राज्य प्रचारकहरूको रिपोर्ट
एकजना जवान रेलवे सोखिनले सच्चाइ सिक्छन्
एक जना व्यक्तिको हृदय धार्मिकतातर्फ झुकेको छ भने यहोवा परमेश्वरले येशू ख्रीष्ट र स्वर्गमा भएका स्वर्गदूतहरूलाई चलाएर अन्ततोगत्वा त्यस्ता भेडाखालको व्यक्तिकहाँ राज्यको सुसमाचार निश्चय नै पुऱ्याउनुहुन्छ। समयमा त्यो व्यक्ति येशूको अनुग्रहपूर्ण दाहिने हातमा आउन पनि सक्छ। (मत्ती २५:३१-३३) रेलवेमा घुम्ने ठूलो सोख भएको अस्ट्रियाका एक जना जवान व्यक्तिको निम्ति यो कुरा सत्य साबित भयो। यी व्यक्ति एकदम अद्भुत ढङ्गमा सच्चाईसित परिचित भए।
रेलवे प्रशासनको अनुमति लिएर रेलगाडीको चालक छेऊमा बसेर घुम्नु यी जवान व्यक्तिको सोखको सबैभन्दा रोमाञ्चकारी कुरा थियो। घरमा गएर फेरि हेर्न सकियोस् भनेर तिनले प्रत्येक यात्राको भिडियो रेकर्ड गरे। भियेनादेखि साल्जवर्गसम्म यात्रा गर्दा त्यस रेलको चालक यहोवाका एक जना साक्षी थियो। यस मौकालाई त्यस चालकले सो रेलवेको सोखिनसित राज्यको सुसमाचार सुनाउन प्रयोग गरे। त्यस चालकले परमेश्वर र बाइबलको विषयमा कुरा गरेको देखेर सुरुमा त यस जवान मानिस छक्क परे। तर त्यस यात्राको दौडानमा तिनी चालकको कुराकानीमा भन्दा प्राकृतिक दृश्यहरू हेर्नमा तल्लीन भए।
यो यात्रा तिनलाई असाध्यै मन परेको हुनाले घरमा पुगेपछि यस जवान व्यक्तिले भिडियो रेकर्डिङ्ग एक चोटि होइन तर दश पटक हेरे। आवाज पनि रेकर्ड गरेको हुनाले त्यस साक्षीले भनेका कुराहरू तिनले बारम्बार सुने। जति बढी उनले सो भिडियो हेरे त्यति नै साक्षीले भनेको कुराबारे परिचित हुन थाले। तिनले यसबारे सोच्न थाले र अन्ततोगत्वा बाइबलमा प्रस्तुत गरिएको अद्भुत जानकारीमाथि तिनी उत्साहित भए। तिनी बढी कुराहरू जान्न चाहन्थे।
तिनले त्यस चालकको नाउँलाई सम्झे र तिनी भियेनामा बस्छिन् भन्ने कुरा तिनीलाई थाहा थियो। अतः तिनी पोस्ट अफिसमा गए र टेलिफोन डाइरेक्टरीमा त्यस नाउँ भएको सबैलाई फोन गर्न थाले। फोन उठाउने सबैलाई तिनले यो प्रश्न गर्थे: “के तपाईं रेल चालक हुनुहुन्छ?” यदि होइन भन्ने जवाफ दियो भने अर्को नम्बर घुमाउँथे। अन्ततोगत्वा तिनले त्यस चालकलाई फेला पारे। तिनले उनलाई आफ्नो कथा सुनाए र भिडियोमा सुनेको बाइबलमा आधारित समाचारप्रति आफ्नो चासो व्यक्त गरे।
ती साक्षीले शाखा कार्यालयद्वारा तिनको घर नजिकै बस्ने कसैले तिनकहाँ पुनः भेट गर्न प्रबन्ध मिलाए। संजोगवश त्यस स्थानीय मण्डलीमा एक जना साक्षी पनि रेलगाडी चालक नै थिए। यस दोस्रो रेलगाडी चालकले त्यस रेलको सोखिनलाई भेटे र बाइबल अध्ययन सुरु गरे। सन् १९९१-को ग्रीष्म कालमा यस जवान मानिसले बप्तिस्मा लिए।
सबैको हृदय जाँच्नु हुने, यहोवाले यस मानिसको धार्मिकताप्रति साँचो प्रेम देख्नुभएको हुनुपर्छ। यसर्थ, यस जवान मानिसलाई एक अद्भुत ढङ्गमा भए तापनि बाइबलमा भएको सच्चाईसित सम्पर्क गराइदिनुभयो।—१ इतिहास २८:९; यूहन्ना १०:२७.