प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ३/१ पृ. १९
  • “पुरानो नियम” कि “हिब्रू शास्त्र”?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “पुरानो नियम” कि “हिब्रू शास्त्र”?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका साक्षीहरू पुरानो करारमा विश्‍वास गर्छन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • बाइबल के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ३/१ पृ. १९

“पुरानो नियम” कि “हिब्रू शास्त्र”?

आज मसीहीजगतमा बाइबलका हिब्रू-आरामी तथा युनानी भागलाई सामान्यतः “पुरानो नियम” र “नयाँ नियम” भन्‍ने चलन छ। तर यी अभिव्यक्‍तिहरू पछाडि के कुनै शास्त्रीय आधार छ? साथै यहोवाका साक्षीहरूले आफ्ना प्रकाशनहरूमा उक्‍त अभिव्यक्‍तिहरू प्रायः प्रयोग गर्न किन चाहँदैनन्‌?

यो साँचो हो, किङ्‌ग जेम्स भर्सन-का साथै मार्टिन लुथरको प्रथम अनुवाद (१५२२) जर्मन सेप्टेम्बरटेस्टामेन्ट जस्ता केही अन्य पुराना अनुवादहरूमा २ कोरिन्थी ३:१४ पढ्‌दा सो चलन ठीकै जस्तो देखिन्छ। किङ्‌ग जेम्स भर्सन-मा यो पद यसप्रकार उल्लिखित छ: “तर तिनीहरूको मन अन्धो भएको थियो; किनकि आज पनि पुरानो नियम पढ्‌दा त्यो घुम्टो जस्तोको त्यस्तै रहन्छ; जुन घुम्टो ख्रीष्टमा हटाइएको छ।”

तथापि, यी प्रेरितले के यहाँ सामान्यतः “पुरानो नियम” कहलाइने ती ३९ पुस्तकहरूबारे चर्चा गरेका हुन्‌ र? यहाँ युनानी शब्द डियाथेके-लाई “नियम” भनेर अनुवाद गरिएको छ। सुप्रसिद्ध जर्मन धार्मिक इन्सायक्लोपिडिया टेयोलोगिश रेयालन्ट्‌सुक्लोपाडि-मा (खण्ड ७, पृष्ट ४०८, १९८१) उक्‍त पदबारे यो टिप्पणी गरिएको छ: “यस पदमा चलाइएको अभिव्यक्‍ति अर्थात्‌ ‘पुरानो डियाथेके पढ्‌नु’ र यसपछिको पदमा प्रयोग गरिएको “मोशाको पुस्तक” पढ्‌नु एउटै कुरा हो।” अतः यहाँ प्रेरितले हिब्रू शास्त्रको एउटा खास भागलाई अथवा बाइबलका प्रथम पाँच पुस्तकहरूमा मोशाद्वारा लिखित वाचाको व्यवस्थालाई मात्र संकेत गरेका हुन्‌; नता उनले सम्पूर्ण मसीही युग पूर्व जम्मै प्रेरित शास्त्रलाई संकेत गरेका हुन्‌।

प्रेरितले यहाँ हिब्रू शास्त्रको एक भागलाई मात्र संकेत गर्दैछन्‌। अर्थात्‌ पुरानो वाचाको व्यवस्थालाई जो मोशाद्वारा लिपिबद्ध भएको थियो। उनले सम्पूर्ण हिब्रू र आरामी शास्त्रलाई संकेत गरिरहेका थिएनन्‌। नता उनको भनाइको अर्थ प्रथम शताब्दीका मसीही लेखहरू कुनै “नयाँ नियम” नै हुन्‌ किनकि यस्तो अभिव्यक्‍ति बाइबलमा कतै पनि पाइँदैन।

याद गर्नुपर्ने अर्को कुरा के हो भने पावलले यहाँ प्रयोग गरेको डियाथेके भन्‍ने युनानी शब्दको वास्तविक अर्थ “वाचा” हो। (थप जानकारीका लागि वाचटावर बाइबल एन्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क, इन्को., द्वारा प्रकाशित न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स—विथ रेफरेन्सेस, एपेन्डिक्स ७इ, पृष्ठ १५८५, १९८४ हेर्नुहोस्‌।) यसैकारण थुप्रै आधुनिक अनुवादहरूमा “पुरानो नियम”-को सट्टा “पुरानो वाचा” भन्‍ने सही अभिव्यक्‍ति पाइन्छ।

यसबारे “न्याश्‍नल क्याथोलिक रिपोर्टर” भन्छ: “‘पुरानो नियम’ भन्‍ने अभिव्यक्‍तिबाट हीनता तथा थोत्रोपनको भाव झल्कन्छ।” तर बाइबलको कुनै पनि भाग थोत्रो अथवा “पुरानो“ छैन। त्यो त एउटै प्रेरित सृजना हो। हिब्रू भागको प्रथम पुस्तकदेखि लिएर युनानी भागको अन्तिम पुस्तकसम्म यसको सन्देशमा कुनै विरोधाभास छैन। (रोमी १५:४; २ तिमोथी ३:१६, १७) यसकारण गलत धारणाहरूमा आधारित अभिव्यक्‍तिहरू नचलाउने हामीसित ठोस कारणहरू छन्‌। हामी “हिब्रू शास्त्र” तथा “मसीही युनानी शास्त्र” भन्‍ने सही अभिव्यक्‍तिहरू नै चलाउन रुचाउँछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने