प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 १/१५ पृ. ३
  • जीवन तपाईंको लागि कत्तिको मूल्यवान छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन तपाईंको लागि कत्तिको मूल्यवान छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • एउटा विश्‍वव्यापी समस्या
    ब्यूँझनुहोस्‌!—२००१
  • आत्महत्या—जवानहरूमाझ व्याप्त पीडादायी समस्या
    ब्यूँझनुहोस्‌!—१९९८
  • मानिसहरू जीवनदेखि किन हरेस खान्छन्‌
    ब्यूँझनुहोस्‌!—२००१
  • तपाईं मदत पाउन सक्नुहुन्छ
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 १/१५ पृ. ३

जीवन तपाईंको लागि कत्तिको मूल्यवान छ?

अपार्टमेन्ट भवनको आठौं तल्लाबाट हाम्फालेर एक किशोरले आफ्नो जीवन अन्त्य गरे। अग्लो उचाइबाट हाम्फालेर गरिने आत्महत्या “पीडा, अप्ठ्यारोपन वा डरबाट मुक्‍त हुन्छ; बरु त्यसो गर्नु रमाइलो हुन्छ” भनी बयान गरेको एउटा पुस्तक उनले पढेका थिए। जापानमा प्रकाशित यस पुस्तकका लेखकले “जीवनका छनौटहरूमध्ये आत्महत्या एक हो” भनी प्रस्तुत मात्र गरेको दाबी गरे।

आज जीवनप्रति बेवास्ता देखाउने मानिसहरू आत्महत्या गर्नेहरू मात्र होइनन्‌। लापरवाहीसित मोटर हाँक्ने चालकहरूले पनि जीवनप्रति कम आदर देखाउँछन्‌। अन्ततः मृत्युको मुखमा पुग्ने गरी केही चालकहरू मद्यपान सेवन गरेर मोटर हाँक्छन्‌।

कतिपयले जीवनलाई कत्तिको मूल्यवान ठान्छन्‌ भन्‍ने कुरा तिनीहरूले सुखविलासमा दिने महत्त्वबाट प्रकट हुन्छ। धूम्रपान गर्नाले मृत्यु हुन सक्ने हुँदा त्यसलाई सुस्त आत्महत्या भने तापनि धूम्रपान गर्नेहरू त्यो बानी छोड्‌न चाहँदैनन्‌। लैगिंक कामुकताले वशीभूत यस संसारमा शुद्धता कायम गर्नुको सट्टा धेरैले प्रायजसो मृत्युतर्फ लैजाने छाडा जीवनशैली पछ्याउँछन्‌।

कोही भने घिचुवा, मतवाला, व्यायामको अभाव र सुखविलासको पछि लागेर चालै नपाइकन आफ्नो आयु घटाउँछन्‌। जापानी ग्रन्थकार शिन्या निशिमारूले यस्तो चेताउनी दिए: “खानपिनको अनियन्त्रित बानीले शारीरिक प्रक्रियाहरूलाई गोलमाल गर्छ र सुविधा तथा सुखविलास मात्र खोज्नाले मानिसहरूको बललाई शिथिल तुल्याइदिन्छ।” कोहीले भने पुरातन समयका ती व्यक्‍तिहरूको दृष्टिकोणलाई समर्थन गर्छन्‌ जसले यसो भनेका थिए: “लौ, खाऔं र पियौं, किनकि भोलि ता हामी मर्नेछौं।”—यशैया २२:१३; १ कोरिन्थी १५:३२.

हो, आज जीवनप्रति जताततै बेवास्ता गरिन्छ। यसर्थ, यो प्रश्‍न गर्नु उपयुक्‍त होला: जीवन तपाईंको लागि कत्तिको मूल्यवान छ? के हर हालतमा जीवनको संरक्षण गर्नुपर्छ? अनि हाम्रो वर्तमान जीवनभन्दा मूल्यवान अरू केही छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने