प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १०/८ पृ. ४-५
  • आत्महत्या—जवानहरूमाझ व्याप्त पीडादायी समस्या

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आत्महत्या—जवानहरूमाझ व्याप्त पीडादायी समस्या
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वव्यापी समस्या
  • एउटा विश्‍वव्यापी समस्या
    ब्यूँझनुहोस्‌!—२००१
  • मानिसहरू जीवनदेखि किन हरेस खान्छन्‌
    ब्यूँझनुहोस्‌!—२००१
  • आत्महत्या—लुकेको महामारी
    ब्यूँझनुहोस्‌!—२०००
  • आशा र प्रेम हराउँदा
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १०/८ पृ. ४-५

आत्महत्या—जवानहरूमाझ व्याप्त पीडादायी समस्या

हाम्रा युवावर्गलाई सखाप पार्न युद्ध, हत्या र अत्याचार मात्र पर्याप्त नभए जस्तैगरि आज युवा आत्महत्याको रूपमा आत्म-विनाश फैलिंदैछ। लागूपदार्थ र मदिराको कुलतले युवावर्गहरूको मन अनि शरीरलाई बिगार्छ, जसको फलस्वरूप युवाहरूको थुप्रै मृत्यु भएको छ। ओ.डी-को शिकार अर्थात्‌ जानाजानी वा संयोगवश अधिक मात्रामा लागूपदार्थको सेवन गर्दा मृत्यु भएको भनी थुप्रै मानिसहरूले चिहानमा लेख्न थालेका छन्‌।

अप्रिल २८, १९९५ को रोगको प्रकोप तथा मृत्यु दरको साप्ताहिक प्रतिवेदन-ले (अंग्रेजी) “अमेरिकामा १५-१९ वर्षे युवायुवतीहरूको मृत्युको तेस्रो मुख्य कारण आत्महत्या हो” भन्यो। मस्तिष्कको दशक-मा (अंग्रेजी) डा. जे.जे. म्यान लेख्छन्‌: “प्रत्येक वर्ष ३०,००० [१९९५ मा यो संख्या ३१,२८४ थियो] अमेरिकीहरूले आत्महत्या गर्छन्‌। दुःखको कुरा, आत्महत्या गर्नेहरू साधारणतया युवाजनहरू नै हुन्छन्‌ . . . ती ३०,००० जनाभन्दा दस गुना बढीले आत्महत्या गर्ने प्रयास गर्छन्‌ तर बच्छन्‌। . . . आत्महत्या गर्ने खतरा भएका व्यक्‍तिलाई चिन्‍नु चिकित्साजगत्‌को लागि एकदमै ठूलो चुनौती हो किनभने अत्यन्तै उदास भएकाहरूमध्ये कसले आत्महत्या गर्ने प्रयास गर्छन्‌ र कसले गर्दैनन्‌, चिकित्सकहरूले सजिलै छुट्याउन सक्दैनन्‌।”

स.रा.अ., कनेटिकट्‌स्थित न्यु मिल्फोर्ड हस्पिटलका मानसिक रोगसम्बन्धी प्रमुख चिकित्सक सिमन सोबोले टिप्पणी गरे: “मैले यहाँ काम गरेको १३ वर्ष भइसक्यो तर यस वसन्तमा [१९९५] जस्तो धेरैले आत्महत्या गर्ने प्रयास गरेको मैले देखेको छैन।” संयुक्‍त राज्यमा वर्षेनी हजारौं किशोरकिशोरीहरूले आत्महत्या गर्ने प्रयास गर्छन्‌। आत्महत्याका ती हर प्रयासहरू मदत र हेरचाहका निम्ति पुकार हुन्‌। कामकुरा बिग्रनुअघि नै तिनीहरूलाई मदत गर्ने के कोही होला?

विश्‍वव्यापी समस्या

संसारको अन्य थुप्रै भागमा पनि परिस्थिति यस्तै छ। इन्डिया टुडे-अनुसार भारतमा १९९० सालमा लगभग ३०,००० युवाहरूले आत्महत्या गरे। इजरायल, क्यानाडा, थाइल्याण्ड, नेदरल्याण्ड, न्युजील्याण्ड, फिनल्याण्ड, फ्रान्स, स्पेन र स्वीजरल्याण्डमा जवानहरूको आत्महत्याको दर बढेको छ। न्युजील्याण्ड, फिनल्याण्ड, रुस, लाट्‌भिया, लिथुआनिया र स्लोभेनियामा आत्महत्या गर्ने युवाहरूको संख्या सबैभन्दा धेरै छ भनेर संयुक्‍त राष्ट्र संघीय बालकोषको (युनिसेफ) १९९६ प्रतिवेदनले बताउँछ।

संसारको सबैभन्दा बढी युवा आत्महत्या हुने देशहरूमध्ये अस्ट्रेलिया पनि एक हो। द क्यानबेरा टाइम्स अखबारको रिपोर्टअनुसार १९९५ मा भएको युवकहरूको कुल मृत्युमध्ये २५ प्रतिशत र युवतीहरूको कुल मृत्युमध्ये १७ प्रतिशत आत्महत्या थियो। अस्ट्रेलियामा “सफल” आत्महत्याको दर केटीहरूमा भन्दा केटाहरूमा लगभग पाँच गुना बढी छ। धेरैजसो देशहरूमा त्यस्तै अनुपात पाइन्छ।

के यसको अर्थ केटीहरूले भन्दा केटाहरूले बढी आत्महत्या गर्ने प्रयास गर्छन्‌ भनेको हो त? त्यसो भनेर किटान गर्न मिल्दैन। प्राप्त तथ्यांकहरूले आत्महत्या गर्न खोज्ने केटा र केटीहरूको संख्यामा खासै भिन्‍नता देखाउँदैन। तथापि, “विश्‍व स्वास्थ्य संघको (डब्ल्यु एच ओ) हालैको तथ्यांकअनुसार औद्योगिक राष्ट्रहरूमा जवान पुरुषहरूभन्दा चार गुना बढी जवान महिलाहरूले आत्महत्या गर्छन्‌।”—युनिसेफ-द्वारा प्रकाशित राष्ट्रहरूको उन्‍नति (अंग्रेजी)।

तर यी कहालीलाग्दा तथ्यांकहरूले समेत यस समस्याको पूर्ण जानकारी दिन्छ भन्‍ने छैन। अचम्मलाग्दो कुरा, चिकित्सा र विश्‍लेषणात्मक तवरमा व्यक्‍त गरिएका युवाहरूको आत्महत्याको तथ्यांकहरू बुझ्न सजिलो छ। तथापि, प्रत्येक भावहीन तथ्यांकले परिवारका बाँकी सदस्यहरू विचलित हुनुका साथै मृत्युका कारणहरू खोज्दा हृदयविदारक चोट, दुःख, पीडा अनि निराशाको गहिरो छाप छोडेको हुन्छ भनेर बताउनसक्दैन।

तसर्थ, के युवा आत्महत्याजस्ता दुःखहरू रोक्न सकिन्छ? कतिपय आत्महत्याका मुख्य कारणहरू पत्ता लगाइएका छन्‌ र यी कारणहरू दुःखद्‌ स्थिति हटाउन मदतकारी साबित हुनसक्छन्‌।

[पृष्ठ ५-मा भएको पेटी]

आत्महत्या गर्न उक्साउने तत्त्वहरू

आत्महत्या गर्न उक्साउने कारणहरूबारे थुप्रै सिद्धान्तहरू छन्‌। “एकाकीपन, प्रियजनको मृत्यु (विशेषगरि पति तथा पत्नी), टुक्रिएको परिवारमा हुर्केको, गम्भीर स्वास्थ्य समस्या, बुढ्यौली, बेरोजगारी, आर्थिक समस्या तथा लागूपदार्थको दुर्व्यसनजस्ता कारणहरूले मानिसहरू आत्महत्या गर्छन्‌।”— दी अमेरिकन मेडिकल असोसिएसन इन्साइक्लोपीडिया अफ मेडिसिन।

समाजशास्त्री एमिली डर्खिमअनुसार मुख्यतः आत्महत्या चार प्रकारका छन्‌:

१. अहम्‌वादी आत्महत्या—यो “समाजमा घुलमिल हुन नसक्नुको परिणाम हो। अहम्‌वादी आत्महत्या गर्नेहरू न समाजसित सम्बन्धित हुन्छन्‌ नता समाजमाथि निर्भर नै हुन्छन्‌।” तिनीहरू एकलकाँटे हुन्छन्‌।

२. निस्वार्थ भावनाले गरिने आत्महत्या—“व्यक्‍तिविशेष कुनै समूहमा बढ्‌तै सम्मिलित हुन्छ र अत्यन्तै ठूलठूला त्यागहरू गर्न पनि तयार हुन्छ।” उदाहरणका लागि, दोस्रो विश्‍वयुद्धका जापानी कमिकाजी विमानचालकहरू र धार्मिक उग्रवादीहरूलाई लिन सकिन्छ। ती आफ्ना तथाकथित शत्रुहरू मार्न ज्यानसमेत दिन तयार थिए। अर्को उदाहरण हो, आन्दोलनप्रति अरूको ध्यान खिच्न आत्मदाह गरेर मर्नेहरू।

३. निराशाको कारण गरिने आत्महत्या—“निराशाको कारण आत्महत्या गर्ने व्यक्‍तिहरू आफ्नो सोचविचार चलाएर समस्या सुल्झाउन सक्षम हुँदैनन्‌ र समाधानको रूपमा आत्महत्या गर्छन्‌। समाजसित गर्दै आएको सरसंगति अचानक आघात पुग्नेगरि फेरबदल हुँदा [यो] हुन्छ।”

४. सांघातिक आत्महत्या—यो “व्यक्‍तिविशेषको मौलिक स्वतन्त्रतालाई दबाउने अत्यधिक सामाजिक नियमहरूको कारण हुन्छ भन्‍ने सोचाइ छ।” यस्तो आत्महत्या गर्नेहरूले “आफ्नो भविष्य अन्धकार देख्छन्‌।”—एलन एल. बर्मन र ए. जोब्जद्वारा लिखित वयस्क आत्महत्या: परीक्षण र हस्तक्षेप (अंग्रेजी)।

[पृष्ठ ५-मा भएको चित्र]

युवा आत्महत्या गराउने कतिपय हानिकारक बानीहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने