प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 २/१ पृ. ३२
  • सिर्जनशीलता—परमेश्‍वरको उदार वरदान

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सिर्जनशीलता—परमेश्‍वरको उदार वरदान
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 २/१ पृ. ३२

सिर्जनशीलता—परमेश्‍वरको उदार वरदान

आफ्नो सिर्जनशील कार्यमा यहोवा रमाउनुहुन्छ। (भजनसंग्रह १०४:३१) सृष्टिको कार्यबाट उहाँले उठाउनु हुने गहिरो सन्तुष्टि उत्पत्ति १:३१ मा यसरी प्रकट गरिएको छ: “आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।”

यो आनन्दलाई यहोवाले आफैमा मात्र सीमित राख्नुभएन। उहाँले येशूलाई कार्यकर्त्ता वा साधक बन्‍ने सुअवसर दिनुभयो र यही कार्यकर्त्ताद्वारा बाँकि सबै कुरा सृष्टि भए। (यूहन्‍ना १:३; कलस्सी १:१६,१७) “[यहोवा] समक्ष प्रमुख कार्यकर्त्ताको रूपमा हरबखत उपस्थित” हुन पाएकोमा येशू पनि “खुशी” हुनुहुन्थ्यो।—हितोपदेश ८:३०, ३१ न्युव

तर सिर्जनात्मक क्षमता स्वर्गमा मात्रै छैन। युजेन रडसेप हाउ क्रिएटिभ आर यु? नामक आफ्नो पुस्तकमा यो लेख्छन्‌, “सिर्जनात्मक क्षमता मानवजातिको अन्तर्निहित गुण हो।” यो कुनै संयोगको कुरा होइन। किनभने मानिस परमेश्‍वरको स्वरूपमा सृजिएका थिए। (उत्पत्ति १:२६) यसप्रकार यहोवाले मानवजातिलाई चित्तबुझ्दो सिर्जनशील क्षमता दिनुभएको छ।—याकूब १:१७.

त्यसैकारण बाइबलले गीत, नाच, सिलाइ-बुनाइ, पाक कला, कारीगरी र अन्य सिर्जनात्मक कार्यहरूको प्रशंसा गर्छ। (प्रस्थान ३५:२५, २६; १ शमूएल ८:१३; १८:६, ७; २ इतिहास २:१३, १४) बजलेल नाउँ गरेको कारीगरले पवित्रस्थान निर्माण कार्यमा सहयोग पुऱ्‍याउन आफ्नो सीपलाई “कारीगरीमा निपुण काम” गर्न चलाए। (प्रस्थान ३१:३,४) याबाल नाउँ गरेको गोठालोले पालको आविष्कार गरेको हुनसक्छ। तिनको जस्तो घुमन्ते जीवनका लागि त्यस्तो सिर्जनशील क्षमताले निकै सुविधा पुऱ्‍यायो होला। (उत्पत्ति ४:२०) दाऊद संगीतकार र रचनाकार मात्र थिएनन्‌ तिनले नयाँ प्रकारका वाद्य यन्त्रहरू पनि विकास गरे। (२ इतिहास ७:६; भजनसंग्रह ७:१७; आमोस ६:५) चमत्कारपूर्ण ढंगमा लाल समुद्र पार गरेपछि इस्राएलीहरूले आफ्नो छुटकाराको उत्सव मनाउँदै भव्य नृत्य गरेका थिए। सम्भवतः मरियमले यो नृत्यकला सिकाएकी हुनसक्छे।—प्रस्थान १५:२०.

सिर्जनशीलता छ भने साँचो उपासना प्रवर्द्धन गर्न प्रायः लाभकारी हुन्छ। आफ्नो समाचारलाई अरूसमक्ष पुऱ्‍याउन येशूले सृजनात्मक ढंगमा उदाहरणहरू र चीजबीजहरू चलाउनुभयो। उहाँका अनुयायीहरूलाई त्यस्तै किसिमले “वचनको प्रचार र शिक्षामा परिश्रम” गर्न आग्रह गरिएको छ। (१ तिमोथी ५:१७) हो, तिनीहरूको प्रचार–कार्य केवल नित्यक्रम मात्र होइन। त्यो एउटा कला हो र त्यसको लागि सृजनात्मक शिक्षण विधि चाहिन्छ। (कलस्सी ४:६) विशेषगरि आफ्ना छोराछोरीलाई शिक्षा दिंदा यो कुरा अत्यावश्‍यक हुन्छ।—व्यवस्था ६:६, ७; एफिसी ६:४.

यसप्रकार, सृष्टि गर्दा प्राप्त गर्नुभएको आनन्द यहोवाले अरूसित बाँड्‌नुहुन्छ। कस्तो उदार वरदान!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने