प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 १०/१ पृ. ३१
  • पूर्वीय युरोपबाट सुसमाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पूर्वीय युरोपबाट सुसमाचार
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • “बालकहरूका मुखबाट”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • प्रेमले परिवारहरूमा एकता ल्याउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 १०/१ पृ. ३१

राज्य प्रचारकहरूका रिर्पोट

पूर्वीय युरोपबाट सुसमाचार

पूर्वीय युरोपका ईश्‍वरतन्त्रीय क्षेत्रमा धेरै रोमाञ्कारी कुराहरू भइरहेका छन्‌। तीमध्ये एउटा विशेष घटना जाग्रेबमा भएको अन्तर्राष्ट्रिय सम्मेलन थियो। त्यो सम्मेलन १९९१ को, अगस्त १६-१८ सम्म कायम रह्‌यो। त्यहाँ ७,३०० जना साक्षीहरूले १५ राष्ट्रहरूबाट आएका भाइहरूलाई हार्दिक स्वागत गरे। जम्मा जम्मी, १४, ६८४ जना त्यहाँ उपस्थित थिए। अशान्तिले उथलपुथल पारेको त्यो देशमा यो सम्मेलन प्रेम र एकताको एउटा महान प्रदर्शन थियो!

पूर्वीय युरोपका साक्षीहरू अरूहरूलाई यहोवाको राज्यको सुसमाचार सुनाउन व्यस्त छन्‌। यो राज्य नै साँचो शान्तिको एक मात्र आशा हो भनेर तिनीहरू विश्‍वास गर्दछन्‌। देशका कुनै कुनै भागमा आफ्नो तटस्थता कायम राख्न तिनीहरूका लागि एउटा चुनौती हो। तथापि, मानिसहरू अक्सर सुन्‍ने गर्छन्‌ र त्यहाँका साक्षीहरूले थुप्रै असल अनुभवहरूको रिर्पोट पठाउँछन्‌।

एउटा सानो शहरमा त्यहाँको एक मात्र साक्षीबाट एउटी १६ वर्षीय केटीले सुसमाचार सुनिन्‌। नियमित रूपमा बाइबल अध्ययन सुरु गरियो। ती केटीले सच्चाइको मूल्याङ्‌कन गर्न लागिन्‌। तिनले सिकेका असल असल कुराहरू अरूहरूलाई पनि भन्‍ने ठूलो इच्छा तिनलाई भयो। तिनले आफ्ना सहपाठीहरू सित कुरा गर्ने कोशिश गरिन्‌ तर तिनीहरूले तिनको विरोध र खिसी गरे। एक जना सहपाठीले त तिनको धेरै नै विरोध गरे। तापनि यी केटीको धैर्य देखेर त्यो सहपाठी छक्क परिन्‌। किनभने, त्यतिका अपमानको सामना गर्नु पर्दा पनि बाइबलको यी जवान विद्यार्थी क्रोधित्‌ भइनन्‌। केही समयपछि, ती सहपाठीलाई अझ विस्तृत रूपमा साक्षी दिइयो। आफ्नो गलत प्रवृत्ति तिनले स्वीकार गरिन्‌। तिनीसित पनि बाइबल अध्ययन सुरु गरियो। यस पछि, बाइबलका पहिलो विद्यार्थी र तिनकी नयाँ साथी मिलेर अरूहरूलाई आफ्नो खुसी बाँड्‌न थाले। तिनीहरूका आमा-बाबु, शिक्षकहरू र सहपाठीहरूले विरोध गरे तापनि केही सीप लागेन।

ती दुई जना मिलेर साक्षी दिएको परिणामस्वरूप, तिनीहरूकी एउटी अर्की सहपाठीले पनि सच्चाइ स्वीकार गरिन्‌। अब त्यहाँ कक्षाभित्र तिनीहरू तीन जना भए। तीनै जना अरूहरूलाई मद्दत गर्ने कुरामा र आपसमा प्रेम देखाउने सम्बन्धमा असल उदाहरण थिए। समयमा, एउटी अर्की केटी पनि तिनीहरू सित लागिन्‌।

अब तिनीहरू चार जना स्कूलको आँगनको बेञ्चमा बसेर बाइबलका विषयहरू छलफल गर्द थिए। तर तिनीहरूको सङ्‌खया बढेको देखेर धेरै जना छक्क परे। तिनीहरूको असल आचरण देखेर एउटा अर्को कक्षाकी केटी पनि तिनीहरूको बाइबल अध्ययनमा सामेल भइन्‌। यी पाँच जना मिलेर अरू विद्यार्थीहरू र शिक्षकहरूलाई निरन्तर निम्त्याउने गरे। तर अर्कोतिर, ती केटीहरूले तिनीहरूका आमा-बाबुहरूबाट ठूलो विरोधको सामना गर्नु परे। तिनीहरूका आमा-बाबुहरूले ती केटीहरूलाई बाइबल अध्ययन बन्द गर्न लाउन धेरै नै कोशिश गरे। तिनीहरूले ती केटीहरूको बाइबल सम्बन्धी जम्मै साहित्य नष्ट गरी दिए र तिनीहरूसित दुर्व्यवहार गरे।

चासो देखाउने एक जना मात्र व्यक्‍तिसित सुरु भएको यो साक्षी दिने कामको परिणाम के भयो? एक जना केटीले १९९० को जिल्ला सम्मेलनमा बप्तिस्मा लिइन्‌। अरू चार जनाले चाहिं १९९१ को बसन्त ऋतुमा भएको सर्कट सम्मेलनमा बप्तिस्मा लिए। यो एउटा ठूलो हर्षको कारण थियो! आज, पाँचै जना केटीहरू नियमित अग्रगामी भएका छन्‌। जुन शहरमा यो घटना घट्यो, त्यहाँ हाल ११ जना प्रकाशकहरू छन्‌। तीमध्ये ८ जना अग्रगामी सेवकाईमा छन्‌।

यहोवाले उहाँका पूर्वीय युरोपका साक्षीहरूलाई आशिषका साथ साथै बल पनि दिनु हुँदैछ। संसारको यस क्षेत्रका इमान्दार व्यक्‍तिहरू बीच वृद्धिको ठूलो सम्भावना छ। (w92 7/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने