“शुद्ध भाषा” जिल्ला सम्मेलनमा आउनुहोस्
बाबेलको समय देखिन्, भाषाहरूका भिन्नता, फूटको एउटा कारण भएर आएको छ। बाबेलमा नै यहोवाले मानिसजातिको भाषामा गड़बड़ी उत्पन्न गराइदिनु भयो र “एउटा धरहरा बनाएर आफ्नो नाउँ राख्ने” ती मानिसहरूको उदेश्य खलबलाइदिनु भयो। (उत्पत्ति ११:४) भाषाको भिन्नता कति गहीरो भेद-भावको कारण हुन सक्दोरहेछ भन्ने कुरा, बेलजियममा घटेको एउटा घटना बाट देखिन्छ। केही वर्ष अघि, लुभ्याँमा स्थित क्याथोलिक विश्वविद्यालय, भाषाको कारण दुई भागमा फाट्यो।
मानिसहरू मध्य, भाषा, फूटको एउटा कारण मात्र हो। अरू कारणहरू राष्ट्रीयता, जाति, शिक्षा र आर्थिक स्तरहरू हुन्। तर, यहोवाका साक्षीहरूले धेरै कोशिश पश्चात्, फूटका यी सबै कारणहरू माथि विजय प्राप्त गरेकाछन् र आज तिनीहरूको माझमा साँचो एकता पाइन्छ।
गएको ग्रीष्म-ऋतुमा, यो एकताको एउटा विशेष प्रदर्शन पोल्याण्डका वारसा, पोत्सनान र चरजो (काटावायसको नजीक) भन्ने शहरहरूमा देखियो। प्राय ३७ विभिन्न देशहरू बाट कमसेकम २० बेग्ला-बग्लै भाषा बोल्ने यहोवाका साक्षीहरू भेला भएका थिए। तापनि, त्यहाँ सबैको व्यवहारमा एउटा अद्भुत् एकता देखिन्थियो। यस्को पछि कारण के थियो? त्यहाँ सबैले शास्त्रीय सत्यताको “शुद्ध भाषा” बोली रहेका थिये। सपन्याह ३:९मा यस बारे यो अगमवाणी गरिएको थियो: “त्यस बेला देश देशका मानिसहरूलाई एउटा शुद्ध भाषा बोल्न लाउनेछु, र तिनीहरू सबैले परमप्रभुको [यहोवा, न्यु वर्ल्ड ट्रान्सलेशनमा] नाउँको पुकारा गरेर एकै हृदयको भएर उहाँको सेवा गर्नेछन्।”
तसर्थ, ठोस कारण सहित्, १९९० जिल्ला सम्मेलनहरूको विषयवस्तु “शुद्ध भाषा,” हुनेछ। मानव असिद्धता, शैतानको दुष्ट संसारको कुप्रभाव र दियाबल र त्यस्का प्रेतहरूका छलले गर्दा, यो “शुद्ध भाषा” बोल्न सधैं सजिलो हुँदैन। हामीमा फूट उत्पन्न गराउन सक्ने स्वार्थी झुकावहरू देखिन्, सधैं सतर्क भएर बस्नु पर्छ।
परमेश्वरले हामीलाई यो शुद्ध भाषा किन दिनु भएको हो? हामी “एकै हृदयको भएर उहाँको सेवा” गर्नका लागि। यस्को अर्थ, बाइबलको अरू अनुवादहरू अनुसार, परमेश्वरको सेवा “एउटै जुवा मनि” (दी यरूशलेम बाइबल), अथवा “एकै मनको भएर” (मफ्याटको अनुवाद), “एकै चित्तको भएर” (एन अमेरिकन ट्रान्सलेशन) र “आपसमा सहयोग गर्दै” (बायङ्गटन) गर्नु हो।
यो शुद्ध भाषा अझ बेधड़क बोल्नसक्नकालागि, हामीले यस सम्मेलनमा भाषणहरू, प्रदशर्नीहरू, गोष्ठिहरू, अरूहरूका अनुभवहरू र बाइबलमा आधारित नाटकहरू द्वारा प्रोत्साहन पाउनेछौं। यी सबै कुराले हामीलाई आफ्ना भाइहरू सँग अझ मिलनसार र प्रभावशाली ढँगमा सेवा गर्ने सहायता दिनेछ।
यी सम्मेलनहरू बिहीबार, १:०० बजे पछि शुरू हुनेछन् र आइतबार, ४:०० बजे तिर समाप्त हुनेछन्। प्रथम सङ्गीत देखिन् लिएर कार्यक्रमको हर भागमा, आइतबार दिउँसोको अन्तिम प्रार्थना सम्म उपस्थित हुने योजना अहिले देखिनै मिलाउनुहोस्।
आ-आफ्ना बाइबल र गीतको किताब पनि साथमा लिएर आउनु होस् र सुनेका कुराहरू खातामा टिप्न तयार हुनुहोस्। साथै, अध्यात्मिक कुराहरूका लागि खूब सँग भोकाएर आउनुहोस्। यसरी आउनु भयो भने, तपाईं शुद्ध भाषा बोल्न र यहोवाको सेवा गर्न अझ निपुण भएर सम्मेलनबाट फर्किनु हुनेछ। (w90 2/15)