भौतिकवाद
के बाइबलले हामीसित पैसा वा भौतिक कुराहरू हुनु गलत हो भनेर सिकाउँछ?
सम्बन्धित बाइबल विवरण(हरू):
१रा ३:११-१४—यहोवाले राजा सुलेमानलाई प्रशस्त धनसम्पत्ति दिनुभयो किनकि तिनी नम्र थिए
अयु १:१-३, ८-१०—अय्युब धनाढ्य थिए तर तिनको लागि यहोवासितको सम्बन्ध नै सबैभन्दा महत्त्वपूर्ण कुरा थियो
पैसा वा भौतिक कुराहरू हुँदैमा हामी किन सन्तुष्ट हुन वा मनोशान्ति पाउन सक्दैनौँ?
कुन बेला भौतिक कुराहरूको कुनै अर्थ रहँदैन?
पैसा र भौतिक कुराहरूले निम्त्याउने सबैभन्दा ठूलो खतरा के हो?
धनसम्पत्तिको भ्रामक शक्तिले हामीलाई कसरी छल गर्न सक्छ?
हित ११:४, १८, २८; १८:११; मत्ति १३:२२
सम्बन्धित बाइबल विवरण(हरू):
प्रे ८:१८-२४—सिमोनले पैसा तिरेर मण्डलीमा सुअवसरहरू किन्न सकिन्छ भन्ने मूर्ख सोचाइ राखे
पैसालाई प्रेम गर्दा कस्तो मोल चुकाउनुपर्ने हुन सक्छ?
सम्बन्धित बाइबल विवरण(हरू):
मर्कु १०:१७-२३—एक जना धनी जवान मानिसले आफूसित भएको धनसम्पत्ति छोड्न नसकेकोले येसुको चेला बन्ने सुअवसर गुमाए
१ति ६:१७-१९—प्रेषित पावलले धनी ख्रिष्टियनहरूलाई अभिमानी नहुन सल्लाह दिए नत्र त तिनीहरूले परमेश्वरको अनुमोदन गुमाउन सक्थे
भौतिकवादी हुँदा कसरी हाम्रो विश्वास कमजोर हुन्छ र परमेश्वरको अनुमोदन पनि गुम्छ?
व्य ८:१०-१४; हित २८:२०; १यु २:१५-१७
भज ५२:६, ७; आमो ३:१२, १५; ६:४-८ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
अयु ३१:२४, २५, २८—अय्युबले धनसम्पत्तिमाथि भरोसा गर्नु भनेको परमेश्वरलाई नै इन्कार गर्नु हो भनेर बुझेका थिए
लुका १२:१५-२१—भौतिकवादको खतराबारे बुझाउन येसुले एक जना धनी मानिसबारे बताउनुभयो, जो परमेश्वरको नजरमा भने धनी थिएनन्
हामी कसरी आफूसित भएको कुरामा सन्तुष्ट हुन सक्छौँ?
भौतिक धनसम्पत्तिभन्दा कस्तो धनसम्पत्ति बहुमूल्य छ र किन?
हित ३:११, १३-१८; १०:२२; मत्ति ६:१९-२१
सम्बन्धित बाइबल विवरण(हरू):
हाग्गै १:३-११—यहोवाले भविष्यवक्ता हाग्गैमार्फत इस्राएलीहरूलाई आशिष् नदिने कुरा बताउनुभयो किनकि तिनीहरूले पवित्र मन्दिरको पुनर्निर्माणलाई भन्दा आफ्नै घर बनाउने काम र सुखसुविधालाई पहिलो स्थानमा राखे
प्रका ३:१४-१९—येसुले लाओडिसिया मण्डलीलाई हप्काउनुभयो किनकि तिनीहरूले परमेश्वरको सेवालाई भन्दा भौतिक धनसम्पत्तिलाई बढी महत्त्व दिइरहेका थिए