सल्लाह
सल्लाह पाउँदा
हामीले किन बाइबलआधारित सल्लाह खोज्नुपर्छ?
भज ३२:८; हित १५:२२; १९:२०; २०:१८
हित ११:१४; यसै २८:२९; यर्मि ३२:१९ पनि हेर्नुहोस्
हामीले आफ्नो सफाइ दिन खोज्नुको साटो अरूको सल्लाह सुन्नु किन लाभदायी हुन्छ?
हित १:२३-३१; १५:३१ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
१स १५:३, ९-२३—भविष्यवक्ता समुएलले सल्लाह दिँदा राजा साउलले सफाइ दिन खोजे र सल्लाह स्विकारेनन्; त्यसैले यहोवाले तिनलाई त्याग्नुभयो
२इ २५:१४-१६, २७—राजा अमस्याहले पाप गरे र यहोवाको भविष्यवक्ताले दिएको सल्लाह स्विकारेनन्, जसले गर्दा तिनले यहोवाको अनुमोदन र सुरक्षा गुमाए
सल्लाह दिने निरीक्षकहरूको किन आदर गर्नुपर्छ?
१थि ५:१२; १ति ५:१७; हिब्रू १३:७, १७
सम्बन्धित बाइबल विवरण(हरू):
३यु ९, १०—वृद्ध प्रेषित युहन्नाले मण्डलीका निरीक्षकहरूको अनादर गरेका डियोत्रिफसलाई सल्लाह दिए
हामीले किन पाका व्यक्तिहरूको सल्लाह सुन्नुपर्छ?
अयु १२:१२; ३२:७; ति २:३-५ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
१स २३:१६-१८—राजा दाउदले आफूभन्दा लगभग ३० वर्ष जेठा जोनाथनले दिएको सल्लाह सुने र हौसला पाए
१रा १२:१-१७—राजा रहबामले पाका व्यक्तिहरूको व्यावहारिक सल्लाह स्विकारेनन् बरु आफूसितै हुर्केबढेका जवानहरूको सल्लाह स्विकारे, जसले गर्दा दुःखद नतिजा निम्तियो
वफादार दिदीबहिनीहरू र जवानहरूले पनि व्यावहारिक सल्लाह दिन सक्छन् भनेर हामी किन भन्न सक्छौँ?
अयु ३२:६, ९, १०; हित ३१:१, १०, २६; उप ४:१३
भज ११९:१०० पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
१स २५:१४-३५—अबिगेलले सल्लाह दिँदा राजा दाउदले सुने, जसको कारण थुप्रैको ज्यान जोगियो र दाउद पनि रक्तदोषी हुनदेखि बचे
२स २०:१५-२२—हाबिल भन्ने सहरका एक बुद्धिमती स्त्रीले दिएको सल्लाहले गर्दा पूरै सहर नाश हुनदेखि जोगियो
२रा ५:१-१४—इस्राएली ठिटीले एक वीर योद्धालाई तिनको कुष्ठरोग कसरी निको हुन सक्छ भनेर बताइन्
हामीले यहोवा र उहाँको वचनको कदर नगर्नेहरूको सल्लाह किन सुन्नु हुँदैन?
लुका ६:३९ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
१इ १०:१३, १४—राजा साउलले यहोवासित नभई भूतप्रेत खेलाउने स्त्रीसित सल्लाह मागे; तिनी यहोवाप्रति अनाज्ञाकारी भएकोले उहाँले तिनलाई नाश गर्नुभयो
२इ २२:२-५, ९—राजा आहाज्याहले गलत सल्लाह सुनेकोले आफ्नो ज्यान गुमाए
अयु २१:७, १४-१६—अय्युबले यहोवाको आदर नगर्नेहरूको सोचाइ तिरस्कार गरे
सल्लाह दिँदा
कुनै व्यक्तिलाई सल्लाह दिनुअघि सत्यतथ्य बुझ्नु र त्यस मामिलामा मुछिएका सबैको कुरा राम्ररी सुन्नु किन जरुरी छ?
हित २५:८ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
१स १:९-१६—पुजारी एलिले हन्ना रक्सीले मात्तिएछिन् भन्ठाने र सबै कुरा राम्ररी नबुझी उनलाई कडा सल्लाह दिए
मत्ति १६:२१-२३—प्रेषित पत्रुसले येसुलाई हप्काए अनि यहोवाको नभई सैतानको इच्छासित मेल खाने सल्लाह दिन पुगे
हामीले अरूलाई सल्लाह दिनुअघि किन यहोवालाई प्रार्थना गर्नुपर्छ?
भज ३२:८; ७३:२३, २४; हित ३:५, ६
सम्बन्धित बाइबल विवरण(हरू):
प्रस्थ ३:१३-१८—इस्राएलीहरूले उठाउन सक्ने प्रश्नहरूको राम्ररी जवाफ दिन भविष्यवक्ता मोसाले यहोवासित मदत मागे
१रा ३:५-१२—जवान राजा सुलेमान आफैमाथि भर पर्नुको साटो यहोवासित बुद्धि मागे र उहाँबाट आशिष् पाए
हामीले अरूलाई दिने सल्लाह र जवाफ किन सधैँ परमेश्वरको वचनमा आधारित हुनुपर्छ?
भज ११९:२४, १०५; हित १९:२१; २ति ३:१६, १७
व्य १७:१८-२० पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
मत्ति ४:१-११—सैतानले येसुलाई प्रलोभनमा पार्न खोज्दा उहाँले आफ्नो बुद्धिमा नभई परमेश्वरको वचनमा आधारित भएर जवाफ दिनुभयो
युह १२:४९, ५०—येसुले यहोवाबाट जे सिक्नुभयो, अरूलाई त्यही सिकाएर हाम्रो लागि राम्रो उदाहरण बसाल्नुभयो
हामीले अरूलाई सल्लाह दिँदा किन कोमलता देखाउनुपर्छ र मनैदेखि प्रशंसा गर्नुपर्छ?
यसै ९:६; ४२:१-३; मत्ति ११:२८, २९ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
२इ १९:२, ३—यहोवाले आफ्नो सन्देशवाहकमार्फत राजा यहोसापातलाई सच्याउनुका साथै तिनले गरेको असल कामको प्रशंसा पनि गर्नुभयो
प्रका २:१-४, ८, ९, १२-१४, १८-२०—येसुले केही मण्डलीलाई सल्लाह दिनुअघि त्यहाँका भाइबहिनीको प्रशंसा गर्नुभयो
कुनै ख्रिष्टियनले मण्डलीको कसैले आफूलाई धोका दिएको वा निन्दा गरेको गुनासो पोखाउँदा तिनलाई किन सुरुमा उक्त भाइ वा बहिनीसितै कुरा गर्न सल्लाह दिनुपर्छ?
लेवी १९:१७ पनि हेर्नुहोस्
आफूमाथि दुर्व्यवहार भएको जस्तो लागेको भाइबहिनीलाई कृपालु, धीरजी र क्षमाशील हुन कसरी प्रोत्साहन दिन सक्छौँ?
मत्ति १८:२१, २२; मर्कु ११:२५; लुका ६:३६; एफि ४:३२; कल ३:१३
मत्ति ६:१४; १को ६:१-८; १प ३:८, ९ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
मत्ति १८:२३-३५—येसुले क्षमाशील हुनुको महत्त्वबारे बुझाउन सशक्त उदाहरण चलाउनुभयो
अरूलाई सल्लाह दिँदा हामी किन जे सही हो, त्यसमा अडिग हुनुपर्छ?
भज १४१:५; हित १७:१०; २को ७:८-११
सम्बन्धित बाइबल विवरण(हरू):
१स १५:२३-२९—भविष्यवक्ता समुएल राजा साउललाई सल्लाह दिन डराएनन्
१रा २२:१९-२८—धम्की र दुर्व्यवहारको बाबजुद भविष्यवक्ता मिकायाह राजा आहाबलाई चेतावनीमूलक सन्देश जस्ताको तस्तै सुनाउनदेखि पछि हटेनन्
हामी कसरी अरूको आध्यात्मिकतालाई खतरामा नपारी सल्लाह दिन सक्छौँ?
सम्बन्धित बाइबल विवरण(हरू):
लुका २२:३१-३४—प्रेषित पत्रुसले गम्भीर गल्तीहरू गरे तापनि तिनले अरूलाई बलियो बनाउन सक्छन् भन्ने कुरामा येसु विश्वस्त हुनुहुन्थ्यो
फिले २१—फिलेमोनले परमेश्वरको सल्लाहअनुसार गर्नेछन् भन्ने कुरामा प्रेषित पावल ढुक्क थिए