प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. १०८-१०९
  • समर्पण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समर्पण
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. १०८-१०९

समर्पण

हामीले यहोवालाई कुन मनसायले आफ्नो जीवन समर्पण गर्नुपर्छ?

व्य ६:५; लुका १०:२५-२८; प्रका ४:११

प्रस्थ २०:५ पनि हेर्नुहोस्‌

हामी परमेश्‍वरको सेवा गर्न चाहन्छौँ भने बाइबलप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

भज ११९:१०५; १थि २:१३; २ति ३:१६

युह १७:१७; हिब्रू ४:१२ पनि हेर्नुहोस्‌

हामीले पापबाट छुटकारा दिन यहोवाले मिलाउनुभएको कुन प्रबन्ध स्विकार्नुपर्छ?

युह १४:६; प्रे ४:१२; रोमी ३:२३; गला १:४; एफि १:७

विगतमा गरेको पापको पश्‍चात्ताप गर्नुमा के समावेश छ?

प्रे ३:१९; २६:२०

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका १९:१-१०​—कर उठाउनेहरूका हाकिम जक्कै मानिसहरूलाई ठग्थे तर पछि तिनले पश्‍चात्ताप गरे र मानिसहरूको पैसा फिर्ता गरिदिए

    • १ति १:१२-१६​—प्रेषित पावलले आफ्नो पापपूर्ण जीवनशैली त्यागेको अनि परमेश्‍वर र ख्रिष्टको कृपाले गर्दा क्षमा पाउन सकेको कुरा बताए

हामीले खराब आचरण त्याग्नुका साथै के पनि गर्नुपर्छ?

रोमी १२:१, २; एफि ४:१७, १८, २२-२४; १थि १:९

हामीले परमेश्‍वरलाई स्वीकार्य हुने तरिकामा सेवा गर्न कस्ता नैतिक स्तरहरू पालन गर्नुपर्छ?

१को ६:९-११; कल ३:५-९; १प १:१४, १५; ४:३, ४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १को ५:१-१३​—प्रेषित पावलले कोरिन्थ मण्डलीलाई अवैध यौनसम्बन्ध राखेर पाप गरेको एक जना मानिसलाई तिनीहरूमाझबाट हटाउन निर्देशन दिए

    • २ति २:१६-१९​—प्रेषित पावलले तिमोथिलाई सइनजस्तै फैलिरहेको धर्मत्यागीहरूको बोली नसुन्‍न सल्लाह दिए

हामीले किन यस संसारका सरकारहरूलाई समर्थन गर्नु हुँदैन?

यसै २:३, ४; युह १५:१९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • युह ६:१०-१५​—येसुले एउटा ठूलो भीडलाई चमत्कार गरेर खुवाउनुभएपछि मानिसहरूले उहाँलाई राजा बनाउन खोजे तर उहाँ भाग्नुभयो

    • युह १८:३३-३६​—येसुले संसारका सरकारहरूसित आफ्नो राज्यको कुनै सम्बन्ध छैन भनेर बताउनुभयो

पवित्र शक्‍तिले हामीलाई परमेश्‍वरको सेवा गर्न कसरी मदत गर्छ?

युह १६:१३; गला ५:२२, २३

प्रे २०:२८; एफि ५:१८ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे १५:२८, २९​—यरुसलेमको परिचालक निकायले पवित्र शक्‍तिको डोऱ्‍याइ पाएर खतनासम्बन्धी महत्त्वपूर्ण निर्णय गरे

यहोवाका समर्पित सेवकहरूले उहाँको सेवा गर्ने सन्दर्भमा कसरी येसुको अनुकरण गर्न सक्छन्‌?

मत्ति २२:३७; युह ४:३४; ६:३८; हिब्रू १०:८, ९

परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेको व्यक्‍तिले किन बप्तिस्मा गर्नुपर्छ?

मत्ति २८:१९, २०; प्रे २:४०, ४१; ८:१२; १प ३:२१

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति ३:१३-१७​—येसुले आफू परमेश्‍वरको इच्छा पूरा गर्न पृथ्वीमा आएको कुरा बप्तिस्माद्वारा जनसमक्ष प्रकट गर्नुभयो

    • प्रे ८:२६-३९​—धर्म परिवर्तन गरेर यहुदी बनेका इथियोपियाली अफिसर येसु ख्रिष्टबारे सत्य कुरा सिकेपछि बप्तिस्मा गर्न तयार भए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने