प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ४/१ पृ. ३
  • आनन्दित राष्ट्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आनन्दित राष्ट्र
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एउटा साँच्चैनै आनन्दित राष्ट्र
  • आधुनिक आनन्दित राष्ट्र
  • यहोवा हाम्रा राजा!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवा हाम्रा राजा!
    यहोवाको स्तुतिगान गाऔं
  • आनन्दको हृदयले यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवाको आनन्द हाम्रो गढ हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ४/१ पृ. ३

आनन्दित राष्ट्र

आनन्दित राष्ट्र! यी शब्दहरूमा वर्णन गर्न सकिने आज मानिस जातिको कुनै राष्ट्र छ र? के कुनै राष्ट्रले हिंसा, अपराध, दूषित वातावरण, अपङ्‌ग तुल्याउने रोगहरू, राजनैतिक भ्रष्टाचार र धार्मिक घृणाको समाधान गर्न सकेको आनन्दमय दावा गर्न सक्छ र? के कुनै राष्ट्रले यी लक्ष्यहरू प्राप्त गर्न सक्ने कुनै वास्तविक आधार प्रस्तुत्‌ गरेको छ र? पटक्कै गरेको छैन!

विश्‍व-व्यापी स्तरमा के देखिन्छ? यु. एस. एस. आर. का राष्ट्रपति मिखाएल गोरबाचोवले गएको जुलाई १६ तारीखमा एसो भन्‍नु भयो: “मेरो विचारमा, हामीहरू अन्तरराष्ट्रिय सम्बन्धहरूको युगबाट अर्को युग, अथवा बलियो र स्थायी शान्तिको युगमा प्रवेश गरिरहेछौं।” तथापि, त्यही तारीखको टाइम पत्रिकामा, संयुक्‍त राष्ट्र अमेरिकाले १२० आणविक हतियारहरू मस्को तर्फ ताकेर राखेको सूचना थियो र ती हतियारहरू मध्य कुनै एकले पनि मस्को शहरलाई ध्वंस पारि दिन सक्दछ। र निस्सन्देह, यसको मुकाबिला गर्न सोवियतहरू पनि तयार बसेका छन्‌। साथै, संयुक्‍त राष्ट्र सङ्‌घका धेरै सदस्य राष्ट्रहरूसँग आणविक हतियार बनाउने ज्ञान भएको कारण, त्यस प्रकारका हतियारहरूको प्रयोग गर्ने प्रथम कदम कसले लिने होला भनेर सोंच्नुमा केही आनन्द छैन।

एउटा साँच्चैनै आनन्दित राष्ट्र

इतिहसामा—केही ३,५०० वर्ष अघि—एउटा साँच्चैनै आनन्दित राष्ट्र थियो। तिनीहरू प्राचीन इस्राएलीहरू थिए। तिनीहरूलाई परमेश्‍वरले मिश्रको दासत्वबाट छुटकारा दिनु हुँदा, हर्ष मनाउँदै, तिनीहरूले मोशासँग विजय गान गाएका थिए र आफ्ना परमेश्‍वर र मुक्‍तिदाताको आज्ञा पालन गरूञ्जेल तिनीहरूले आनन्द मनाइ नै रहे।—प्रस्थान १५:१-२१; व्यवस्था २८:१, २, १५, ४७.

सुलेमानको शासनकाल भित्र, “यहूदा र इस्राएलका मानिसहरू समुद्रका बालुवाझैं थिए। तिनीहरू खान्थे, पिउँथे र सुखसित रहन्थे।” त्यो वास्तवमा ठूलो आनन्दको समय थियो र यसै बेलामा यहोवाको उपासनाको निम्ति यरूशलेममा इतिहासको सबै भन्दा भव्य मन्दिरको निर्माण पनि भयो।—१ राजा ४:२०; ६:११-१४.

आधुनिक आनन्दित राष्ट्र

प्राचीन इस्राएल एउटा आधुनिक राष्ट्रको प्रतीक थियो। कुन राष्ट्रको? मध्य-पूर्वको राजनीतिक इस्राएलको? प्राप्त समाचार अनुसार त्यो सङ्‌घर्षरत राष्ट्र कदापि आनन्दित छैन। के संयुक्‍त राष्ट्र भनौंदो सङ्‌गठनले त्यसका सदस्य राष्ट्रहरूलाई साचों आनन्द दिन सकेको छ? छैन, राजनीति गर्ने आजका कुनै पनि राष्ट्रमा आनन्द पाउन सकिन्दैन। लोभ, भ्रष्टाचार र बेइमानी जता ततै छ र धेरै देशहरूमा साधारण मानिसहरू बाँच्नका निम्ति मात्र दुःखसाथ सङ्‌घर्ष गर्दछन्‌।—हितोपदेश २८:१५; २९:२.

तथापि, आज अत्यन्त आनन्दित एउटा अद्‌भुत राष्ट्र छ। त्यो कुनै राजनीतिक राष्ट्र होइन, किनभने त्यो राष्ट्रको शिर, येशू ख्रीष्टले आफ्नो प्रजा बारे एसो भन्‍नु भएको थियो: “तिमीहरू यस संसारका होइनौ।” (यूहन्‍ना १५:१९) संयुक्‍त राष्ट्र नाउँको लागि मात्र संयुक्‍त छ तर यो आनन्दित राष्ट्रका शान्ति रूचाउने समर्थकहरू “हरेक जातिबाट, सबै कुल र मानिस र भाषा-भाषाहरू” बाट आइरहेछन्‌। (प्रकाश ७:४, ९) यो राष्ट्रमा आज चालीस लाख भन्दा बढ़ी मानिसहरू छन्‌ अर्थात्‌ यसको जन सङ्‌ख्या संयुक्‍त राष्ट्र सँघको १५९ सदस्य राष्ट्रहरू मध्य ६० सदस्य राष्ट्रहरूको जन सङ्‌ख्या भन्दा बढ़ी छ। यी चालिस लाख मानिसहरूले प्राय २०० विभिन्‍न मातृ भाषाहरू बोल्छन्‌; र पनि, तिनीहरू एउटै “शुद्ध भाषा” बोल्नमा संयुक्‍त छन्‌।—सपन्याह ३:९.

यतिका विभिन्‍न संस्कारका मानिसहरूले एउटै भाषा बोल्नु, के एउटा विचित्र कुरा होइन र? होइन, किनभने मानिसहरूलाई संयुक्‍त पार्ने यो भाषा परमेश्‍वरको धार्मिक राज्यको समाचार हो। यो आनन्दित राष्ट्र “पृथ्वीको पल्लो छेउदेखि” आउँदछ र विश्‍वभरि यिनीहरू ‘यहोवाका साक्षीहरूको’ नाउँबाट चिनिन्छन्‌। (यशैया ४३:५-७, १०; जकरिया ८:२३) यस पृथ्वीमा तपाईं जहाँ जानु भएता पनि, तिनीहरूलाई भेट्टाउनु हुनेछ।

यशैया २:२-४ मा, सबै राष्ट्रहरूबाट आउने मानिसहरूको भीड़को वर्णन परमेश्‍वरको अगमवक्‍ताले यस प्रकार गर्दछन्‌: “आऊ, हामी परमप्रभुको [यहोवाको NW] पर्वतमा उक्लेर याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहनेछ, र हामी उहाँको बाटोमा हिंड़नेछौं।” यिनीहरू जोशिलो भएर यहोवाको वचन, बाइबल द्वारा उहाँबाट शिक्षा लिन र उहाँको सेवा गर्न सिक्न अरूहरूलाई पनि निम्त्याउँछन्‌। यो एउटा राष्ट्रले साँचो शान्तिको मार्ग अपनाएको छ र यस राष्ट्रका मानिसहरूले ‘तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया’ बनाइसकेका छन्‌ र तिनीहरूले ‘अब उप्रान्त युद्ध गर्नु सिक्नेछैनन्‌।’ यो साँच्चैनै एउटा आनन्दित राष्ट्र हो!

तपाईं पनि यो आनन्दमा सहभागी हुन सक्नु हुनेछ। तपाईंले पनि त्यो चाँड़ै नजीक आइरहेको दिनबारे सिक्न सक्नु हुनेछ जब राजा, येशू ख्रीष्टले हानिकारक मानिसहरू र सरकारहरू हटाउनु भएर पृथ्वीमा प्रमोदबन पुनःस्थापित गर्नु हुनेछ। (दानियल २:४४; मत्ती ६:९, १०) आज पनि, एउटा वास्तवमा संयुक्‍त राष्ट्रको रूपमा, यहोवाका साक्षीहरू, साँचो शान्तिको त्यो वैभवशाली समयका लागि तयारी गर्ने काममा भाग लिन ठूलो आनन्द मनाउँदछन्‌। यो कुरा आउँदो पानाहरूमा देख्नु हुनेछ। (w91 1/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने