प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 २/१ पृ. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 २/१ पृ. ३१

पाठकहरूका प्रश्‍नहरू

बाइबलमा उल्लिखित पलिश्‍तीहरू को थिए?

पलिश्‍तीहरूको नाउँले चिनिने मानिसहरूबारे बाइबलले प्रायः उल्लेख गर्छ। परमेश्‍वरका पुरातन जनहरूले प्रतिज्ञा गरिएको मुलुकलाई आफ्नो अधिकारमा लिंदा यिनीहरू कनानमा बस्थे। यी पुरातन पलिश्‍तीहरूले निकै लामो समयसम्म परमेश्‍वरका जनहरूको विरोध गरे। गोल्यात नाउँ गरेको भीमकाय पलिश्‍ती योद्धा र दाऊदको मुठभेडबारे दिइएको विवरणबाट यो कुरा प्रष्ट हुन्छ।—१ शमूएल १७:१-३, २३-५३.

पुरातन पलिश्‍तीहरू कप्तोरबाट कनानको दक्षिणपश्‍चिम किनारामा बसाइँ सरेका थिए भनेर बाइबलले संकेत गर्छ। (यर्मिया ४७:४) कप्तोर कहाँ थियो? दि इन्टरनेशनल स्टाण्डर्ड बाइबल इनसाइक्लोपीडिया (१९७९) यसो भन्छ: “आधिकारिक जवाफका लागि यथेष्ट प्रमाण नभए तापनि वर्तमान जानकारीहरूले क्रेट टापूलाई (अथवा एकै सांस्कृतिक पृष्ठभूमि भएको क्रेट र एजियन द्विपहरू) सबैभन्दा सम्भाव्य स्थलको रूपमा औंल्याउँछ।”—खण्ड १, पृष्ठ ६१०.

यसै तथ्यअनुरूप न्यु वर्ल्ड ट्रान्शलेसन अफ द होली स्क्रिप्चर्स-मा (पवित्र शास्त्रको नयाँ विश्‍व अनुवाद) आमोस ९:७ यसो भन्छ: “‘हे इस्राएलका सन्तान हो, के तिमीहरू मेरो निम्ति कूशका सन्तानजस्तै छैनौ र?’ यहोवा भन्‍नुहुन्छ। ‘के मैले इस्राएललाई मिश्र देशदेखि, पलिश्‍तीहरूलाई क्रेटदेखि र अरामीहरूलाई कीरदेखि निकालेर ल्याएको होइन र?’”

यी पुरातन तटवर्ती मानिसहरू क्रेटबाट कनानमा, जोप्पा र गाजाबीच दक्षिणपश्‍चिम तटको फिलिस्तिया नाउँ भएको भागमा कहिले पुगे त्यो अहिलेसम्म पत्ता लागेको छैन। तथापि, अब्राहाम र इसहाकको समयदेखि नै तिनीहरू यस क्षेत्रको तटवर्ती समतल बेंसीमा बसोबास गरिरहेको जस्तो देखिन्छ।—उत्पत्ति २०:१, २; २१:३२-३४; २६:१-१८.

परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको देशमा इस्राएलले प्रवेश गरेको निकै समय पछिसम्म पनि पलिश्‍तीहरूले त्यस क्षेत्रमा अधिकार जमाइरहेका थिए। (प्रस्थान १३:१७; यहोशू १३:२; न्यायकर्त्ता १:१८, १९; ३:३, ४; १५:९, १०; १ शमूएल ४:१-११; ७:७-१४; १३:१९-२३; १ राजा १६:१५) यहूदी राजा उज्जियाहको समयसम्म पनि पलिश्‍तीहरू आफ्नै शहर गात, यब्ने र आश्‍दोदमै बसोबास गरिरहेका थिए। (२ इतिहास २६:६) बाइबलका विवरणहरूमा चर्चित तिनीहरूका अन्य शहरहरू एक्रोन, अश्‍कलोन र गाजा थिए।

महान सिकन्दरले पलिश्‍ती शहर गाजालाई कब्जा गरेका थिए तर समय बित्दै जाँदा सम्भवतः पलिश्‍तीहरू छुट्टै जातिको रूपमा देखा पर्न छाडे। बिब्लिकल आर्कियोलोजी रिभ्यु-मा (मे/जून १९९१) प्रोफेसर लरेन्स इ. स्टेजरले यो लेखे: “पलिश्‍तीहरू पनि बाबेलको निर्वासनमा लगिएका थिए। . . . तथापि, निर्वासित पलिश्‍तीहरूलाई के भयो भन्‍ने कुनै रेकर्ड छैन। नबुकदनेसरले कब्जा गर्दा अश्‍कलोनमा जो जो बचे होलान्‌ सम्भवतः तिनीहरूले आफ्नो जातीय परिचय गुमाएको हुनसक्छ। तिनीहरू इतिहासबाटै हराए।”

आधुनिक प्यालेस्टाइन नाउँ ल्याटिन अनि युनानी शब्दहरूबाट लिइएको भए तापनि मूलतः “फिलिस्तीया” अर्थ बुझाउन चलाइने हिब्रू शब्दबाट लिइएको हो। अरबी भाषाको बाइबल अनुवादहरूले “पलिश्‍तीहरूका” लागि चलाउने शब्द र आधुनिक प्यालेस्टेनीहरूका लागि चलाइने शब्द आपसमा सजिलै जुध्ने गरेको पाइएको छ। तथापि, टुडेज अरबिक भर्सन-ले भिन्‍नै अरबी शब्द चलाउँछ। जसले गर्दा पुरातन पलिश्‍तीहरू र आधुनिक प्यालेस्टेनीहरूलाई छुटाउन सजिलो भएको छ।

[पृष्ठ ३१-मा भएको चित्र]

अश्‍कलोनका केही भग्नावशेषहरू

[स्रोत]

Pictorial Archive (Near Eastern History) Est.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने