प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 ५/१ पृ. ३
  • पारिवारिक क्लेशको कारण के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पारिवारिक क्लेशको कारण के हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पारिवारिक क्लेशका केही कारणहरू
  • पारिवारिक आनन्दको के कुनै रहस्य छ?
    पारिवारिक आनन्दको रहस्य
  • आफ्नो पारिवारिक जीवनमा परमेश्‍वरलाई प्रथम स्थान दिनु होस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • यहोवा, ‘दुःखको समयमा हाम्रो गढ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • परिवारलाई हानि गर्ने समस्याहरूसित तपाईं विजयी हुन सक्नुहुन्छ
    पारिवारिक आनन्दको रहस्य
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 ५/१ पृ. ३

पारिवारिक क्लेशको कारण के हो?

‘त्योअल्छी छे! त्यो एकदमै काम नलाग्ने गृहिणी छे!’ भन्दै बाब करायो।

‘यो कुरा बिल्कुलै साँचो होइन!’ जीनले उल्टो जवाफ दिइ। ‘मैले गर्न खोजेको कुनै पनि काम उसलाई मन पर्दैन। यस्तो कचकचे मान्छे ता मैले आजसम्म अरू कोही भेटेकै छैन।’

बाब र जीनको जीवनमा कुरा कहाँ गएर बिग्रियो?a तिनीहरूको विवाह भएको भरखरै चार महिना मात्र भएको थियो। तर अब त्यहाँ सङ्‌कटमय परिस्थिति खड़ा हुनै लागेको थियो। तथापि, यो समस्या तिनीहरूको मात्रै होइन, किनकि तथ्याङ्‌क अनुसार वैवाहिक अनबन जताततै छ। जानकारहरूका अनुसार, संयुक्‍त राष्ट्रमा हुने सबै नया विवाहहरूमध्य आधा पारपाचुकेमा टुङ्‌गिनेछ। अरू धेरै देशहरूबाट पनि त्यस्तै प्रकारका अन्धकारमय तथ्याङ्‌कहरू आउँछन्‌। तापनि, पारपाचुके ता हाम्रो यस दृश्‍यको एउटा भाग मात्र हो। अनगिनित सङ्‌ख्‌याहरूमा र अनेक कारणहरूले गर्दा, परिवारहरू क्लेशमा छन्‌।

पारिवारिक क्लेशका केही कारणहरू

परिवारमा क्लेशमय परिस्थितिहरू हुँदा बाल-बच्चाहरूमाथि त्यसको ठूलो प्रभाव पर्दछ। न्युजवीक पत्रिका भन्दछ: “बितेका दशकमा [संयुक्‍त राष्ट्रमा] जन्मेका एक तिहाइ केटा-केटीहरू, १८ वर्ष पुग्नु भन्दा अघि, सम्भवतः एउटा सौतेनी परिवारमा बस्नेछन्‌। आज हरेक चार जना केटा-केटीहरूमध्य एक जना, एकलो बाबु वा एकलो आमाद्वारा हुर्काइन्दैछन्‌। आज करीब २२ प्रतिशत केटा-केटीहरू विवाह नगरेका आमा-बाबुबाट जन्मिएका हुन्‌; ती मध्य एक तिहाईलाई, १३ र २० वर्ष वीचको उमेर भएकी आमाहरूले जन्म दिएका थिए।”

पारिवारिक क्लेशसँग सम्बन्धित एउटा कारणलाई उद्धृत गर्दै, बच्चाहरूको दुरूपयोगको जानकार, प्याट्रिक ग्यानन भन्दछन्‌: “वर्तमान सर्वेक्षणले देखाउँदछ, कि करोडौं मानिसहरू असाधारण ढङ्‌गमा सञ्चालित परिवारहरूमा हुर्किए जहाँ हिंसा, हाड़नाताकरणी, वा मतवालापनले गर्दा उठेको भावनात्मक दुरुपयोग जस्ता कुराहरू एउटा दैनिक वास्तविकता थियो।” यस प्रकारका कुराहरूको प्रभावमा परेका धेरै केटा-केटीहरू ठूला भए पछि आफै पनि पारिवारिक क्लेशबाट बाँच्न न सक्नु कुनै अचम्मको कुरा होइन।

कुनै कुनै विचारकहरूको सोंचाइ अनुसार, औद्यौगिक देशहरूमा आएका आर्थिक, सामाजिक, र नैतिक परिवर्तनहरूको हुरी नै पारिवारिक क्लेशको कारण हो। उदाहरणकालागि, बाहिर गएर काम गर्नेहरूका जमातमा अत्यधिक सङ्‌ख्‌यामा आइमाईहरूको प्रवेशले गर्दा, घरेलु भूमिका र जिम्मावारीहरू बीचको सामञ्जस्य मिलाउन तिनीहरूलाई असजिलो भएकोछ। आफूले बिर्सन लागेका सीपहरूमा आमाहरू हतार-हतार पुनः निपुण हुन खोज्छन्‌। बाबुहरू चाहिं दिक्क मान्दै घरको कामकाज सम्हाल्न बाध्य हुन्छन्‌ र छोरा-छोरीहरू डे-क्येर सेन्टरहरूमा (दिनभरि केटा-केटीको हेरचाह गरी दिने ठाउँ) रुँदै त्यहाँको जीवनमा आफूलाई मिलाउँछन्‌।

संसारभरि अनेक परिवारहरू अत्यधिक दबाउमा परेकाछन्‌। काम गर्ने आमा-बाबुहरूको दृष्टिमा, यो परिस्थिति “सधैं नै सङ्‌कटकालीन अवस्थामा बस्नु” जस्तो हो। यसैकारण त, हालसालै लिइएको एउटा सर्वेक्षणमा प्रश्‍न सोधिएका मानिसहरूका प्रायः आधा भागले भने कि ‘अमेरिकी परिवारहरू १० वर्ष अघि भन्दा आज झनै खराब अवस्थामा छन्‌।’ र परिस्थितिको सुधार होला भनी केहीले मात्र विश्‍वास गरे।

त्यसैकारण, टेलिभिजन र रेडियो कार्यक्रममा छलफल गरिने वार्ताहरूमा पारिवारिक क्लेशको विषय एउटा सँधै नै चलिरहने कार्यक्रम भएको छ। परिवार सम्बन्धी केही मात्रामा ठोस र व्यावहारिक सल्लाह दिने पुस्तकहरूलाई जनता खुबै रुचाउँछन्‌। ‘आपस्तमा खुलेर कुरा-कानी गर्नु’ वा ‘एक अर्काको भावनामा चासो लिनु’ भन्‍ने जस्ता नसिहतले केही हदसम्म मदत दिएता पनि, घरेलु समस्याहरूको वास्तविक कारणलाई ठिम्याउनु सक्‍तैन। तर सो काम आउने लेखले गर्नेछ र पारिवारिक क्लेशको कसरी मुकाबिला गर्ने हो, सो देखाउने छ। (w91 5/15)

[फुटनोट]

a गोपनीयताका निम्ति कल्पित नाम प्रयोग गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने