पर्छ भनेर पक्का हुन सक्नुभएन भने सबै रोज्नुहोस्‌ अनि त्यसअन्तर्गत भएका विषयहरूको सूची हेर्दै जानुहोस्‌। प्रत्येक विषयअन्तर्गत गाढा अक्षरमा वाक्य वा प्रश्‍न छन्‌। त्यस वाक्य वा प्रश्‍नमुनि उल्लिखित गाढा अक्षरका शास्त्रपदहरू पढ्‌नुहुँदा ती पदहरू उक्‍त वाक्य वा प्रश्‍नसित कसरी सम्बन्धित छन्‌ भनेर बुझ्न तर्कशक्‍ति चलाउनुहोस्‌ अनि मनन गर्नुहोस्‌। तपाईँले खोजिरहनुभएको जानकारी भेट्टाउन सजिलो होस्‌ भनेर कुनै-कुनै विषयलाई विभिन्‍न भागमा विभाजन गरिएको छ। कुनै-कुनै ठाउँमा “पनि हेर्नुहोस्‌” भनेर उल्लेख गरिएका शास्त्रपदहरू छन्‌। यी शास्त्रपदहरूले उक्‍त विषयसित सम्बन्धित कुराहरू बुझ्न मदत गर्छ। धेरैजसो ठाउँमा “सम्बन्धित बाइबल विवरण(हरू)” पनि पाउनुहुनेछ। त्यसअन्तर्गत भएको शास्त्रपदसँगैको वाक्य उक्‍त पदको मुख्य बुँदा वा त्यसबाट सिक्न सकिने पाठ हो। उक्‍त वाक्यलाई आधार बनाएर त्यस शास्त्रपदबारे मनन गर्नुहोस्‌।

यस किताबमा भएका विषयहरूअन्तर्गत त्यससित सम्बन्धित सबै शास्त्रपद उल्लेख गरिएको छैन। तर कुनै विषयमा अनुसन्धान थाल्न यो किताब तपाईँको लागि निकै उपयोगी हुन सक्छ। (हित २:१-६) अझ खोतल्न पवित्र बाइबल—नयाँ संसार अनुवाद-मा भएको सम्बन्धित पदहरूको सूची प्रयोग गर्नुहोस्‌। कुनै शास्त्रपदबारे थप कुरा बुझ्न यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी वा प्रहरीधरहरा अनलाइन लाइब्रेरी प्रयोग गर्नुहोस्‌। त्यस शास्त्रपदको नयाँ बुझाइ आएको छ भने त्यसबारे थाह पाउन हालसालैका प्रकाशनहरूमा अनुसन्धान गर्नुहोस्‌।

ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू किताबले तपाईँलाई पवित्र शास्त्रमा भएको बुद्धि, ज्ञान र समझ पाउन मदत गरोस्‌ भनेर हामी कामना गर्छौँ। यो किताब प्रयोग गर्नुहुँदा तपाईँ “परमेश्‍वरको वचन जीवित र प्रबल” छ भन्‍ने कुरामा अझ विश्‍वस्त हुनुहुनेछ।—हिब्रू ४:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने