अब्राहाम यहाँ गाडिएको, यद्यपि जिउँदै?
शताब्दीयौंदेखि यहूदी, मुस्लिम र मसीहीहरूले यस ठाउँसम्म यात्रा गरेका छन्।
यरूशलेमको दक्षिणतिर हेब्रोन भन्ने प्राचीन शहरमा यो हेर्न तपाईं जान सक्नुहुन्छ। यस आकृतिलाई हरेम अल खलेल र कूलपिताहरूको चिहान दुवै भनिन्छ। हो, अब्राहाम, इसहाक र याकूबका साथै तिनीहरूकी पत्नीहरू क्रमशः सारा, रिबेका र लेआ पनि त्यहीं गाडिएका थिए भनी धेरैले मानेका छन्।
आफ्नी प्यारी पत्नी साराको मृत्यु हुँदा अब्राहामले चिहानको रूपमा हेब्रोन नजिकै मक्पेलामा एउटा ओडार र केही जमीन किनेको विवरण बाइबलमा सम्झनुहोस्। (उत्पत्ति २३:२-२०) पछि, अब्राहाम साथै परिवारका अन्य सदस्यहरू पनि यहीं गाडिए। शताब्दीयौंपछि यस परम्परागत चिहान वरिपरि महान हेरोदले एउटा चित्ताकर्षक भवन बनाए। पछि गएर विजेताहरूले आफ्नै धार्मिक विश्वासहरू झल्किने भवन बनाउन त्यसलाई हेरफेर गरेर ठूलो बनाए।
त्यहाँ प्रवेश गर्दा तपाईंले छ वटा स्मारक (स्तम्भ अथवा खाली चिहानहरू) देख्नुहुनेछ। भित्री चित्रले अब्राहामको पुत्र इसहाकको चिहान देखाउँछ। त्यसको छेउको भुईंमा प्वालहरू छन् जुन जमिनमुनि हेर्न प्रयोग गरिन्छ। त्यहाँ थुप्रै प्राचीन अस्थिहरू भएका कोठाहरू अन्वेषकहरूले भेट्टाएका छन्।
अब्राहाम नि? यस स्थलमुनिको ओडारमा तिनलाई गाडिएको थियो भने तिनी मरेको त धेरै भइसक्यो, होइन र? धेरै आगन्तुकहरूले यस कुरालाई समर्थन गर्नेछन्। यद्यपि अब्राहामभन्दा महान अगमवक्ताले तिनी खास अर्थमा अहिलेसम्म जीवित छन् भन्नुभयो। कसरी? यसले तपाईंको विश्वासमा कस्तो प्रभाव पार्न सक्छ?
“तपाईंको मृत प्रिय जनहरू—के तपाईंले तिनीहरूलाई फेरि देख्नुहुनेछ?” भन्ने विषयमा तपाईं थप जानकारी चाहनुहुन्छ अथवा यस्तो जानकारी दिन कोही तपाईं कहाँ आएको चाहनुहुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410401, Mah., India यस जानकारी तपाईं र तपाईंको परिवारको निम्ति अमूल्य हुन सक्छ।