प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ५८-५९
  • नम्रता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नम्रता
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ५८-५९

नम्रता

यहोवा नम्र र अहङ्‌कारीलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ?

भज १३८:६; हित १५:२५; १६:१८, १९; २२:४; १प ५:५

हित २९:२३; यसै २:११, १२ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २इ २६:३-५, १६-२१​—राजा उज्जियाह अहङ्‌कारी भए; तिनले यहोवाको नियम तोडे र पुजारीहरूले सल्लाह दिँदा रिसले चूर भए; त्यसैले परमेश्‍वरले तिनलाई कुष्ठरोगले प्रहार गर्नुभयो

    • लुका १८:९-१४​—येसुले अहङ्‌कारी र नम्र दुवैले गरेको प्रार्थनाबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ भनेर बुझाउन उदाहरण चलाउनुभयो

कसैले आफूलाई नम्र तुल्याएर मनैदेखि पश्‍चात्ताप गरे भने यहोवा के गर्नुहुन्छ?

२इ ७:१३, १४; भज ५१:२-४, १७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २इ १२:५-७​—राजा रहबाम र यहुदाका भारदारहरूले आफूलाई यहोवासामु नम्र तुल्याएकोले उहाँले तिनीहरूलाई नाश गर्नुभएन

    • २इ ३२:२४-२६​—असल राजा हिजकियाह अहङ्‌कारी भए तर तिनले आफूलाई नम्र तुल्याएकोले यहोवाले तिनलाई क्षमा दिनुभयो

हामी नम्र हुँदा अरूसितको सम्बन्ध कसरी अझ राम्रो हुन्छ?

एफि ४:१, २; फिलि २:३; कल ३:१२, १३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ३३:३, ४​—याकुबले रिसाएको आफ्नो दाइ एसावलाई भेट्‌दा नम्रतापूर्वक अभिवादन गरेकोले तिनीहरूबीच शान्ति कायम भयो

    • न्या ८:१-३​—न्यायकर्ता गिदोनले नम्र हुँदै एप्रैमका मानिसहरू तिनीभन्दा महान्‌ छन्‌ भनेर बताएपछि तिनीहरूको रिस शान्त भयो र गिदोनसित झगडा गरेनन्‌

येसुले नम्रता देखाउनुको महत्त्वबारे कसरी सिकाउनुभयो?

मत्ति १८:१-५; २३:११, १२; मर्कु १०:४१-४५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • यसै ५३:७; फिलि २:७, ८​—भविष्यवाणी गरिएझैँ येसु नम्र हुनुभएकोले राजीखुसी पृथ्वीमा आउनुभयो अनि पीडादायी र अपमानजनक मृत्युसमेत भोग्नुभयो

    • लुका १४:७-११​—नम्रता देखाउँदा हाम्रै फाइदा हुन्छ भनेर बुझाउन येसुले भोजमा मुख्य आसन खोज्नेहरूबारे उदाहरण दिनुभयो

    • युह १३:३-१७​—येसुले दासले जस्तै आफ्ना प्रेषितहरूको खुट्टा धोइदिनुभएर नम्रता देखाउने सन्दर्भमा राम्रो उदाहरण बसाल्नुभयो

आफू र अरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्दा हामी कसरी नम्र हुन सक्छौँ?

रोमी १२:३, १६; १को ४:७; फिलि २:३, ४

नम्रताको ढोँग गर्नु किन व्यर्थ छ?

मत्ति ६:१६-१८; कल २:१८, २३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने