प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lmd पाठ ४
  • नम्रता देखाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नम्रता देखाउनुहोस्‌
  • मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पावलले के गरे?
  • हामी पावलबाट के सिक्न सक्छौँ?
  • पावलको अनुकरण गर्नुहोस्‌
  • नम्रता किन धारण गर्नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • यहोवा आफ्ना नम्र सेवकहरूलाई अनमोल ठान्‍नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • अनुकरणकालागि विनम्रताका उदाहरणहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • साँचो नम्रता खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
lmd पाठ ४

कुराकानी थाल्नुहोस्‌

साङ्‌लाले सैनिकसित बाँधिएका प्रेषित पावल राजा अग्रिपा, राज्यपाल फेस्तस र बर्णिससित आदरपूर्वक कुरा गर्दै छन्‌।

प्रेषि. २६:२, ३

पाठ ४

नम्रता देखाउनुहोस्‌

सिद्धान्त: “नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान।”—फिलि. २:३.

पावलले के गरे?

साङ्‌लाले सैनिकसित बाँधिएका प्रेषित पावल राजा अग्रिपा, राज्यपाल फेस्तस र बर्णिससित आदरपूर्वक कुरा गर्दै छन्‌।

भिडियो: पावल राजा अग्रिपालाई साक्षी दिन्छन्‌

१. भिडियो हेर्नुहोस्‌ वा प्रेषित २६:२, ३ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1. क. पावलले राजा अग्रिपासित कुरा गर्दा कसरी नम्रता देखाए?

  2. ख. पावलले आफूतर्फ नभई कसरी यहोवा र धर्मशास्त्रतर्फ ध्यान खिचे?—प्रेषित २६:२२ हेर्नुहोस्‌।

हामी पावलबाट के सिक्न सक्छौँ?

२. हामीले नम्रता र आदर देखाउँदै बोल्यौँ भने हाम्रो सन्देशले मानिसहरूको मन छुन सक्छ।

पावलको अनुकरण गर्नुहोस्‌

३. आदरभावसाथ बोल्नुहोस्‌। तपाईँलाई सबै कुरा थाह छ तर तपाईँको कुरा सुन्‍ने व्यक्‍तिलाई केही पनि थाह छैन जस्तो भान पर्नेगरि कुरा नगर्नुहोस्‌।

४. हाम्रो सन्देशको स्रोत बाइबल हो भनेर प्रस्ट पार्नुहोस्‌। बाइबलमा लेखिएका कुराहरूले मानिसहरूको मन छुन्छ। हामीले बाइबल प्रयोग गर्दा यसलाई नै तिनीहरूको विश्‍वासको जग बनाइरहेका हुन्छौँ।

५. कोमलता देखाउनुहोस्‌। आफ्नै कुरामा जिद्दी नगर्नुहोस्‌। हामी वादविवाद गर्न चाहँदैनौँ। त्यसैले शान्त रहेर अनि अवस्था बिग्रनुअघि नै त्यहाँबाट निस्केर नम्रता देखाउनुहोस्‌। (हितो. १७:१४; ति. ३:२) यसो गर्नुभयो भने कुनै दिन त्यस व्यक्‍तिले हाम्रो कुरा सुन्‍न सक्छन्‌।

यी पदहरू पनि हेर्नुहोस्‌:

रोमी १२:१६-१८; १ कोरि. ८:१; २ कोरि. ३:५

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने