पाठकहरूका प्रश्नहरू
मसीहीहरूले पैसा दाउमा नलगाउने हुँदा के तिनीहरू इनाम जित्न सकिने खालका टिकट वा चिट्ठाचाहिं किन्न सक्छन्?
यो बराबर उठ्ने एउटा प्रश्न हो। त्यसकारण यसको छलफल हाम्रा प्रकाशनहरूमा गरिसकिएको छ। केही भाषाहरूमा वाच टावर पब्लिकेशन इन्डेक्स १९३०-१९८५ (र त्यस्तै १९८६-१९९० सम्मको पनि) जस्ता हाम्रा साहित्यका सूचिपत्रहरू हामीले उपलब्ध गराएका छौं। आफ्नो भाषामा यसप्रकारका सूचिपत्रहरू यदि एकजना मसीहीसित छ भने यसबाट तुरुन्त सन्तोषप्रद जवाफहरू फेला पार्नमा तिनीहरूले धेरै नै मदत पाउन सक्छन्।
माथि सोधिएको प्रश्न एउटा उदाहरण मात्र हो। “पाठकहरूका प्रश्नहरू” भन्ने शीर्षक अन्तर्गत १९३०-१९८५ को सूचिपत्रमा हेर्नुभयो भने त्यहाँ तपाईंले “‘चिठ्ठा,’ मसीहीले किन्नु हुन्छ कि हुँदैन?” भन्ने उप-शीर्षक भेट्टाउनु हुनेछ। पाठकलाई फेब्रुअरी १५, १९७३ को द वाचटावर-को पाना १२७a-मा दिइएको “पाठकहरूका प्रश्नहरू” हेर्नु भनेको पाउनु हुनेछ। कतिपय साक्षीहरूसित १९७३-को द वाचटावर-को सजिल्द खण्डहरू छन्। तर ती आफूसित छैन भने पनि राज्य-सभागृहको पुस्तकालयमा गएर ती हेर्न सक्नु हुन्छ।
मसीहीहरूले अवश्य पनि पैसा हालेर संयोगसित सम्बन्धित कुनै पनि चिठ्ठा किन्नु हुँदैन वा केही इनाम जित्नका लागि पनि पैसा दाउमा राख्नु हुँदैन भनी १९७३-मा छापिएको एउटा लेखमा छलफल गरिएको थियो। साधारण शब्दमा भन्ने हो भने हामीहरू जुवाबाट टाढा बस्छौं किनभने यो निश्चय पनि एक प्रकारको लोभको अभिव्यक्ति हो।
तर, कुनै पनि पसले वा व्यापारीले आफ्नो विज्ञापन गराउनका लागि चिठ्ठाको प्रयोग गर्न सक्तछ। एउटा व्यक्तिले केही नकिने तापनि एउटा कागतमा वा टिकटमा आफ्नो नाउँ लेखेर पठाइ दिए पुग्छ। यो चिठ्ठा विज्ञापनको एउटा तरिका हो। इनाम वा इनामहरू निष्पक्षतापूर्वक एउटा व्यक्तिले पाओस् भनेर यो व्यवस्था गरिएको हो। कुनै पसले वा व्यापारीले आफ्नो विज्ञापनको सिलसिलामा निश्शुल्क दिने नमूनाहरू वा उपहारहरू जसरी मसीहीहरूले स्वीकार गर्दछन्, त्यसैगरी जुवा नखेलिकनै चिठ्ठामा पाइने इनाम स्वीकार गर्नमा केही आपत्ति छैन भनी केही मसीहीहरू भन्न सक्तछन्।
तथापि, केही मसीहीहरू यस्ता कुराहरूबाट आफूलाई बिल्कुलै अलग राख्तछन् किनभने यस्तो नगर्दा केही भाइहरू अलमलमा पर्न वा ठेस खान सक्छन्। साथै तिनीहरू आफै पनि भाग्य देवीमाथि भरोसा गर्ने कुराको जालमा पर्न चाँहदैनन्। यशैया ६५:११-मा भनिएअनुसार परमेश्वरका सेवकहरू आफूलाई “भाग्य देव” वा “भावी देवी” सित कुनै सम्बन्ध राख्तैनन्। इनाम जित्नेहरूलाई विज्ञापन कार्यक्रमहरूमा समावेश गर्ने कुराहरूमा पनि तिनीहरू भाग लिने चाहना नगर्लान्। यस प्रकारको विचार राख्ने मसीहीहरूले ती मसीही वा मसीहीहरूको आलोचना गर्नु उचित हुने छैन जसको विवेकले यसप्रकारको चिट्ठामा सम्मिलित हुने अनुमति दिन्छ।—रोमी १४:१-४. (w93 6⁄15)
[फुटनोट]
a सोही विषय “विज्ञापन” “व्यापार” र “जुवा” शीर्षकहरूमनि पनि छलफल गरिएको छ। सूचिपत्र प्रयोग गर्न निपुण हुनु हुन्छ भने, आफूलाई चाहिएको विषय फेला पार्न सजिलो हुन्छ।