पाठकहरूका प्रश्नहरू
◼ चिट्ठा द्वारा उठेको पैसा परोपकारको निम्ति प्रयोग हुनेछ भनेर, कुनै मसीहीले मनोरञ्जन ठान्दै, चिट्ठामा पैसा लगाउनु उचित् होला र?
बाइबलले सुहाउँदो मनोरञ्जनको विरोध पटक्कै गर्दैन। किनभने यहोवा “आनन्दको परमेश्वर” हुनुहुन्छ। (१ तिमोथी १:११, NW) उहाँका मानिसहरूले संगीत, मर्यादित् नाच, परिमित खान र पिउनबाट र सम्तुलित् मात्रा मा खेल-कुदबाट पनि आनन्द उठाउन सक्छन्। (भजन १५०:४; उपदेशक २:२४) तर जुवा खेल्ने चलन चाहिं परमेश्वरको बुद्धिमतापूर्ण सल्लाहको ठीक विपरित् हुन्छ। र यही सिद्धान्त चिट्ठाहरू मा भाग लिने कुरामा पनि प्रयोग हुन्छ।
तर चिट्ठा वास्तवमा के हो? चिट्ठामा भाग लिंदा मानिसहरूले इनाम जित्न सकिएला कि भनेर टिकट किन्ने गर्छन्। र चिट्ठा झिकेर अथवा अरू कुनै संयोग पूर्ण रीतिले जित्ने मानिसहरू रोजिन्छन्।a अकसर, लाखौं डलर, पेसोस अथवा पाउन्डको एउटै ठूलो इनाम हुन्छ। यति ठूलो इनामले धेरैलाई आकर्षित् पारेको हुनाले, आज चिट्ठाले नै, “जुवाको सबै भन्दा प्रचलित् रूप धारण गरेको छ।” (दी वल्ड बुक एनसायक्लोपेडिया) लाखौं-करोड़ौं मानिसहरूले चिट्ठा द्वारा जुवा खेल्छन्।
तर चिट्ठाको दाम धेरै छैन, चिट्ठा किन्नेहरूले पनि त्यो आफ्नो स्वेच्छा साथ किनेका हुन् र चिट्ठाबाट उठेका पैसाको केही भाग परोपकारको निम्ति प्रयोग गरिन्छ भनेर चिट्ठामा भाग लिन खराब होइन भनेर कसै-कसैले विचार गरेकाछन्। तर यस प्रकारको सोचाई कतिको मनासिब छ?
कसै-कसैको विचारमा चिट्ठा किन्न, थोरै दाम जाने मनोरञ्जन भएता पनि, यसमा लोभ भन्ने कुरा छैन भन्न सकिन्दैन। मानिसहरूले चिट्ठामा पैसा लगाउँछन्, धेरै पैसा जित्ने आशा राख्दै। परमेश्वरको नियम बमेजिम हिड़न चाहने मानिसले यस प्रकारको अभिलाषा राख्नु मिल्दैन किनभने ईश्वरीय कानूनले लोभको विरोध गदर्छ। लोभी मानिस, “परमेश्वरको राज्यमा” प्रवेश गर्न न सक्ने समेत भनिएको छ। यसकारण, कुनै मसीहीले जुवा खेल्दै निरन्तर लोभ देखाएको खण्डमा, उसलाई मण्डलीबाट बहिष्कार गर्न सकिन्छ। (१ कोरिन्थी ५:११; ६:१०) बाइबलले एसो भन्दछ: “यदि तैंले हतार हतार गरी धन जमा गरिस भने, अन्तमा त्यसले तलाईं चैन दिनेछैन।” (हतोपदेश २०:२१) कुनै बेला, एउटा मसीहीलाई, चिट्ठामा, ‘दाउ छोप्नु’ मन लाग्यो भने, उसले गम्भीरतासाथ त्यो लाभ बारे सोचनु पर्छ, जसमा त्यो चिट्ठा आधारित् छ। मसीहीले लोभ भन्ने चीजलाई समर्थन गर्ने ठाउँ पटक्कै छैन, किनभने, एफिसी ५:३ मा हामीलाई एसो भनिएकोछ: ‘लोभको नाउँ समेत् पनि तिमीहरूबाट नलिओस्।
धेरै जसो गरीब मानिसका वर्गहरू चिट्ठामा भाग लिने गर्छन्। यसकारण चिट्ठाको टिकटको दाम थोरै भएता पनि— खाने कुरा, कपड़ा र औषधी उपचार जस्ता, पारिवारिक आवश्यक्ताहरूको निम्ति खर्च हुनु पर्ने पैसा त्यसमा जाने भयो। आफूलाई मसीही भन्ने तर आफ्नो परिवारका यी आवश्यकताहरूको हेर विचार नगर्ने व्यक्ति, “विश्वास नगर्नेहरू भन्दा पनि खराब हुन्छ।”—१ तिमोथी ५:८.
तर चिट्ठामा लगाएको रकमले, कसैको व्यक्तिगत् अथवा पारिवारिक अर्थिक अवस्थालाई केही हानी नगरेतापनि, यसबाट अरूहरूलाई पनि हानी हुँदैन भन्न सकिन्दैन। किन? किनभने चिट्ठा किन्ने प्रत्यक व्यक्ति जित्न चाहन्छ। र उसले पाउने पुरस्कार कहाँबाट आउने हो? दस पेसोस (स्पेनको पैसा) हालेर एउटा टिकट किनेर, दसलाख पेसोसको पुरस्कार स्वीकारने यो व्यक्तिले, अरू एक लाख मानिसहरूको टिकटको पैसा लैजानेछ। के यस प्रकारको काम, अरूहरूको धनको लोभ नगर्नु भन्ने ईश्वरीय शिक्षाको विपरित् होइन र? (व्यवस्था ५:२१) वास्तवमा, उसले पुरस्कार पाउनको निम्ति, एक लाख भन्दा धेरै नै बढ़ी टिकटहरूको बिक्री हुनुपर्छ। किनभने, टिकटको बिक्रीबाट आउने रकमको एउटा गतिलो भाग प्रशासन खर्चमा जान्छ र केही भाग चाहिं, चिट्ठाको सफाईमा पेश गरिने कुनै परोपकारको लागि दिइन्छ। यसकारण, कुनै एक जना व्यक्तिले सजिलै सँग दस पेसोस् खर्च गर्न सकेको भएता पनि, के यही कुरा टिकट किन्ने अरूहरूको विषयमा पनि भन्न सकिन्छ? साथै, उसले जितेर पुरस्कार पाएको खण्डमा, त्यसको धूम-धाम सँग प्रचार गरिन्छ र यसबाट अरू धेरै मानिसहरूले, आफ्नो आर्थिक अवस्थाले नदिए तापनि, चिट्ठामा पैसा हाल्ने प्रोत्साहन पाउछन्।
यस बाहेक, काम न गरिकनै पैसा जित्ने सपना पनि, चिट्ठा सँग बाँधिएको छ। हो, चिट्ठा भन्ने चीजले आलसीपनालाई प्रोत्साहन दिन्छ। तर बाइबलमा, परमेश्वरका मानिसहरूलाई मेहनती र परिश्रमी हुने सल्लाह दिइएको छ। सित्तैमा कुनै चीज प्राप्त गर्न खोज्ने विचारलाई बढ़ावा दिनुको सट्टा, बाइबलले एसो भन्छ: “कसैले यदि काम गर्दैन भनेता खाना पनि नखाओस्।”—२ थिस्सलोनिकी ३:१०; हितोपदेश १३:४; २०:४; २१:२५; १ थिस्सलोनिकी ४:९-१२.
अरूहरूले आफ्नै स्वेच्छा साथ चिट्ठमा भाग लिंदैछन् र यसलाई कानूनी मान्यता दिइएको छ भन्दैमा, मसीहीहरूको निम्ति पनि यो उचित् हो भन्न मिल्दैन। किनभने कति सरकारहरूले वेश्यावृति, एउटा भन्दा धेरै स्वास्नी राख्ने चलन र अन्य प्रकारको जुवालाई कानूनी मान्यता दिएका छन्। यी कुराहरू कानूनी हुन् र धेरै मानिसहरूले ती गर्दै छन् भन्दैमा, परमेश्वरको नजरमा पनि ती काम कुरा ठीक हुन सक्दैन। मसीहीहरूले यहाँ दाऊदको यो विचार अपनाउने कोशिश गर्छन्: “तपाईंको मार्ग मलाई देखाउनुहोस्, हे यहोवा [NW]। तपाईंको बाटो मलाई दिनुहोस्। तपाईंको सत्यतामा मेरो अगुवा हुनुहोस्, मलाई सिकाउनु होस्। किनकि तपाईंनै मलाई उद्धार गर्ने परमेश्वर हुनुहुन्छ।”—भजन २५:४, ५.
कुनै मसीहीले गरीब, अपाङ्ग अथवा वृद्धा मानिसहरूलाई मदद दिन चाहन्छन् भने, उसले यो काम, कुनै प्रकारको जुवा न खेलिकन, अवश्य गर्न सक्नेछ। (w89 7/15)
[फुटनोट]
a अक्सर यसलाई चिट्ठा कहलाएतापनि, कुनै कुनै बेला यस प्रकारको जुवालाई बाजी पनि भन्ने गर्छन्।