प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 ६/१ पृ. ३०
  • परमेश्‍वर पक्षपाती हुनुहुन्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वर पक्षपाती हुनुहुन्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • सतावटको बाबजुद यहोवाको सेवा गर्न पाएकोमा कृतज्ञ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • कर्निलियसमाथि पवित्र शक्‍ति खन्याइन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यहोवा “पक्षपाती हुनुहुन्‍न”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 ६/१ पृ. ३०

राज्य प्रचारकहरूको रिपोर्ट

परमेश्‍वर पक्षपाती हुनुहुन्‍न

आजभन्दा १,९०० वर्षअघि प्रेरित पत्रुसले पल्टनका कप्तान कर्नीलियसलाई यसो भन्दै साक्षी दिए: “साँच्चिनै म देख्तछु, कि परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) कर्नीलियसले परमेश्‍वरको डर राखे र धार्मिकताप्रति प्रेम प्रदर्शित गरे। पत्रुसले दिएको साक्षीलाई तिनले स्वीकारे र मसीही भए।

आज पनि त्यही सिद्धान्त लागू हुन्छ—परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। जर्मनीको एउटा उदाहरणबाट हामी यो बुझ्न सक्छौं। त्यस रिपोर्टले यसो भन्छ:

“हाम्रो मण्डलीको क्षेत्रमा रूसी सिपाहीहरूको एउटा ठूलो ब्यारेक छ। सन्‌ १९८९ मा बर्लिन पर्खाल ढालिएको केही समयपछि रूसी भाषा जान्‍ने प्रकाशकहरू कोही छन्‌ कि भनी प्राचीनहरूले सोधपूछ गरे। हामीमध्ये कसै कसैलाई रूसी भाषा आउँथ्यो र हामी त्यस क्षेत्रमा प्रचार गर्न गयौं जुन साँच्चै नै आनन्ददायी साबित भयो। थुप्रै अनुभवहरूमध्ये निम्न एक हो।

“त्यहाँको कमान्डरसित कुरा गर्दा मसित एक जना बप्तिस्मा अप्राप्त प्रकाशक (अहिले तिनले बप्तिस्मा लिइसके) थिए। कमान्डरले हाम्रो कुरालाई ध्यानपूर्वक सुने र तिनका सिपाहीहरूसित कुरा गर्ने निम्तो दिए। तिनीहरूले परमेश्‍वर र बाइबलबारे थाहा पाउनै पर्छ भनी कमान्डरले भने। त्यसकारण हामीले पुनःफर्केर आउने प्रबन्ध मिलायौं।

“रूसी भाषा फर्रर बोल्न सक्ने एउटी बहिनीलाई दोभासेको काम गर्न हामीसित जान आग्रह गऱ्‍यौं। ब्यारेकको पाहुना घरमा हामीले एउटा साहित्य टेबुल खडा गऱ्‍यौं र ६८ जना सिपाहीसित कुरा गर्न तथा तिनीहरूका प्रश्‍नहरूको उत्तर दिन पायौं। त्यसपश्‍चात्‌ तिनीहरूले खुशीसाथ ३५ वटा पुस्तक र झन्डै १०० वटा पत्रिका लिए। हामीले त्यस भेट्‌ने स्थान छोड्‌न लाग्दा साहित्यबारे छलफल गरिरहेका साना झुन्डहरू देख्यौं।

“जुलाई ४, १९९२ को दिन पुनःफर्किन हामीले समय मिलायौं। बिहान १०:५० मा त्यहाँ पुग्दा सिपाहीहरू कुरिरहेका छन्‌ भनी ब्यारेकको पालेले हामीलाई भन्यो। एक जना मेजरले हामीलाई पाहुना घरसम्म पुऱ्‍याइदिए र त्यहाँ हामीले त्यहाँकी पुस्तकालयध्यक्ष देख्यौं जसले पहिलेनै पुस्तकालयमा राख्न हाम्रा साहित्यहरू लिइसकेकी थिई। तिनले ब्यारेकमा पोस्टरहरू टालेर हाम्रो आगमनबारे घोषणा गरिसकेकी थिई। तीन जना भाइहरूले हाम्रो विश्‍वव्यापी कार्य र हामी बाइबलमा किन विश्‍वास गर्न सक्छौं भन्‍ने विषयमा छोटो भाषणहरू दिए। त्यसपछि बाइबलबाट हामीले तिनीहरूका प्रश्‍नको उत्तर दियौं। सोधिएका प्रश्‍नहरूमध्ये एउटा यस्तो थियो, सैन्य सेवासम्बन्धी यहोवाका साक्षीहरूको अडान कस्तो छ र के यहोवाका केही साक्षीहरू सिपाही छन्‌? मसँगै गएको बप्तिस्मा अप्राप्त प्रकाशकले यस प्रश्‍नको उत्तर दिने मौका पाए। किनभने तिनी २५ वर्षसम्म पूर्वी जर्मनीको सेनामा थिए र अन्तिम वर्षहरूमा तिनले वायुसेनाका कप्तानको हैसियतमा सेवा गरेका थिए। तिनले कसरी परमेश्‍वर र बाइबलबारे सुने र अब तिनी यहोवाको साक्षी बन्‍न चाहन्छन्‌ भनी बताए। यो सुनेर सिपाहीहरू प्रभावित भए। सात मिनेटभित्र हामीले लगेका सबै साहित्यहरू सिपाहीहरूको हातमा पऱ्‍यो र थुप्रैले बाइबल चाहन्थे। किताब पसलबाट हामीले सात वटा रूसी बाइबल पाउन सक्यौं र ती पाएर सिपाहीहरू रमाए। यी आध्यात्मिक तवरमा भोका व्यक्‍तिहरूलाई बाइबलसम्बन्धी जानकारी दिन पाउनु साँच्चै आनन्ददायी थियो। आशा छ, तिनीहरूले त्यसअनुसार काम गर्नेछन्‌।”

साँच्चै नै, परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। जोसुकै र जहाँसुकै भए पनि सोझा हृदय भएकाहरूलाई आफ्नो वचनद्वारा उहाँले आकर्षित गर्नुहुन्छ। उहाँ र उहाँको पुत्र, येशू ख्रीष्टबारे सिक्न यहोवाले आह्वान गर्नुहुन्छ र जीवनका हर क्षेत्रबाट थुप्रै मानिसहरूले त्यसो गरिरहेका छन्‌।—यूहन्‍ना १७:३. (w94 6/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने