समाचारमाथि अन्तर्दृष्टि
“अति खतरनाक पदार्थ”
रगतसारीद्वारा प्राणघातक रोग सरेका बिरामीहरूले चलाएका मुद्दाहरू, धेरै रक्त-बैंकहरूका लागि एउटा नया चिन्ताको कारण भएको छ। १९८९ को माझसम्म, संयुक्त राष्ट्र अमेरिकाका रक्त-बैंकहरूको विरुद्धमा ३०० भन्दा बढ़ी मुद्दाहरू दायर भएको खबर छ। “जनता बिल्कुलै शुद्ध रगत चाहन्छन्” भनी अमेरिकाका रक्त बैंकहरूका सङ्गठनका निर्देशक, गिलबर्ट क्लार्कले स्वीकार गरेता पनि, यसको कुनै ग्यारेन्टी दिइन सकिदैन भन्ने कुरा पनि तिनले मानी लिए।
त्यसैगरी, पैरेड म्यागाजिन अनुसार, “जसो गरेता पनि, रगतलाई सुरक्षित ठान्नु हुँदैन” भनी रक्त विशेषज्ञ डा. चालर्स हग्गिन्सले स्वीकारेका छन्। रगतको वर्णन गर्दा, यो “औषधीमा प्रयोग हुने सबैभन्दा खतरनाक पदार्थ हो” तिनले भने। १९८९ को शुरूआत देखि, रक्त-बैंकहरूले रगतमा जाँच गरेर हेर्नु पर्ने सरूवा रोगहरूको संख्या बढ़ेर पाँच पुगेकोछ, (एचटीएलभी-१, जुन परिपक्व टी-सेल लिक्युमिया, सिफलिस, हेपटाइटिस बी, एड्स, र हेपटाइटिस सी सँग सम्बन्धित छ)। तथापि, अमेरिकन रेड क्रसका अधिकारी एस. जेराल्ड स्यान्डलरको विचारमा, “रगतसारीबाट फैलिने अझ अर्को असाधारण रोग थाह लाग्नु अब केही समयको कुरा मात्र हो।” तर यस प्रकारको घातक सम्भाव्य हुँदा हुँदै पनि, १९९० सालमा मात्र उत्तरी अमेरिकाका करीब चालिस लाख मानिसहरूले रगतसारीको उपचार स्वीकार्ने सम्भावना छ। समाचारपत्रका स्तम्भ-लेखक, डब्लू. गिलफर्ड-जोन्सका अनुसार, समस्या के हो भने, “यहोवाका साक्षीहरू बाहेक, धेरै जसो बिरामीहरूले रगतसारीको सम्भावना वारे छलफलै गर्दैनन्।”
प्रेरित १५:२८, २९; २१:२५ मा दिइएको परमेश्चरको वचनको आज्ञा बमोजिम, यहोवाका साक्षीहरूले सदियों देखिन् विश्वासपूर्वक आफूलाई रगतको हर रूपबाट ‘अलग राखेकाछन्।’ यसले गर्दा रक्त-सारीद्वारा फैलिने डरलाग्दा बिमारीहरूबाट तिनीहरू बाँचेका हुनाले, परमेश्वरको आज्ञा मान्नु कतिको सही रहेछ भन्ने कुराको उदाहरण यसबाट पाइन्छ।
थाहै नपाइ हराउनेछ?
एक दिन गिर्जा “लोप हुनेछ— र सम्भवतः समाजले त्यो थाह पनि पाउनेछैन” भनी फरवरी १९८९ मा कलोनका नया आर्क बिशप नियुक्त भएका, विवादास्पद व्यक्ति जोआकिम कार्डिनल मेस्नरले हालसालै भने। जर्मन समाचारपत्र राइन्स पोस्ट अनुसार, मेस्नरले भने: “समाजले गिर्जालाई निरर्थक ठान्न थालेको देख्ता मेरो आत्मा खिन्न हुन्छ।” तिनको विचारमा, यसको एउटा कारण सम्भवतः यो हो कि “हामी पृथ्वीबारे धेरै कुरा गर्छौं तर स्वर्गबारे अति नै कम र वर्त्तमान बारे अति नै बढ़ी कुरा गर्छौं भने, अनन्तको चर्चा अति नै कम गर्ने गर्छौं।”
संसारका समस्याहरूको समाधानकालागि स्वर्गीय शक्तिमा भरपर्नुको सट्टा, आफूलाई पृथ्वीका राजनैतिक र व्यापारिक तत्वहरूसँग साँठ-गाँठ गरेर, मसीही जगतका धर्महरूले परमेश्वरको प्रतिनिधित्व गर्ने आफ्नो दाबीलाई झुट्टा साबित गरेकाछन्। यसको गम्भीर परिणाम हुनेछ। बाइबल अनुसार, सारा झुट्टा धर्महरू चाड़ैनै लोप हुनेछन्—जुन घटना “पृथ्वीका राजाहरू” र “पृथ्वीका व्यापारीहरू” बाट छिपने छैन र तिनीहरू त्यो देखेर रुनेछन्। त्यसकारण, धार्मिकताका प्रेमीहरूले यी शब्दहरूतर्फ ध्यान दिनुपर्दछ: “त्यसबाट (झुट्टा धर्मबाट) निस्केर आओ . . . त्यसका पापसँग तिमीहरूको केही सङ्गत हुन नपाओस्। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्।”—प्रकाश १८:४, ९, ११. (w90 7/15)