प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ३/८ पृ. ३-४
  • आत्महत्या—लुकेको महामारी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आत्महत्या—लुकेको महामारी
  • ब्यूँझनुहोस्‌!—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तथ्यांकले के देखाउँछ
  • अत्यन्त कुशल
  • आत्महत्या—जवानहरूमाझ व्याप्त पीडादायी समस्या
    ब्यूँझनुहोस्‌!—१९९८
  • एउटा विश्‍वव्यापी समस्या
    ब्यूँझनुहोस्‌!—२००१
  • मानिसहरू जीवनदेखि किन हरेस खान्छन्‌
    ब्यूँझनुहोस्‌!—२००१
  • बाँच्ने इच्छा पाइयो
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 ३/८ पृ. ३-४

आत्महत्या—लुकेको महामारी

जोन र मेरीa ६० वर्ष पुग्नै लागेका छन्‌ र तिनीहरू संयुक्‍त राज्यको गाउँमा एउटा सानो घरमा बस्छन्‌। जोन एम्फाइसेमा र मुटुले राम्ररी काम नगरेको हुँदा बिस्तारै बिस्तारै मृत्युको मुखमा पुग्दैछन्‌। जोनबिनाको जीवन मेरी कल्पनासमेत गर्न सक्दिनन्‌ र जोनले यसरी एक मुठी सासको लागि संघर्ष गर्नुपरेको देखेर उनी छटपटाउँछिन्‌। मेरी आफै पनि बिरामी छिन्‌ र वर्षौंदेखि उदासीनताको सिकार भएकी छिन्‌। मेरीले आत्महत्या गर्ने कुरा गरिरहेकी हुनाले जोन चिन्तित हुन थालेका छन्‌। उदासीनता र लिनुपर्ने औषधीहरूका कारण मेरीको सोचविचार झन्‌ झन्‌ गोलमाल भइरहेको छ। उनी आफू एक्लिनुपर्ने कुरा सोच्नसमेत नसक्ने बताउँछिन्‌।

घरभरि मुटुको लागि, उदासीनताको लागि अनि निद्रा लाग्ने औषधीहरू छन्‌। एकदिन बिहान सबेरै मेरी भान्छामा जान्छिन्‌ र धमाधम औषधीहरू निल्न थाल्छिन्‌। जोन उनलाई भेट्टाउँछन्‌ र औषधी खोसेर मिल्काइदिन्छन्‌। तिनी उद्धारकर्मीलाई बोलाउँछन्‌ किनकि मेरी आफ्नो होस हराउँदैछिन्‌। उनलाई केही नहोस्‌ भन्दै तिनी प्रार्थना गर्छन्‌।

तथ्यांकले के देखाउँछ

धेरैभन्दा धेरै जवानहरूले आत्महत्या गर्न थालेको विषयमा हालैका वर्षहरूमा थुप्रै लेखहरू लेखिएका छन्‌। हुन पनि लाऊँलाऊँ र खाऊँखाऊँ भन्‍ने उमेरका जवानहरूको असामयिक मृत्युभन्दा बढी दुःखदायी घटना के पो होला र? यद्यपि, धेरैजसो मुलुकहरूमा बुढ्यौलीले छोएका व्यक्‍तिहरूमा पनि आत्महत्या गर्ने दर अकासिंदै गएका घटनाहरूले भने शीर्ष समाचारको ठाउँ ओगट्‌नसकेका छैनन्‌। तलको पेटीमा देखाइएअनुसार कुनै मुलुकमा आत्महत्याको दर बढी वा कम भए तापनि वृद्ध व्यक्‍तिहरूको आत्महत्याको सन्दर्भमा भने माथि भनेझैं भइरहेको छ। यी तथ्यांकहरूलाई सरसरती हेर्दा विश्‍वभरि व्याप्त यो लुकेको महामारी पनि छर्लंग हुन्छ।

सन्‌ १९९६ मा यु.एस. सेन्टर्स फर डिजिज कन्ट्रोलको प्रतिवेदनअनुसार ६५ वर्ष र त्यसभन्दा माथिकाहरूको आत्महत्याको संख्या १९८० देखि यता ३६ प्रतिशतले बढेको छ! वृद्ध अमेरिकीहरूको संख्या बढेकोले यो संख्यामा वृद्धि भएको भए तापनि कारण यही एउटा मात्र होइन। सन्‌ १९९६ मा ६५ वर्षमाथिकाहरूको आत्महत्याको दर विगत ४० वर्षको तुलनामा पहिलो पटक ९ प्रतिशतले बढेको पाइयो। दुर्घटनाको कारण हुने मृत्युहरूमा चाहिं लडेर वा सवारी दुर्घटनामा परेर धेरैभन्दा धेरै वृद्ध अमेरिकीहरूको मृत्यु भएको पाइन्छ। वास्तवमा, यो बढ्‌दो संख्यासमेत निकै कम हुनसक्छ। “मृत्यु-दर्ता प्रमाणपत्रको आधारमा तयार पारिएको तथ्यांकले गर्दा पनि आत्महत्याको कुल संख्या एकदमै कम देखिएको हुनसक्छ,” भनी अ ह्‍याण्डबूक फर द स्टडी अफ सुसाइड उल्लेख गर्छ। उक्‍त पुस्तकअनुसार कसै कसैको विचारमा वास्तविक तथ्यांक रिपोर्ट गरिएको तथ्यांकभन्दा दुई गुणा बढी हुनसक्छ।

अनि यसको परिणाम? अन्य थुप्रै मुलुकहरूजस्तै संयुक्‍त राज्यले पनि ज्येष्ठ नागरिकहरूले गर्ने आत्महत्या जस्तो लुकेको विश्‍वव्यापी महामारी भोग्नु परिरहेको छ। यस विषयमा विशेषज्ञ डा. हर्बर्ट हेन्डिन उल्लेख गर्छन्‌: “संयुक्‍त राज्यमा आत्महत्या गर्ने दर अक्सर उमेरसँगसँगै बढे तापनि वृद्धहरूले गरेका आत्महत्या त्यति प्रकाशमा ल्याइएको छैन।” किन? वृद्ध आत्महत्या दरको वृद्धि जारी नै भएकोले “जवानहरूको आत्महत्यामा भएको एक्कासी वृद्धिको तुलनामा वृद्धहरूको आत्महत्याले खासै प्रभाव नपारेकोले” पनि त्यसो भएको हुनसक्छ भनी तिनी भन्छन्‌।

अत्यन्त कुशल

यी तथ्यांकहरू झट्‌का लगाउने खालका भए तापनि यिनले तथ्यांकपछाडि लुकेका पीडा झल्काउन सक्दैनन्‌। आफूले माया गरेको लोग्ने वा स्वास्नीबिनाको जीवन, बिना उद्देश्‍यको एक्लो जीवन, रोगबिमारले गर्दा जीर्ण हुँदै गएको शरीरको सामना गर्नुपर्दाको नैराश्‍य, दीर्घकालीन उदासीनताको कारण व्याप्त दुःख अनि एकाकीपन, घातक रोगको कारण हराएको आशा, ती तथ्यांकहरूले प्रकट गर्नसक्दैनन्‌। तीतो सत्य के छ भने, जवानहरू क्षणिक समस्याको कारण आँखै नहेरी आत्महत्या गर्ने प्रयास गर्छन्‌ भने वृद्धहरूले अक्सर टाल्न नसकिने जस्तो समस्याको कारण वा समाधानै नपाएर आत्महत्या गर्छन्‌। त्यसकारण, आत्महत्या गर्ने तिनीहरूको अठोट जवानहरूको भन्दा पक्कै अनि अत्यन्त कुशल हुन्छ।

“वृद्धहरूले गर्ने आत्महत्या उल्लेखनीय तवरमा वृद्धि भइरहेको छ तर जवान र वृद्धहरूले गर्ने आत्महत्याबीच ठूलो भिन्‍नता पनि छ” भनी डा. हेन्डिन आफ्नो पुस्तक सुसाइड इन अमेरिका-मा बताउँछन्‌। “विशेष गरी आत्महत्या गर्ने प्रयास र आत्महत्याको अनुपात वृद्धहरूमा अत्यन्तै स्पष्ट देखिन्छ। कुल जनसंख्यालाई विचार गर्दा आत्महत्या गर्ने प्रयास र आत्महत्याबीचको अनुपात १० मा १; जवानहरूमा (१५-२४ वर्षकाहरू) १०० मा १ अनि ५५ वर्षमाथिकाहरूमा १ मा १ अनुमान गरिएको छ।”

कस्तो डरलाग्दो तथ्यांक! बूढो हुनु, शारीरिक बल हराउनु अनि रोग र पीडा भोग्नु कत्ति नरमाइलो छ! त्यसैले त यति धेरैले आत्महत्या गर्छन्‌। यद्यपि, असाध्यै कठिन अवस्थाहरूमा पनि जीवनको मोल गर्ने सशक्‍त कारण छ। यस लेखको सुरुमा उल्लेख गरिएकी मेरीलाई के भयो विचार गर्नुहोस्‌।

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ३-मा भएको तालिका]

उमेर र लिंगअनुसार प्रति १,००,००० व्यक्‍तिहरूमा आत्महत्या गर्ने दर

१५ देखि २४ वर्षका ७५ वर्ष र त्यसभन्दा माथिका

पुरुष/स्त्री मुलुक पुरुष/स्त्री

८.० / २.५ अर्जेन्टिना ५५.४ / ८.३

४.० / ०.८ ग्रीस १७.४ / १.६

१०.१ / ४.४ जापान ५१.८ /३७.०

७.६ / २.० मेक्सिको १८.८ / १.०

५३.७ / ९.८ रूस ९३.९ /३४.८

२३.४ / ३.७ संयुक्‍त राज्य ५०.७ / ५.६

१९.२ / ३.८ हंगेरी १६८.९ /६०.०

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने